संविधान संसोधन गर्न एमाले मानेकै हो त?




NIC ASIA

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिवार बिराटनगर पुगेर एमाले सहितको सहमतिमा संविधान संशोधन गरिने बताए। एमालेले विधेयकलाई निर्णायक प्रकृयामा लैजान सहमति जनाइसकेको भन्दै उनले अब विधेयक पारित गर्नसमेत एमालेले सहयोग गर्ने विश्वास व्यक्त गरे।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले पनि बिहिवार मकवानपुर पुगेर कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधन गर्न एमालेलाई सहमतिमा ल्याएको दावी गरे।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष र प्रमुख सत्तारुढ दलको बहालवाला मन्त्रीले संविधान संशोधन एमालेसहितको सहमतिमा पारित हुने दावी गरिरहेपनि विधेयक पारित गर्न उनीहरुले भनेजस्तो सहज अवस्था भने देखिँदैन।

एमाले नेता सुरेन्द्र पाण्डे संविधान संशोधनका विषयमा एमालेको अडान पूर्ववत नै रहेको बताउँछन्। ‘संविधान संशोधनका विषयमा हाम्रो अडान फेरिएको छैन, अहिलेको आवश्यकता संशोधन होइन भन्नेमा एमाले प्रष्ट छ’, उनले भने।

पाण्डेले संविधान संशोधन विधेयकलाई प्रस्तुत गर्न भने एमालेले अवरोध नगर्ने बताए। ‘हामी विधेयक पेस गर्न अवरोध गर्दैनौं, हाउसको निर्णयलाई मान्छौं तर एमालेले संशोधन विधेयकको विपक्षमा मतदान गर्नेछ’, उनले भने।

यस्तै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पनि संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको समेत सहमतिमा संविधान संशोधन गरिने हल्ला एमालेलाई बदनाम गराउने कोसिश भएको ढकालको तर्क छ।
‘संविधान संशोधनमा हाम्रो विमति यथावत नै छ, हामी यसको विपक्षमा छौं’, उनले भने,‘ विज्ञापनका लागि उहाँहरुले आफ्नो पार्टीको मात्र नाम लिँदा मान्छेहरुको ध्यानाकर्षण हुँदैन भनेर एमालेलाई अलिकति वदनाम गर्न खोजेका रहेछन् भने उनीहरुको नियत भदौ ५ गते बुझिहालिन्छ। ’

बुधवारको बैठकमा सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयकलाई दफावार छलफलका लागि व्यवस्थापिका संसदमा पेस गरेपछि यतिबेला विधेयकलाई लिएर राजनीति गर्माएको छ। सत्तारुढ दलहरु विधेयक पारित हुने बताइरहेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमाले विधेयक पारित नहुनेमा निश्चिन्त जस्तै देखिएको छ। त्यसैले एमालेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न कुनै अवरोध नगर्ने तर विधेयकको विपक्षमा मतदान गर्ने तयारी छ।

विधेयकको पक्ष र विपक्षमा कति सांसद?
हाल संसदमा ५९३ जना सांसद रहेका छन्। संसदको हाल कायम रहेको सदस्य संख्याको दुई तिहाइका लागि ३९५ जना सांसद आवश्यक पर्छ। तर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका सरकारपक्षीय सांसदको संख्या ३८८ मात्र रहेको छ। यसमध्ये पनि राप्रपा विभाजित भएको छ।

कमल थापाले संशोधनमा सहयोग गर्ने बताएपनि पशुपति शमशेर राणाले कुनै धारणा सार्वजनिक गरिसकेका छैनन्। त्यसैले संविधान संशोधनमा दुई तिहाइ पु¥याएर पारित गराउनु सत्तापक्षका लागि निक्कै चुनौतिपूर्ण रहेको छ।

उता, आन्दोलनरत राष्ट्रिय जनता पार्टीले भने विधेयक सदनमा प्रस्तुत गरेपछि पारित नभएपनि निर्वाचनमा जाने बताएको छ। राजपाले सरकारले सदनमा विधेयक पेस गरेपछि चुनावमा जानका लागि आफ्नो ‘फेस सेभिङ’ हुने निक्र्योल निकालेको देखिन्छ। पार्टीका नेता शरतसिंह भण्डारीले सत्तारुढ दल र राजपाबीच विधेयक सदनमा अगाडि बढाउने सहमति भएको दिन भनेका थिए, ‘पास–फेल जे भए पनि हामी त्यसलाई स्विकार्ने पक्षमा छौ।’

 

प्रकाशित १ भदौ २०७४, बिहिबार | 2017-08-17 19:37:32
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः अर्का हुण्डी कारोबारी इम्तियाज अली पक्राउ

    तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान क्रममा अर्का हुण्डी कारोबारी डब्बु भनिने इम्तियाज अली पक्राउ परेका छन्।

  • नेपालमा वर्षिक १० लाख मेट्रिकटन धान आयात, सरकार भन्छ: भात मात्र खाना होइन

    नेपालको प्रमुख बाली धानको रोपार्इ सुरु भएसँगै नेपालमा धानसँग सम्बन्धित तितो तथ्यांक सार्वजनिक भएको छ। ९० प्रतिशतले नेपाली किसानले धान खेती गर्ने...

  • काठमाडौँमा रमाउँदै चिनियाँ पर्यटक

    नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक भित्र्याउन चीनले काँध थाप्याे

    नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको...

  • पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभाव

    पर्यटकीय भाषामा ‘स्प्रिङ सिजन’ सकिनै लागेको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा युरोप/अमेरिकातिरका पर्यटकहरु फाट्टफुट्ट मात्र देखिन्छन्।...