मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर छः प्रम



सभापति देउवा
सभापति देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। १७ औँ मुक्त कमैया दिवसका अवसरमा नेपाल टेलिभिजनद्वारा निर्माण गरिएको ‘हामी थारू’ नामक वृत्तचित्रको यहाँ आज सार्वजनिक गर्दै उनले भने 'मुक्त कमैयाको आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाधानका लागि सरकार गम्भीर छ।'

प्रधानमन्त्री देउवाले 'थारू समुदाय सांस्कृतिक रूपमा धनी समुदाय हो, यो समुदाय इमान्दार पनि छ, तर आर्थिक र शैक्षिकरूपमा उनीहरु अलि कमजोर देखिएका छन्' भन्दै 'विविध कारणले राज्यको मूलप्रवाहबाट पछाडि पारिएको यो समुदायको विकास र समृद्धिका लागि उनीहरुबीच आर्थिक र शैक्षिक पहुँच बढाउनुर्ने' बताए।

'मुलुकमा समावेशी संविधान जारी भएको छ, यसको प्रभावकारी कार्यान्वयनसँगै थारू समुदायको पनि अधिकार प्राप्त हुन्छ' उनले भने।

सांसद डिल्ली चौधरीले थारू समुदायका समग्र विकासका लागि कार्य गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।

थारू संस्कृतिविद् अशोक थारूले ‘हामी थारू’ नामक वृत्तचित्र एउटा नमूना मात्रै भएको उल्लेख गर्दै थारू समुदायको सम्पूर्ण जिवनीलाई नै वृत्तचित्रमा उतार्नुपर्नेमा जोड दिए।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोविन्द रोक्का र नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल लगायतले टेलिभिजनको विकास र विस्तारमा जोड दिनुपर्ने आवश्यकता औल्याए।

थारू समुदायको जीवनशैली, वेषभूषा, भाषा संस्कृति र परम्परालाई समावेश गरी करिब ५० मिनेटको सो वृत्तचित्र तयार गरिएको जनाएको छ। रासस

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 20:02:20


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।