बल्ल जुर्‍यो प्रधानमन्त्री देउवाको बालुवाटार सर्ने साइत

सोमबार बिहान ५ बजे अघि बालुवाटार छिरिसक्ने



प्रधानमन्त्री शेरबहादुर देउवा।
प्रधानमन्त्री शेरबहादुर देउवा।
फाइल तस्वीर

प्रधानमन्त्री भएको दुई सातापछि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार सर्ने साइत जुरेको छ। प्रधानमन्त्री देउवा सोमबार बिहान ५ बजे अघि सरकारी निवास बालुवाटार प्रवेश गर्नेछन्। बालुवाटार प्रवेश गर्नासाथ प्रधानमन्त्री देउवाले पूजापाठको काम ६ बजे अघि नै गरिसक्ने कार्यतालिका छ।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्टै जेठ २४ गते तत्कालीन प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास छोडेका थिए। प्रचण्डले नयाँ प्रधानमन्त्री देउवाका लागि भोलिपल्टै सरकारी निवास खाली गरिदिएपनि देउवाको प्रधानमन्त्री भएको दुई सातापछि सरकारी निवास सर्ने साइत जुरेको हो।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड आफ्नो लाजिम्पाटस्थित निजी निवासमा सरेकै दिनदेखि नयाँ प्रधानमन्त्री देउवा लागि निवास रंगरोगन तथा मर्मत संहार सुरु गरिएको थियो। मर्मत सम्भारसँगै कोठा सजावटको काम सकिएपनि प्रधानमन्त्री देउवा ज्योतिषले जुराइदिएको साइत अर्थात असार ५ गते सोमबार सरकारी निवास सर्न लागेका हुन्।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा सोमबार बालुवाटार सर्ने बताए। प्रधानमन्त्री देउवा सोमबार बिहान ५ बजे अघि सरकारी निवास बालुवाटार प्रवेश गर्नेछन्। बालुवाटार प्रवेश गर्नासाथ प्रधानमन्त्री देउवाले पूजापाठको काम ६ बजे अघि नै गरिसक्ने कार्यतालिका छ। प्रधानमन्त्री भएर सरकारी निवासमा प्रवेश गर्दा सुरुमा पूजाआजा गर्ने प्रचलन चल्दै आएको छ।

किन भयो देउवा बालुवाटार सर्न ढिलाई?
प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको केही दिनपछि नै सरकारी निवास बालुवाटार सर्ने तयारी गरेपनि ज्योतिषको सल्लाहमा रोकिएका हुन्।

वरिष्ठ ज्योतिष अंगीरस न्यौपानेले प्रधानमन्त्री देउवालाई असार ४ वा ५ गते सरकारी निवासमा सर्ने उत्तम साइत तोकिदिएका थिए। ज्योतिष न्यौपानेकै साइत अनुसार प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको दुई सातापछि सोमबार बालुवाटार सर्ने साइत सोमबार जुरेको हो।

बालुवाटारमा सबै तयारी पूरा, भान्सा नयाँ स्वरुपको बनाइयो
प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटारमा स्वागतका लागि तयारी पूरा भएको बालुवाटारस्थित स्रोतले जनाएको छ।

प्रचण्ड आफ्नो निजी निवास लाजिम्पाट सरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भान्सादेखि प्रधानमन्त्री सुत्ने कोठासम्म दिन रात नभनी कामदारहरुले झण्डै दुई साताको समय लगाएर सरसफाइको काम सकेको बालुवाटारमा कार्यरत एक कर्मचारीले नेपालखबरलाई जानकारी दिए।

देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ सरकारी निवास बालुवाटारमा सरसफाइको काम थालिएको थियो। प्रधानमन्त्रीकी पत्नी आरजु राणा देउवाको इच्छा अनुसार नै प्रधानमन्त्रीको सरकारी निवासको मर्मत तथा रंगरोगनको काम थालिएको थियो। देउवा प्रधानमन्त्री हुना साथ पत्नी आरजुले बालुवाटारको सरकारी निवास आफूले भनेअनुसार सजावटको काम गर्न प्रधानमन्त्री कार्यालयमार्फत निर्देशन दिएकी थिइन्।

आरजुकै निर्देशन अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको प्रधानमन्त्रीको भान्सा कक्षलाई भत्काएर नयाँ स्वरुपको बनाइएको बालुवाटारमा कार्यरत एक कर्मचारीले बताए।

ज्योतिषकै सल्लाहमा देउवाले कसैलाई दिएनन् नियुक्ति 
ज्योतिषकै सल्लाह अनुसार प्रधानमन्त्री देउवाले आफ्नो स्वकीय सचिव र निजि सचिवालयमा राखिने कर्मचारीलाई नियुक्ति दिएका छैनन्।

प्रधानमन्त्री देउवाले सकेसम्म सरकारी निवास सर्नुअघि नै सचिवालयमा राख्ने व्यक्तिलाई नियुक्त गर्ने छैनन्। ज्योतिषले असार ४ पछि नियुक्त गर्न भनेपछि प्रधानमन्त्री देउवा दुई साता भइसक्दा पनि न आफ्नो प्रमुख स्वकी सचिव नियुक्त गर्न सकेका छन् न त सचिवालयमा राख्ने व्यक्तिलाई नियुक्त गरेका छन्।

दुई साता भइसक्दा पनि भानु देउवालाई समेत प्रधानमन्त्री देउवाले आफ्नो स्वकीय सचिवको नियुक्त दिएका छैनन्। प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयमा भानुसँगै वीरेन्द्र थापा, केशवराज जोशी लगायत आफ्ना विश्वास पात्रलाई राख्ने छन्।

बालुवाटारको चौथो बसाईँ
प्रधानमन्त्री देउवा जिवित नेताहरुमध्ये सबैभन्दा बढी बालुवाटारस्थित सरकारी निवासमा बसेका नेता हुन्।

बहुदलीय व्यवस्था तथा राजा वीरेन्द्र र ज्ञानेन्द्रको शासनकालमा तीन पटक प्रधानमन्त्री भएर देउवा यसअघि सरकारी निवास बालुवाटारमा बसिसकेका छन्।

देउवा १२ वर्ष ५ महिनापछि सोमबारदेखि सरकारी निवास बालुवाटारको बसाइको सुरुवात गर्दैछन्। गणतन्त्र स्थापनापछि सरकारी निवास बालुवाटार छिर्ने देउवा १० औं प्रधानमन्त्री हुन्।

प्रकाशित ४ असार २०७४, आइतबार | 2017-06-18 17:59:36

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...