ग्रेट हलमा कोरिँदैछ चीनको पाँच वर्षे खाका

बुधबार बिहानै १९औं महाधिवेशनको उद्घाटन, विश्वको ध्यान बेइजिङतर्फ




महाधिवेशनमा सहभागी हुन तिब्बतबाट आएका प्रतिनिधि बेइजिङमा ओर्लंदै
महाधिवेशनमा सहभागी हुन तिब्बतबाट आएका प्रतिनिधि बेइजिङमा ओर्लंदै
सिन्ह्वा
NIC ASIA

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन अक्टोबर १८ अर्थात् कात्तिक १ गते बुधबारदेखि चीनको राजधानी बेइजिङस्थित जनवृहत् सभाभवन (ग्रेट हल अफ द पिपुल्स) मा सुरू हुँदैछ।

महाधिवेशनले विगत ५ वर्षमा पार्टीले गरेका कामकाजको समीक्षा गर्नेछ भने १८औं महाधिवेशनपछि सी चिनफिङको नेतृत्वमा सबै जातजातिका समूहको सहभागितामा चिनियाँ विशेषतायुक्त समाजवाद उन्मुख रहँदा पार्टीले हासिल गरेका अनुभवहरू सारांस गर्नेछ।

महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म जाँच पड्ताल गर्नुका साथै पार्टी तथा जनअपेक्षा बमोजिम विकासका नयाँ प्रारूप तय गर्नेछ।

ग्रेट हल अफ द पीपुल्स, जहाँ महाधिवेशन आयोजना गरिएको छ

महाधिवेशनले समयानुकूल निर्देशिका तथा नीतिको खाका कोर्नेछ। जतिखेर चीनले चौतर्फी रूपमा औसत समृद्ध समाज निर्माणको लक्ष्यमाथि अन्तिम विजय हासिल गर्न खोज्दैछ, जतिखेर चिनियाँ विशेषतायुक्त समाजवाद विकासको चरम चुलीमा उक्लिरहेको छ, त्यतिखेर १९औं महाधिवेशन हुन लागिरहेको छ।

मार्क्सवाद–लेनिनवादको निर्देशिका, माओ च तुङको विचारधारा, तङ स्याउफिङको सिद्धान्त जस्ता तीन प्रतिनिधिमूलक चिन्तन तथा विकासको वैज्ञानिक आवरण र चिनफिङको नवीन शासकीय अवधारणाका सार, विचार र रणनीतिकाबीच चिनियाँ विशेषतायुक्त समाजवादको तुलमुनि यो महाधिवेशन चल्दैछ।

महाधिवेशनले भावी मार्ग, सिद्धान्त, प्रणाली र समाजवादको सँस्कृतिलाई चिनियाँ विशेषतायुक्त समाजवादको धरातलमा अझै मजवुत बनाउने आकांक्षा लिएको छ। यो इच्छाशक्ति आर्थिक प्रवर्द्धनमा व्यापक अनुकूलनलाई निरन्तरता दिन, राजनीतिक, साँस्कृतिक, सामाजिक तथा पारिस्थितिकीय उन्नतिका अलावा चार वृहत्तर विकासमा समन्वय गर्ने दिशामा केन्द्रित छ। 

महाधिवेशनमा सहभागी हुन इनर मंगोलियाबाट आएका प्रतिनिधि बेइजिङमा ओर्लंदै

चार वृहत्तरले चार–आयामिक रणनीतिलाई लक्षित गर्दछ, जसले वृहत्तर रूपमा औसत् समृद्ध समाज, गहन सुधार, सुदृढ कानुनी शासन र अनुशासित पार्टी संचालनमा बल गर्ने भन्ने हो। भविष्यमा जनता र पार्टीको विकासका लागि यी प्रयासहरूमा निरन्तर अडिग रहने भन्नेमा पार्टीको ध्यान केन्द्रित भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रिय कमिटी र अनुशासन अनुगमन आयोग पनि सोही महाधिवेशनका क्रममा चयन गरिनेछ।

पहिलो महाधिवेशन १९२१ मा आयोजना हुँदा १३ प्रतिनिधि रहेको कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनसम्म आइपुग्दा २ हजार २ सय ८७ प्रतिनिधि पुगेका छन्।

