उपराष्ट्रपतिले गरे पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन सरकारको ध्यानाकर्षण



उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले केही दिनदेखि परिरहेको भीषण वर्षाका कारण तराई–मधेशलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिराबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी बाढी र डुबान, पहिरामा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न तथा पीडितको यथाशीघ्र उद्धार र तिनलाई राहत दिलाउनका लागि प्रभावकारी कदम चाल्नका साथै बाढीपहिराबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्योपचारको राम्रो प्रबन्ध गर्न विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

बाढीपहिरो तथा डुबानबाट धेरै मानिसको मृत्यु भएको, बेपत्ता घाइते भएको, विस्थापित भएको तथा यातायात र हवाई क्षेत्र अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित भएको घटनाप्रति उनले दुःख व्यक्त गर्दै पुनले बाढीपहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलिका साथ शोकाकूल परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। रासस

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 15:46:07

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...