३३ तले टावरको काम ३० प्रतिशत पूरा

सुविधासम्पन्न भ्यु टावरमा व्यापारिक पसलहरू मात्रै होइन, पुस्तकालय पनि हुने जनाइएको छ



पुरानो पसपार्कमा निर्माणाधीन ३३ तले भ्युटावर स्थल
पुरानो पसपार्कमा निर्माणाधीन ३३ तले भ्युटावर स्थल

जहाँ बसहरूको घाँघाँ–घुँघुँ मात्रै हुन्थ्यो, जहाँ हतारमा दौडिरहेका यात्रीहरूको भिडमभिड मात्रै हुन्थ्यो, त्यहाँ अब काठमाडौंभरिकै सबैभन्दा अग्लो, सुविधासम्पन्न र अत्याधुनिक भ्यु टावर बन्दैछ। पुरानो बसपार्क रहेको ठाउँमा बन्दै गरेको ३३ तले काठमाडौं भ्यु टावर निर्माण कार्य तीव्र गतिमा भइरहेको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रा.लि.ले जनाएको छ।

अघिल्लो वर्षको असारदेखि निर्माण कार्य सुरू भएको टावरको हालसम्म ३० प्रतिशत काम सकिएको र अहिलेसम्म ६० करोड बराबर खर्च भइसकेको उक्त कम्पनीले जनाएको हो। 

विल्डर्सका सञ्चालक अध्यक्ष मनोज भेटवाल भन्छन्, ‘हामी समयमै काम सिध्याउनका लागि रातदिन काम गरिरहेका छौं। अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको छ। विशेषगरी जनशक्ति भन्दा मेसिनले गर्ने काम धेरै भइरहेको छ। यसमा स्थानीयको पनि पूर्ण साथ पाएका छौं।’

टावर निर्माण सम्झौता काठमाडौं महानगरपालिकाले रद्द गर्न लागेको पनि समाचार सार्वजनिक भएको थियो। तर त्यस्तो समाचार झुठो भएको दुवै पक्षले बताए। महानगरपालिका र निर्माण कम्पनी दुवैले काम धमाधम भइरहेको जनाएका हुन्। 

‘टावरको काम समयमै सिध्याउनका लागि बिहान ६ देखि राति ११ बजेसम्म काम भइरहेको छ,’ भेटवालले बताए।

काठमाडौं भ्यु टावर निर्माणलाई महानगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरेको छ। २३ रोपनी ५ आना ३ पैसा १ दाम जमिनमा निर्माण हुने टावर ३३ तलाको बनाउने लक्ष्य राखिएको छ। अहिलेलाई १२ तला निर्माण गरिनेछ। ३६ महिनाभित्र निर्माण सम्पन्न गरि सक्ने लक्ष्य राखिएको छ। ३ रोपनी परिसरमध्ये १३.८ रोपनी जग्गामा टावर निर्माण गर्ने भएको छ।

दुई तला अन्डरग्राउन्डमा तीन सय सवारीसाधन अटाउने पार्किङ, ग्राउन्ड फ्लोरमा मोटरसाइकल पार्किङ बनाउने योजना छ। पहिलो तलामा बसपार्कका काउन्टर दोस्रो तलामा सूचना डेक्स, तेस्रो तलामा अत्याधुनिक सिनेमा हल हुनेछ। बैक तथा वित्तिय कारोकार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेष्टुरेन्ट तथा पुस्तकालय पनि हुनेछन्। टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण गरिने भएको छ।

पुरानो बसपार्कमा बन्दै गरेको ३३ तले भ्युटावर स्थल

पुरानो बसपार्कमा बन्दै गरेको ३३ तले भ्युटावर स्थल

‘टावर निर्माणका लागि ल्याउन पर्ने सबै सामग्री ल्याइसकिएको छ। जनशक्तिले खटेर काम गर्न मात्र बाँकी रहेको छ,’ भेटवालले भने, ‘अबको १० दिनपछि काम देखिने अवस्थामा हुनेछ।’ महानगरपालिकाले ‘पब्लिक प्राइभेट पार्टनरसिप’ प्रणालीअन्तर्गत कम्पनीलाई भ्यु टावर निर्माण गर्न अनुमति दिएको थियो। सम्झौतापत्रअनुसार भ्यु टावर निर्माणको कुल लागत बजेट चार अर्ब रूपैयाँ हुनेछ। यसअघि टावर निर्माण लागत एक अर्ब ८० करोड रूपैयाँ भनिएको थियो।

पछिल्लो दिनमा ‘भेलुएसन’ बढेपछि निर्माण लागत बढेको महानगरपालिकाले जनाएको छ। निर्माणको सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नेछ। त्यसबापत कम्पनीले ३० वर्षसम्म भ्यु टावर भोगचलन गर्न पाउनेछ। त्यसपछि भ्यु टावरको स्वामित्व महानगरपालिकाको नाममा आउनेछ।

यस अवधिमा जग्गाको भाडावापत् निर्माण पक्षले महानगरलाई वार्षिक ७० लाख रूपैयाँ र टावर सञ्चालनबापत वार्षिक १ करोड ७५ लाख रूपैयाँ राजस्व तिर्नेछ। जग्गाको भाडा सञ्चालन अवधिभर एउटै रहने छ भने, टावरको राजस्व प्रत्येक वर्ष साढे ३ प्रतिशतका दरले वृद्धि गरिने सहमति कायम भएको बताइएको छ ।

महानगर र निर्माण कम्पनीबीच दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। विसं २०७२ को सुरूदेखि टावरको निर्माण प्रारम्भ हुने भनिएपनि भूकम्प र नाकाबन्दीको कारण निर्माण कार्य केही समय रोकिएको थियो।

 जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रा.लि.का सञ्चालक समिति अध्यक्ष मनोज भेटवाल

जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रा.लि.का सञ्चालक समिति अध्यक्ष मनोज भेटवाल

अनुमानित लागत चार अर्ब लाग्ने भन्दै पछिल्लो समयमा भएको सम्झौताअनुरूप कम्पनीले बनाउन लागेको १२ तले काठमाडौँ भ्यू टावरको निर्माण सुरू गरेको १८ महिनामा सक्नुपर्ने छ। टावर निर्माणका लागि दुई पक्षबीच गत फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो।

भ्यू टावर भवनको २०७२ कार्तिक अन्तिम साता उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए। काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच भएको सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उक्त टावर निर्माण हुन लागेको हो। पहिले सुरूमा १२ तलाको र पछि थपेर ३३ पुर्‍याउने तलासम्म थप्ने टावर बनाउने योजना छ।

प्रकाशित १ साउन २०७४, आइतबार | 2017-07-16 13:09:47

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...