भरतपुरकी मेयर अब एमालेकी ‘दिदी’

हाकिमचोकमा देवी ज्ञवाली र मतपत्र च्यात्ने द्रोण सिवाकोटीबीच जम्काभेट



देवी ज्ञवाली र द्रोण सिवाकोटी
देवी ज्ञवाली र द्रोण सिवाकोटी

स्थानीय चुनावताका एमाले–माओवादी केन्द्रबीच तिक्तताको केन्द्र बनेको भरतपुर महानगरपालिकाका एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका द्रोण सिवाकोटीबीच दुवै पार्टीबीच एकता हुने भएपछि रोचक सम्बाद भएको छ

माओवादी केन्द्रका सिवाकोटीले मतपत्र च्यातेकाले एमाले भरतपुर महानगरपालिकामा पराजित हुनु परेको आरोप एमालेले लगाउँदै आएको छ।

काठमाडौंमा एमाले–माओवादी केन्द्र र नयाँशक्तिबीच एकताको सहमति पत्र मस्यौदापत्र तयार गरिँदै गर्दा १७ असोज मध्यान्ह एमालेका ज्ञवाली र माओवादीका सिवाकोटीबीच भरतपुरको हाकिमचोकमा जम्काभेट भएको थियो। ज्ञवालीका साथमा थिए, चितवनकै कालिका नगरपालिका– १ बाट निर्वाचित एमाले वडाध्यक्ष बिनोद रेग्मी।

स्थानीय तह निर्वाचनपछि ज्ञवाली र सिवाकोटीबीच भेट भएको पहिलो घटना त्यही थियो। ज्ञवालीलाई भेट्नासाथ उनले नमस्कार गरेका थिए। ज्ञवालीले पनि नमस्कार फर्काउन कुनै कञ्जुस्याइँ गरेनन्। नमस्कार आदानप्रदानपछि चाहिँ दुई पक्षबीच व्यङ्ग प्रहार सुरु भयो।

सिवाकोटीका अनुसार, सिवाकोटीले नमस्कार फर्काएलगत्तै एमाले वडाध्यक्ष रेग्मीले निर्वाचनका बेला जेजस्तो घटना भएपनि रेणुदिदी (मेयर) अव हामी सबैकी दिदी हुनुभयो भनेका थिए। यसो भन्नासाथ ज्ञवालीले जवाफ फर्काए, ‘हिजो जेजस्ता घटना भए, छाडिदिऊँ, हामी सबै सूर्यकै वरिपरि आएका छौं।’

ज्ञवालीले माओवादी केन्द्रपनि सूर्यकै वरिपरि आएको जवाफ दिएपछि सिवाकोटीले एमाले पनि माओवादीको बाटोमा आएको जवाफ फर्काएका थिए। उनको भनाई थियो, '२०६९ मा एमाओवादीको हेटौंडा महाधिवेशनले एक्काइसौं शताब्दीको जनवाद पारित गरेको छ। एमाले पनि त्यही वाटो वरिपरि आइसकेको छ।’

ज्ञवाली निकै हतारमा देखिन्थे। त्यसैले पछि कुरा गरौंला भन्दै त्यहाँबाट हिँडे। भरतपुर प्रकरणका कारण दुई पार्टीबीचको सम्बन्ध तिक्त भएपनि दुई पार्टीबीच एकता हुने भएपछि सम्बन्ध सुमधुर हुन थालेको बताउँछन् सिवाकोटी। भन्छन्, ‘जिल्ला समन्वय समितिको निर्वाचनमा रेणुजीले एमाले उम्मेदवारलाई मत दिनु भएको छ। यसैबाट पनि बुझिन्छ कि, हिजोको तिक्तता मेटिएको छ।’

 

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 13:00:11

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...