महाधिवेशनमा सहभागी हुन हुनान प्रान्तबाट आएका प्रतिनिधि बेइजिङमा

शाङहाईबाट मस्को, यानअन हुँदै बेइजिङ
प्रथम महाधिवेशन – सन् १९२१ जुलाई २३–३१, शाङहाई
दोश्रो महाधिवेशन – सन् १९२२ जुलाई १६–२३, शाङहाई
तेश्रो महाधिवेशन – सन् १९२३ जुन १२–२०, क्वाङचौ
चौथो महाधिवेशन – सन् १९२५ जनवरी ११–२२, शाङहाई
पाँचौं महाधिवेशन – सन् १९२७ अप्रिल २७– मे ९, वुहान
छैठौं महाधिवेशन – सन् १९२८ जुन १८–जुलाइ ११, मस्को
सातौं महाधिवेशन – सन् १९४५ अप्रिल २३–जुन ११, यानअन
आठौं महाधिवेशन – सन् १९५६ सेप्टेम्बर १५–२७ (पहिलो सत्र) र १९५८ मे ५–२३ (दोश्रो सत्र), बेइजिङ
नवौं महाधिवेशन – सन् १९६९ अप्रिल १–२४, बेइजिङ
दशौ महाधिवेशन – सन् १९७३ २४ अगष्ट, बेइजिङ
एघारौं महाधिवेशन – सन् १९७७ अगष्ट १२–१८, बेइजिङ
बाह्रौं महाधिवेशन– सन् १९८२ सेप्टेम्बर १–११, बेइजिङ
तेह्रौँ महाधिवेशन– सन् १९८७ अक्टोबर २५–नोभेम्बर १, बेइजिङ
चौधौं महाधिवेशन– सन् १९९२ अक्टोबर १२–१८, बेइजिङ
पन्ध्रौं महाधिवेशन– सन् १९९७ सेप्टेम्बर १२–१८, बेइजिङ
सोह्रौं महाधिवेशन– सन् २००२ नोभेम्बर ८–१५, बेइजिङ
सत्रौं महाधिवेशन– सन् २००७ अक्टोवर १५–२१, बेइजिङ
अठारौं महाधिवेशन– सन् २०१२ नोभेम्बर ८–१५, बेइजिङ
उन्नाइसौं महाधिवेशन– सन् २०१७ को १८ अक्टोवरदेख, बेइजिङ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा कुल २ हजार २ सय ८७ जना प्रतिनिधिहरु सहभागी छन् जो चीनभरिका ४० इकाईबाट निर्वाचित भएका हुन्। यी चालीस निर्वाचन इकाईमा ३१ प्रान्त, स्वायत्त प्रदेश, केन्द्रशासित नगरबाहेक अरु नौवटा इकाई छन्। क्षेत्र मात्र होइन, निर्वाचन इकाई विभिन्न समूह र पेशामा पनि विभाजित भएको छ।

महाधिवेशनमा सहभागी हुन युनान प्रान्तबाट आएका प्रतिनिधि बेइजिङमा ओर्लंदै

सरदर उमेर ५१.८, मंगोलियाकी ली फङ पहिलो 
प्रतिनिधित्व क्षेत्र अझै व्यापकः  यसपटक चिनियाँ कम्युनिष्ट पार्टीमा ९९.२ प्रतिशत सदस्यहरुले उम्मेदवारी मनोनयनमा भाग लिएका छन्। अर्थतन्त्र, विज्ञान तथा प्रविधि, शिक्षा लगायत विविध पेशाबाट निर्वाचित प्रतिनिधिहरुले प्रान्त, शहर, जिल्ला, गाउँ–बस्ती तथा बसोबास क्षेत्र लगायत विविध तह र सरकारी संस्था, व्यवसाय तथा समूह लगायत विविध क्षेत्रलाई ढाकेका छन्।

प्रतिनिधिको उमेरः  निर्वाचित प्रतिनिधिको सरदर उमेर ५१.८ वर्षको छ जुन १८औं महाधिवेशनको तुलनामा ०.२ वर्ष कम हो। त्यसमध्ये ५५ वर्षभन्दा बढी प्रतिनिधिको संख्या ६ सय ७२ हुनुका साथै ५५ वर्षभन्दा कम उमेर भएका प्रतिनिधिको संख्या १ हजार ६ सय १५ रहेको छ। ४५ वर्षको उमेरभन्दा कम भएका प्रतिनिधि ४ सय २४ जना हुँदा १८औं महाधिवेशनको तुलनामा २५ जनाले वृद्धि भएको छ।

प्रतिनिधिमा महिला र अल्पसंख्यकः  १९औं महाधिवेशनमा कुल ५ सय ५१ जना महिला प्रतिनिधि छन्। १८औं महाधिवेशनमा महिला प्रतिनिधिको तुलनामा ३० जनाले वृद्धि भएको छ। ४३ अल्पसंख्यक जातिका प्रतिनिधिको संख्या २ सय ६४ हुँदा १८औं महाधिवेशनको तुलनामा १५ जनाले बढेको छ।

