यस्ता छन् दोस्रो चरणको चुनावका लागि विवेकशीलका उम्मेदवार



स्थानीय तह अन्तर्गतको पहिलो चरणको नतिजाबाट हौसिएको विवेकशील नेपाली दलले दोस्रो चरणको निर्वाचनका लागि पनि उम्मेदवारी दर्ता गराएको छ। दोस्रो चरणकोे निर्वाचनका लागि विवेकशिलले झापा र मोरंगका केहि स्थानमा उम्मेदवारी दर्ता गरेको हो।

झापाको दमक नगरपालिकामा विवेकशिल दलको तर्फबाट मेयर पदका प्रत्याशी २९ वर्षीय सुबास सुबेदी रहेका छन्। सुवेदी विवेकशील नेपाली दल झापा इकाईको व्यवस्थापिका प्रमुख हुन्। पेशाले रंग व्यवसायी सुबेदी लामो समयदेखि विभिन्न सामाजिक अभियानहरुमा संग्लन हुँदै आएका छन्। प्रकृति बचाऊ अभियान झापाका संस्थापक अभियन्ता समेत रहेका सुवेदीले लामो समयदेखि स्थानीय युवाहरुलाई उद्यमशीलता तथा राजनीतिमा लाग्न प्रोत्साहन गर्दै आएका छन्। यसका अलावा सुबेदीले झापामा सूचनाको हक प्रयोग गरि सरकारी निकायहरुलाई खबरदारी गर्ने अभियान पनि संचालन गर्दै आएका छन्।

त्यसैगरी दमक नगरपालिका वडा नं. ३ मा २५ वर्षीय दधिराम ढकालले वडा सदस्य (खुला) मा प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि शिक्षण पेशामा संलग्न ढकाल विवेकशीलका झापा जिल्लाका संस्थापक अध्यक्ष समेत हुन्। झापाको विर्तामोडमा विगत ५८ हप्तादेखि संचालन हुँदै आएको विर्तामोड सरसफाई अभियानमा सुरुवाती कालदेखि नै नेतृत्व गरिरहेका ढकाल विभिन्न सामाजिक कार्यमा संगलग्न रहँदै आएका छन्।

मोरंगको केराबारी गाउँपालिका, वडा ९ बाट २९ वर्षीय सरस्वति आचार्यले वडा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएकी छिन्। स्थानीय निर्वाचनमा उम्मेदवारी दिनका लागि शिक्षण पेशा छाडेकी आचार्यले शिक्षा शास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेकी छन्। आचार्य महिला हिँसा बिरुद्धको अभियान र बाल अधिकारका क्षेत्रमा पनि लामो समयदेखि क्रियाशील छिन्।

विवेकशीलले सुनसरी, रुपन्देही र कन्चनपुरका केहि स्थानमा स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन दिएको छ। विवेकशीलले सुनसरी ईटहरी उपमहानगरपालिकाको २० नम्बर वडा अध्यक्ष पदका लागि फडिन्द्र भण्डारी, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा उपमेयरका लागि महाशर्मा न्यौपाने समर्थन गरेको छ।

यसैगरी, कंचनपुर शुक्लाफाँटा नगरपालिका मेयर पदका लागि अर्जुन सिंह धामी र शुक्लाफाँटा नगरपालिकाकै वडा ११ मा अध्यक्ष दिल बहादुर साउदलाई समर्थन गरेको छ।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 18:41:02

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...