‘ओलीलाई लगाम लगाउने दिल्लीको योजनामा वाम एकता’


Infocus


राधाकृष्ण मैनाली
राधाकृष्ण मैनाली

एमाले नेता राधाकृष्ण मैनालीले भारतकै चाहना अनुसार प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच तालमेल र पार्टी एकताको घोषणा भएको दावी गरेका छन्।

NIC ASIA

‘भारतीय चाहना अनुसार तीन वामपन्थी घटकहरुबीच चुनावी तालमेल र एकताको घोषणा भएपनि छिमेकी चीन, युरोपेली युनियन र अमेरिका पनि यसमा उत्तिकै खुसी छन्’, एमालेका केन्द्रीय सदस्य मैनालीले वाम एकताबारे विश्लेषण गर्दै भने, ‘एउटा राजनीतिक घटनाले परस्पर विरोधी विदेशी शक्तिहरु खुसी भएको सम्भवतः पहिलो हो।’

नेपालखबरसँग बुधबार बिहानको अन्तर्वार्तामा मैनालीले नेपाली कांग्रेस र मधेशकेन्द्रित दलहरुले भारतबाट विश्वास प्राप्त गरेको दावी गर्दै तर, यी दुवै शक्ति आन्तरिक गुटबन्दी र विभाजनका कारण कमजोर भएको बताए।

‘कांग्रेसमा नयाँ सोच भएका निश्वार्थी नेता छैनन्, मधेशकेन्द्रित दलहरु पनि विभाजित अवस्थामा छन्’ मैनालीले भने, ‘कांग्रेसले जित्ने स्थिति नै थिएन, त्यसैले भारतले एमालेकै केही नेताहरुको सहयोगमा तीन वामसँगै हृदयेश त्रिपाठी लगायतका राजपाका नेताहरुबीच एकता गराएको हो।’ 

पहिलेदेखि नै भूराजनीतिक मामिलामा विश्लेषण गर्दै आएका मैनालीले भने, ‘खासमा निर्वाचनपछि प्रधानमन्त्री बन्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थप भारतविरोधी हुनबाट रोक्नका लागि पनि यो एकता गराइएको हो।’

वाम तालमेल र एकताबाट नेपाली राजनीतिका तीन बाह्य खेलाडीहरु भारत, चीन र युरोपेली युनियन–अमेरिका खुसी हुनुको कारणपनि उनले खोतले।

मैनालीका भनाईमा, निर्वाचनपछि ओली प्रधानमन्त्री बनेभने दिल्लीले एमाले, माओवादी केन्द्र र नयाँशक्तिका केही नेता तथा हृदयेश त्रिपाठीहरुमार्फत् उनीमाथि लगाम लगाउन सक्नेछ। त्यसैले यो एकताबाट दिल्ली खुसी छ।

चीन पनि किन खुसी देखिन्छ भने, उसले भन्दै आएको एमाले–माओवादी केन्द्र जस्ता ठूला कम्युनिष्ट पार्टीहरुबीच पहिलो पटक एकता हुने भएको छ। मैनाली थप्छन्, ‘जहाँसम्म युरोपेली युनियनको कुरा हो, उनीहरु नेपालमा क्रिश्चियानिटी बढ्ने गरी धर्मनिरपेक्षता कायम रहोस् भन्ने चाहन्छन्, धर्मनिरपेक्षताको एजेण्डा बोक्ने माओवादी केन्द्र पनि यो एकतामा सामेल भएपछि उनीहरुको मनोकांक्षापनि पुरा हुने भयो।’

एमाले नेता मैनालीसँगको अन्तर्वार्ता केहीबेरमा प्रकाशित हुनेछ।

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 14:06:37
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • योगेश भट्टराई

    आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’

    ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’तर पटक पटकको...

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • नरेन्द्र मोदी

    मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता

    प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।