विराटनगर महानगरमा एमाले–फोरम तालमेल, कांग्रेस–माओवादी अझै अनिश्चित



जेठ १४ मा हुने दोस्रो चरणको निर्वाचनमा सर्वाधिक चर्चामा रहेको विराटनगर महानगरमा नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल हुने भएको छ। एमालेले मनोनयन दर्ताको एकदिन अघि विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने निर्णय गरेको हो।

तालमेलअनुसार फोरमले एमाले मेयरका उम्मेदवार विनोद ढकाललाई सघाउने छ । एमालेले उपमेयरका लागि उम्मदेवारी नदिने र फोरम उपमेयरका उम्मेदवरलाई सघाउने सहमति भएको छ ।

एमाले अध्यक्ष विनोद ढकालले फोरमसँग तालमेल गर्ने पार्टी केन्द्रबाट निर्णय भएको बताए। ‘माथिबाट यही कुरा आएको छ,’ उनले भने, ‘औपचारिक घोषणा हुन बाँकी छ, हामी फोरमसँग मिलेर चुनावमा जाने निश्चित भयो।’

एमालेले विनोद ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ भने फोरमले भने यो समाचार तयार पार्दासम्म उपमेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन। उसले शनिबार अबेरसम्ममा उम्मेदवारी टुंग्याउने बताइएको छ।

अब हामी सुरक्षित भयौं: एमाले

फोरम लोकतान्त्रिकसँगको तालमेलपछि एमाले विराटनगर चुनाव जित्नेमा ढुक्क भएको छ। यसअघि एक्ला–एक्लै भिडेको अवस्थामा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने आँकलन गरेको एमाले फोरमसँगको तालमेलपछि चुनाव जित्नेमा आत्मविश्वासी देखिएको हो।

‘यसअघि एक्ला–एक्लै गएको अवस्थामा नतिजा जता पनि जान सक्थ्यो,’ एमाले अध्यक्षसमेत रहेका विराटनगर मेयरका उम्मदेवार विनोद ढकालले भने, ‘अब हामी सुरक्षित भयौं, चुनाव जित्छौं।’

उम्मेदवार ढकालले नेपाली कांग्रेस र माओवादी तालमेलको चर्चाबीच उनीहरू मिले पनि आफूहरूलाई कुनै फरक नपर्ने दाबी गरे। ‘अब अरू जो–जो मिले पनि हामीलाई केही फरक पर्दैन,’ ढकालले भने, ‘यो अवस्थाबाट अघि बढ्दा हामी सम्माजनक तरिकाले जित्छौं भन्नेमा ढुक्क छौं ।’

फोरमले उपमेयरको उम्मेदवार टुंगो लगाइनसकेकाले उसले दिने उम्मेदवारी पनि गठबन्धनलाई निर्भर गर्ने बताए । फोरमले हालसम्म उपमेयरको उम्मेदवार तोकिसकेको छैन। कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टी केन्द्रको निर्णय कुरेर बसेको मोरङ फोरम स्रोतले बतायो।

कांग्रेस–माओवादी तालमेल अझै ‘अनिश्चित’

विराटनगर महानगरमा कांग्रेस र माओवादी केन्द्रबीच सुरुबाटै तालमेलको चर्चा थियो । तर, मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि यी दुई दलबीच तालमेलबारे ठोस निर्णय हुन सकेको छैन।

समय घर्किसकेकाले कांग्रेस र माओवादीले आपसमा तालमेल गर्छन् कि गर्दैनन् वा अरू कोसँग गर्छन् भन्ने चासो महानगरमा बढ्दो छ। गठबन्धन बन्ने–नबन्ने कुराले यहाँको चुनावको पारो घट्ने–बढ्ने देखिन्छ। यद्यपि, अझै पनि कांग्रेस–माओवादीबीच केन्द्रस्तरमा तालमेलबारे कुरा चलिरहेको नेताहरू बताउँछन्।

माओवादी केन्द्र विराटनगरका इन्चार्ज तथा महानगर मेयरका उम्मेदवार भोगेन्द्र यादवले कांग्रेससँग सम्भावित तालमेलबारे कुरा भइरहे पनि निश्चित भइनसकेको बताए। ‘तालमेलबारे छफल चलिरहेको छ,’ उनले भने, ‘तर, अझैसम्म हुने–नहुनेमा टुंगो लागेको छैन।’

उनले केन्द्रस्तरमा छलफल भइरहेकाले शनिबार अबेरसम्ममा केही टुंगो लाग्ने जानकारी दिए। तर, इन्चार्ज यादवले समय घर्किसकेकाले तालमेलको सम्भावना भने ज्यादै न्यून रहेको बताए । ‘कुरा भइरहे पनि तालमेलको सम्भावना अब क्षीण बन्दै गएको छ, यसै भन्ने स्थिति अहिले छैन।’

इच्चार्ज यादवले तालमेल भए पनि–नभए पनि आफूहरू चुनावमा होमिएकाले जे परिणाम आएपनि स्वीकार्ने बताए।

विराटनगरमा नेपाली कांग्रेसले नगर सभापतिसमेत रहेका युवा नेता भीम पराजुलीलाई मेयरको उम्मेदवार बनाएको छ।

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 13:51:09

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...