‘उत्तर कोरियाले पहिले आक्रमण गरे चीन तटस्थ बस्नेछ’

ग्लोबल टाइम्स भन्छः अमेरिका र दक्षिण कोरियाले उत्तरमा आक्रमण गरे चीनले रक्षा गर्नेछ



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले उत्तर कोरियाले अमेरिकामाथि पहिले आक्रमण गरे चीन तटस्थ बस्ने तर अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको शासन परिवर्तन गर्न आक्रमण गरे चीनले त्यसलाई रोक्ने बताएको छ।

कोरियाली प्रायद्वीपमा उत्तर कोरिया र अमेरिकाबीचको पछिल्लो आक्रमकताबाट साँच्चैको युद्ध सुरु हुनसक्ने खतरा पैदा भएको चेताउँदै सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यस विषयमा चीनले आफ्नो अडान स्पष्ट पार्नुपर्ने बताएको छ।

‘यस पटक बेइजिङले वाशिंगटन र प्योङयोङ दुवैलाई पछि हट्नका लागि मनाउन सकेन। चीनले सबै पक्षसामु आफ्नो अडान स्पष्ट पार्नुपर्छ र उनीहरुको कार्यले चीनको स्वार्थलाई नोक्सान पुर्‍याए चीनले दृढताका साथ उत्तर दिने कुरा बताउनुपर्छ,’ सम्पादकीयमा भनिएको छ।

‘त्यसैगरी यदि उत्तर कोरियाले पहिले क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी भूभागमाथि खतरा पैदा गर्‍यो भने अमेरिकाले लिने बदलामा चीन तटस्थ बस्नेछ भन्ने कुरा पनि चीनले स्पष्ट पार्नुपर्छ,’ ग्लोबल टाइम्स लेख्छ, ‘यदि अमेरिका र दक्षिण कोरिया उत्तर कोरियाको शासन सत्ता फालेर कोरियाली प्रायद्वीपको राजनीतिक ढाँचा परिवर्तन गर्नका लागि आक्रमण गर्छन् भने चीनले त्यो कदमलाई रोक्नेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका तर्फबाट एकपछि अर्को आक्रमक टिप्पणीहरु सार्वजनिक भइरहेको बेला चिनियाँ कम्युनिष्ट पार्टीको पिपुल्स डेलीअन्तर्गतको ग्लोबल टाइम्सले यस्तो धारणा सार्वजनिक गरेको हो।

कोरियाली प्रायद्वीपमा आणविक प्रसार र युद्ध दुवैको विरोध चीनले गर्ने स्पष्ट पार्दै ग्लोबल टाइम्सले चीनको चासो भएको अवस्थालाई परिवर्तन गर्ने जुनसुकै पक्षको विरोध गर्ने बताएको छ।

‘कोरियाली प्रायद्वीप सबै पक्षको रणनीतिक स्वार्थ जुध्ने ठाउँ हो, त्यसैले कुनै पनि पक्षले त्यहाँ एकल प्रभुत्व कायम गर्ने प्रयास गर्नुहुँदैन,’ सम्पादकीयमा भनिएको छ।

प्रकाशित २७ साउन २०७४, शुक्रबार | 2017-08-11 12:20:41

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...

  • मंसिर ४ र २१ मा एकै पटक प्रदेश र केन्द्रको चुनाव

    शीर्ष नेताहरु र आयोगको पदाधिकारीहरुबीच मंसिर ४ गते हिमाली र पहाडी क्षेत्रका ३१ जिल्ला तथा २१ गते बाँकी जिल्लामा चुनाव गर्ने सहमति भएको बालुवाटार...

  • ‘माओवादीमा प्रवेश होइन, ध्रुविकृत हुँदैछौं’

    नयाँ शक्ति नेपालका सहसंयोजक देवेन्द्र पौडेलसहित झण्डै डेढ दर्जन नेताहरु संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट छन्। यतिसम्म कि,...