विराटनगरमा एमालेको प्रतिबद्धताः १० वर्षमा मेघा सिटी र फुसका घरलाई जस्ता



नेकपा एमाले विराटनगरले महानगरलाई प्रदेश–१ को राजधानी बनाउनेदेखि एक वर्षभित्रमै यहाँका सबै फुसको छानो भएका घरलाई जस्तावाला बनाउनेसम्मका नारा समेट्दै ‘अतिमत्वाकांक्षी’ चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

 मनोनयन दर्ता भएको भोलिपल्ट सोमबार एमालेले विराटनगरको पाञ्चाललीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मददाता लोभ्याउनेखालको पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितको उपस्थितिमा एमाले विराटनगरका मेयरका उम्मेदवार विनोद ढकालले आकर्षक नारा तथा आश्वसनले भरिभराउ घोषणापत्र सार्वजनिक गरेका हुन्।

विराटनगर महानगरमा विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको एमालेले विराटनगरलाई प्रादेशिक राजधानी बनाउने, नगरलाई स्पार्ट सिटी बनाउने, आर्थिक हबका रूपमा विकास गर्ने र विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने कुरालाई प्रमुख एजेन्डा बनाएको छ।

३१ पृष्ठ लामो घोषणापत्रमा एमालेले कतिपय सानादेखि अतिमहत्वकांक्षीजस्ता लाग्ने विषयलाई पनि चुनावी नारा बनाएको छ। कतिपय एजेन्डा आममतदातालाई आकर्षित गर्नकै लागि पनि उसले राखेको छ।

एमालेले महानगरलाई आगामी ५ वर्षभित्रमा मेघा सिटी बनाउन आवश्यक सबै पूर्वाधार निर्माण गरी १० वर्षभित्र देशकै नमूना र समृद्ध सहर बनाउने सपनालाई निकै महत्व दिएर दिएर घोषणापत्र बनाएको छ।

त्यसैगरी, एमालेले चुनाव जितेको एक वर्षभित्रमै महानगरभित्र रहेका फुसको छानो भएका सबै घरलाई जस्ताका घर बनाउने आकर्षक नारा पनि अघि सारेको छ। यो चुनाव जित्ने नारा मात्रै नभएर गनैपर्ने आवश्यकता भएको भन्दै मेयर उम्मेदवार ढकालले आश्वस्त पार्न खोजे।

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा महानगरलाई सुशासनमैत्री तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर अघि बढ्ने, नगरलाई हरित नगरका रूपमा विकास गर्ने कुरालाई उसले विशेष जोड दिएको छ। त्यस्तै, उसले महानगरभित्रका सबै सडकलाई कालोपत्रे गर्ने, मुख्य–मुख्य चोकमा आकासे पुल बनाउने लक्ष्यलाई पनि घोषणापत्रमा अटाएको छ।

त्यसैगरी, एमालेले महानगरको आर्थिक क्षेत्रलाई पनि छोएर चुनावी घोषणापत्र ल्याएको छ। जसमा उसले औद्योगिक नगरीको रूपमा चिनिएको विराटनगरमा सुविधा सम्पन्न औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने, अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्न सक्ने सभागृहको निर्माण गर्नेलगायत विषयलाई पनि आर्थिक एजेन्डासँग जोडेर घोषणापत्र बनाएको छ।

चुनावी घोषणात्र सार्वजनिक गर्दै मेयरका उम्मेदवार विनोद ढकालले आफूले चुनाव जिते घोषणापत्रमा उल्लेख गरिएका सबै कुरा अक्षरशः पूरा गर्ने दाबी गरे। त्यसक्रममा उनले नगरभित्रको फोहोरमैला र सडकको अस्तव्यस्ततालाई शीघ्र व्यवस्थापन गरिने कुरालाई प्राथमिकतासाथ समाधान गरिने बताए। त्यसक्रममा उनले विराटनगरलाई प्रादेशिक राजधानी बनाउने कुरा आफूहरूको मुख्य एजेन्डा भएको बताउन भुलेनन्।

त्यसैगरी, एमालेको घोषणापत्रले विराटनगर महानगरभित्र रहेर बग्ने सिंगीया खोला र केसलियालाई वर्षदिनभित्रै प्रदूषणमुक्त बनाउने पनि दाबी गरेको छ। त्यत्ति मात्रै हैन, उसले नगरभित्रका खोलालाई ग्रीन वेल्टको रूपमा विकास गर्ने र तटबन्धन निर्माण गरी खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारेर पर्यटकीयस्थल बनाउने आकर्षक नारासमेत अघि सारेको छ।

त्यस्तै, एमालेले विराटनगरको ऊर्जा संकट समाधान गर्ने, विराटनगरस्थित विमानस्थलको स्तरोन्नति गरी अन्तर्राािष्ट्रयस्तरको बनाउने, विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा विपन्न नागरिकले थप सर्भसुलभ तरिकाले उपचार पाउने गरी व्यवस्था गर्ने कुरालाई पनि एमालेले घोषणापत्रमा प्रमुखतासाथ उठाएको छ।

फोरम लोकतान्त्रिकसँग तालमेल गरेको एमालेले महानगरमा उमपेयरमा फोरमलाई सघाउने भएको छ। अन्तिम समयमा आएर एमालेले फोरमँग तालमेल गरेको थियो । उपमेयरमा फोरमले सूची चौधरीलाई उठाएको छ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 18:51:01

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...