स्थानीय निर्वाचनको दोस्रो चरणमा कुन दलको मत कति?



स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भयो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा २९ स्थानमा बढी जीत हात पार्दै एमालेले आफूले जितेको स्थान २७६ पुर्यायो। उता कांग्रेसले २२७ र माओवादीले ८४ स्थानमा जीत हात पारे। यद्यपि नगर तथा गाउँका प्रमुख र अध्यक्ष पदमा पाएको मतमा भने एमाले र कांग्रेसबीच ठूलो अन्तर देखिएको छैन।

दोस्रो चरणको निर्वाचनमा एमालेले प्रमुख तथा अध्यक्ष पदमा कूल १४ लाख ८९ हजार ७८९ मत पाएको छ भने नेपाली कांग्रेसले १४ लाख ५९ हजार ९६६ मत ल्याएको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ७ लाख २ हजार ३१५ मत ल्याएको छ भने राप्रापा १ लाख ५३ हजार ५६९ मत प्राप्त गर्दै मतसंख्याको हिसाबले चौथो दल बनेको छ। यद्यपि सिट संख्याको आधारमा राप्रपा छैठौँ स्थानमा छ।

संघीय समाजवादी फोरम र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले पनि एक लाख मत कटाएका छन्।

दोस्रो चरणमा पहिलो भएको दल एमालेले कांग्रेसभन्दा २९ हजार बढी मत ल्याएको छ र कांग्रेसभन्दा २९ ओटै बढी स्थानीय तहमा जीत हात पारेको छ।

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 14:05:14

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...