प्रतिनिधिको साँस्कृतिक स्तर अझै उच्चः  प्रतिनिधिहरुमा ३१.८ प्रतिशत अर्थात् ७ सय २७ जना विश्वविद्यालयबाट स्नातक हुनुका साथै ५३.७ प्रतिशत अर्थात् १ हजार २ सय २७ जनाले स्नातकोत्तर डिग्री पाएका छन्। यो दुवै संख्या १८औं महाधिवेशनको तुलनामा क्रमशः १.५ र १.५ प्रतिशत बढी हो।

उत्पादनमूलक क्षेत्रका प्रतिनिधिको अनुपातमा वृद्धिः  प्रतिनिधिहरुमा ३३.७ प्रतिशत अर्थात् ७ सय ७१ जना ठोस उत्पादन कार्यमा संलग्न छन्। यो संख्या १८औं महाधिवेशनको तुलनामा ३.२ प्रतिशतले बढेको छ। यी प्रतिनिधिहरुमध्ये ८६ जना किसान प्रतिनिधि र १ सय ९८ जना कामदार छन्। अरु २ सय ८३ जना प्रविधि क्षेत्रका पनि छन्।

उदाहरणीय प्रतिनिधिहरुको संख्या धेरैः  ठोस उत्पादन कार्य गर्ने प्रतिनिधिहरुमध्ये ९५.७ प्रतिशतले राष्ट्र र प्रान्तस्तरीय पुरस्कार पाएका छन्। सैनिक र प्रहरी प्रतिनिधिहरुमध्ये ९५.१ प्रतिशतले राष्ट्रियस्तरका तेस्रो भन्दा माथिल्ला पुरस्कार पाएका छन्। 

मिडिया सेन्टर

चिनियाँ कम्युनिष्ट पार्टीमा प्रतिनिधि हुनका लागि बलियो आधार भएका क्षेत्रहरूमा किसान, मजदूर, सरकारी अधिकारी, व्यापारी, विद्वान, खेलाडी, कलाकार र सैन्यअधिकारी हो। प्रतिनिधि बन्न पनि कठीन अनुशासन पार गर्नुपर्छ।

यदि पार्टीमा संलग्र हुने भए पार्टीप्रति अटल आस्था राख्ने हुनुपर्छ भने राजनीतिक मुद्दा पनि अनुकूल हुनुपर्छ। नैतिक चरित्र, उच्च इमान्दारिता र सत्यनिष्ठा, उच्चतम् चारित्रिक अभिलेख, प्रतिनिधिको जिम्मेवारी वहन गर्नसक्ने सामर्थ्य हुनुपर्छ। साथै पार्टी प्रतिनिधि तथा नेतृत्व तहबाट पनि समर्थन प्राप्त हुनुपर्ने नियम राखिएको छ।

केही दिनअघिदेखि नै १९औं महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरू महाधिवेशनस्थल बेइजिङ पुगेका छन्। आइतबार विहान बेइजिङ बाहिरबाट राजधानी प्रवेश गर्ने पहिलो प्रतिनिधि भित्री मंगोलिया स्वायत्त क्षेत्रबाट ली फङ बनेकी छिन्। शिक्षण पेशामा संलग्न प्रतिनिधि लीले महाधिवेशनमा संलग्न हुन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिइन्।

‘पछिल्ला वर्षहरूमा शैक्षिक क्षेत्रले धेरै सुधारहरू भएको छ’, उनले अपेक्षा सुनाइन्, ‘आशा गर्छु कि अल्पसंख्यक जातीय क्षेत्रमा शिक्षाका लागि थप सहयोगी नीतिहरू ल्याइनेछ।’

शनिबार सम्पन्न १८औं चिनियाँ कम्युनिष्ट पार्टीको सातौं पूर्ण वैठकले १९औं महाधिवेशनका लागि एजेण्डाहरू तय गरेको थियो।

सोचेभन्दा शान्त र स्थिर विकास गर्दै गैरहेको चीनले विश्वको ध्यान खिचिरहेको छ। यतिखेर विश्वभरका संचारकर्मीहरू बेइजिङमा महाधिवेशनको रिपोर्टिङका लागि भेला भएका छन्।

मिडियाका लागि महाधिवेशन आयोजकले सुविधा सम्पन्न मिडिया सेन्टर खोलेको छ भने चीनका संचारमाध्यमहरू पनि ताजा जानकारी सम्प्रेषण गर्ने मेसो मिलाइरहेका छन्।

प्रकाशित ३१ असोज २०७४, मंगलबार | 2017-10-17 15:15:43
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...