एमाले प्रवेश गर्ने भनेका नेता रामचन्द्र झा माओवादी केन्द्रमा



नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। झासहित रामकुमार शर्मा लगायतका नेताहरु माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन्।

पछिल्ला दिनमा नेता झा एमाले प्रवेश गर्ने चर्चा चलेको थियो। एमालेका पूर्वनेता समेत रहेका उनले एमालेसँग उपाध्यक्षको पद माग गरेका थिए। उपाध्यक्ष पद दिन एमाले नेताहरु सकारात्मक नदेखिएपछि बिहिवार विहान उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाट पुगेका थिए। दाहालसहित माओवादी उच्च नेताहरुसंगको छलफल सकारात्मक बनेपछि झा माओवादी केन्द्र प्रवेश गर्ने अन्तिम तयारीमा रहेका छन्।

माओवादी केन्द्रका कार्यालय सदस्य मणी थापाले झा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्नेबारे छलफल चलेको पुष्टि गरेका छन्। ‘उहाँहरुसंग छलफल चलिरहेको छ, छलफल सकारात्मक बनेको छ, माओवादी प्रवेश गर्ने अन्तिम चरणमा हुनुहुन्छ उहाँहरु’ नेता थापाले भने।

उता नयाँ शक्तिका अर्का प्रभावशाली पार्टीका नेता देवेन्द्र पौडेलले बिहिवार राजधानीको हार्दिक होटलमा पत्रकार सम्मेलन गरेर परिवर्तित सन्दर्भमा आफ्ना कुरा राख्दैछन्। नयाँ शक्ति पार्टीभित्र असन्तुष्ट रहँदै आएका नेता पौडेलले आजै पार्टी परित्याग गरेको घोषणा गर्ने निश्चित नभए पनि आजको प्रेस व्रिफिङबाट उनले माओवादी केन्द्र प्रवेशको वातावरण बनाउन चाहेको उनी निकट एक नेताको दाबी छ। नेता पौडेलसहित कुमार पौडेल, वामदेव क्षत्री, महेन्द्र पासवान लगायतका नेताहरुले पनि नयाँ शक्ति छोडेर माओवादी केन्द्रको प्रवेशको तयारी गरिरहेको बताइएको छ।

 

 

प्रकाशित २६ साउन २०७४, बिहिबार | 2017-08-10 14:16:59

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली, देउवा र दाहाल

    ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

    एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ। कम्तिमा तीन पार्टीका शीर्ष...

  • दुई मृत तारा टकराएको दृश्यको कलात्मक चित्रण

    दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

    दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती...

  • शेरबहादुर देउवा

    माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै...

  • फूलैफूलको मौसम तिमिलाई

    काठमाडौंको इचंकुनारायण पुग्दा ठाउँ–ठाउँमा फूल–खेती देखियो। ढकमक्क फूलेका रंगीचङ्गी फूल देख्दा तिहारको गाढा झल्को मिल्यो। इचंकुनारायणमा देखिएका...