दोक्लम विवादः भारत लचक, चीन झन कडा



चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लम क्षेत्रलाई लिएर अहिले चीन र भारतबीच विवाद जारी छ। दोक्लमलाई लिएर दुई देशबीचको विवाद सुल्झिनुको साटो झन बल्झदै गए पछि अन्तरराष्ट्रिय समुदायको ध्यान पनि त्यस तर्फ तानिन थालेको छ। जारी विवाद माझ यस बिषयमा भारत केही लचक देखिन थालेको छ भने चीन भने झन कडा बनेको छ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले आफ्नो भूभागमा गैरकानूनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले ‘लाजमर्दो अवस्था’को सामना गर्नुपर्ने चेतावनी दिएको छ।

सिन्ह्वा समाचार सस्थाले प्रकाशन गरेको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज फिर्ता नहुनजेलसम्म कुनै किसिमको वार्ता हुननसक्ने उल्लेख गरिएको छ। भारतले उक्त भूभागमाथि भुटानले दाबी गरिरहेको भन्दै चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिन आफूले अघिल्लो महिना सैनिकहरु पठाएको बताउने गरेको छ।

उक्त सडकका कारण आफ्नो सुरक्षामा गम्भिर चुनौती थपिने नयाँ दिल्लीको चिन्ता रहेको छ।

सिन्ह्वामा प्रकाशित उक्त लेखमा चीनले दोक्लम क्षेत्रबाट आफ्ना फौज फिर्ता लान पटक- पटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको उल्लेख गरिएको छ। एक महिनादेखि चलिरहेको उक्त विवाद समाधान गर्न भारतले वेवास्ता गरिरहे उसले थप लाजमर्दो अवस्थाको सामाना गर्नुपर्ने चेतावनी उक्त लेखमा दिइएको छ।

उक्त लेखमा पहिलो पटक सिक्किमसँग सीमा जोडिएको आफ्नो भूमीमा भारतीय फौज प्रवेश गरेको भन्दै अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीन तीनै देशको दाबी रहेको दक्षिणपूर्वी कश्मिरमा सन् २०१३ र सन् २०१४ मा भएका भिडन्त जसरी साधारण रुपमा नलिन भनिएको छ। यस बिषयमा भारतसँग कुनै वार्ता नगर्ने भन्दै भारतले दोक्लम आएका फौज फिर्ता गर्नुपर्ने अडान चीनले राख्दै आएको छ।

पछिल्लो समय यो बिषयमा भारत भने केही लचक देखिन थालेको छ। भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार भारतको केन्द्र सरकारले दोक्लम विवादबारे त्यहाँका विपक्षी दलहरुसँग छलफल गरेको जनाएको छ।

विपक्षी नेताहरुले सरकारलाई बेइजिंगसँगको तनाव कम गर्न र कूटनीतिक तहबाट समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ।

उक्त बैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली सहितका उच्च भारतीय अधिकारीहरु सहभागी थिए।

भारत र चीनबीच ४ हजार किलोमिटर भन्दा लामो जमिन जोडिएको सीमा क्षेत्र छ। सीमा विवादका कारण उनीहरुबीच सन् १९६२ मा युद्ध समेत भएको थियो।

प्रकाशित १ साउन २०७४, आइतबार | 2017-07-16 10:24:14

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...