दक्षिण कोरियामा १० दिनमा ५ नेपालीको ज्यान गयो



दक्षिण कोरिया
दक्षिण कोरिया

दक्षिण कोरियामा यस वर्षको जुन महिना नेपालीका लागि वियोगको महिना सरह भएको छ। झन्डै दस दिनकाे अवधिमा पाँच जनाको ज्यान गएको छ। कोरियामा अात्महत्या गरेर दुई जना, काम गर्दागर्दै दुर्घटनामा परेर दुई जना र पछिल्लोपटक सुतेकाे अवस्थामा एक जना मृत भेटिएका हुन्।

बिहीबार राति सामान्य अवस्थामा सुतेका म्याग्दीका २७ वर्षीय शिवकुमार कार्की कोरियाको किम्फोस्थित प्लास्टिककाे दाना बनाउने कम्पनीको हाेस्टलमा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका छन्। कार्की मृत अवस्थामा भेटिएको काेरियन प्रहरीका लागि भाषा अनुवाद गर्ने नेपाली उमेश बस्नेतले बताए।

करिब नौ महिनाअघि रोजगार अनुमति प्रणाली ईपीएसमार्फत् कामका लागि यहाँ अाएका कार्की शुक्रबार बिहान मृत भेटिएका हुन्। मृतक कार्की शव अहिले किम्फोस्थित अस्पतालमा राखिएको र प्रहरीले अनुसन्धान जारी राखेकाे बस्नेतले बताए।

बिहानपख अाठ बजे काममा जाने समयमा नउठेपछि साथीहरु कार्की सुत्ने काेठामा पुगेका थिए। भित्रबाट ढोका बन्द गरेर सुतेका मृतक कार्कीलाई बाेलाउँदा नउठेपछि कम्पनीका मालिक र साथी मिलेर ढोका फोरेर भित्र जाँदा उनी मृत भेटिएका हुन्।

उक्त कम्पनीमा अन्य पाँच जना नेपाली कार्यरत छन्। कोरियामा पछिल्लो समय एकपछि अर्को गरी नेपालीको ज्याने क्रम बढेपछि यहाँ कार्यरत नेपाली स्तब्ध भएका छन्। विशेषगरी डिप्रेसन र राति सकुशल सुतेको बिहान मृत भेटिने क्रम बढ्न थालेपछि धेरै संशकित भएका छन्।

मृत भेटिने घटनामा न कोरियाको सरकारी निकायले वास्तविक रिपोर्ट सार्वजनिक गरेकाे छ, न नेपालका मातहतका निकायले चासाे राखेका छन्।

प्रकाशित २ असार २०७४, शुक्रबार | 2017-06-16 13:55:11
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...