बाँधका ढोका खोल्न एमालेको माग



एमाले महासचिव ईश्वर पोखरेल
एमाले महासचिव ईश्वर पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पानीको प्रवाह खतराको संकेतभन्दा माथि आएका स्थानमा तत्काल बाँधका ढोका खोल्न सरकार समक्ष माग गरेको छ।

पार्टी महासचिव इश्वर पोख्रेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी नदीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेका कारण थप भूभाग लाई डुबानबाट बचाउनका लागि बाँधका ढोका खोल्न माग गरेका हुन्। पोख्रेलले सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी ठूलो क्षति हुने भन्दै यसको दीर्घकालिन समाधानका लागि कूटनीतिक पहल गर्न समेत सरकारलाई सुझाएका छन्।

‘कोशी नदीमा पानीको प्रवाह खतराको संकेभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालिन समानधान खोज्नका लागि कुटनीतिक पहल गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ।

यस्तै, एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन गर्न सरकारसमक्ष माग गरेको छ।

साथै, एमालेले बाढी पहिरो पिडीतको उद्धार र राहतमा खटिन पार्टी कार्यकतालाई आह्वान समेत गरेको छ।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 11:32:35

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...