तिब्बतको वातावरणमैत्री विकास (फोटो फिचर)




बिहान ६ बजे हामी केरुङबाट निस्कियौँ। गन्तव्य निश्चित थियो, सागा पुग्ने।

नेपालबाट सामान बोक्न आएका ट्रकहरु केरुङ इन्स्पेक्सन पोर्टमा जथाभावी पार्किङ भइरहेका देखिए।

विश्वकै अग्लो पठार क्षेत्रमा दुई लेनको चिल्लो सडक विकासको सूचक थियो। सडक छेउका खोला एवं भिरपाखामा वृक्षरोपणको दृश्य दीगो विकासको सन्देश। तिब्बती राजमार्गमा अघि बढ्दै जाँदा सल्लाका रुख, पर क्षितिजतिर टल्किरहेका हिमाल, नेपालका झैँ पहाडी दृश्यहरुले मनै फुरुङ्ग बनाए।

चीन छिटै विकसित मुलुक हुने प्रयासमा छ। विश्वकै अग्लो तिब्बती पठारका दृश्यहरु हेर्दा उत्तरी छिमेकी पर्यावरणबारे युरोप झैँ सम्वेदनशील पनि देखियो। मरुभूमिजस्तो ठाउँमा वृक्षारोपण गरिएको छ। सडक दायाँबायाँ पहिरो गएका ठाउँहरुमा बायो इन्जिनियरिङार्फत् बिरुवा हुर्काइँदै रहेछ। कतै बिउँलाइ थैलोमा उमारिँदैछ। यो दृश्य हाम्रो वास्तविकताभन्दा ठिक विपरित थियो। किनभने विकासका नाउँमा नेपालका पहाडी–हिमाली क्षेत्रमा अन्धाधुन्द डोजर चलाइएका छन्। पहाड खनिएको छ तर पर्यावरणलाई वास्ता गरिएको छैन।

तिब्बती भूभागको मरुभूमि नेपालको मुस्ताङ क्षेत्रभन्दा खासै फरक होइन। फरक के हो भने चिल्लो दुई लेनको सडक। अनि सडक छेउमा कलकल बग्ने कञ्चन नदीहरु र पर्यावरणीय हिसाबले खुब मिहिनेतपूर्वक संरक्षण गरिएका रुख बिरुवाहरु।

कतै उपत्यकाजस्तो देखिने खोँचहरु, समथर भूभागमा झुलिरहेका गहूँका बाला अनि कतै कतै भेटिने स–सना गाउँहरुले हाम्रो यात्रालाई रोमाञ्चित पारिरहेछन्।

केरुङबाट ५ हजार २ सय ३६ मिटर पार हुँदा अर्को उपत्यका पुगियो। पठारको यो उपत्यकामा सयौं भेडा, च्याङ्ग्राको बथान देखियो। व्यवस्थित गाउँ, चिल्ला सडक, वातावरणमैत्री विकासले हिमाली जीवनशैली दुःखै दुःखको भूँवरी हो भन्ने नेपाली अनुभव यता परिवर्तन हुँदै गएजस्तो लाग्यो। उपत्यका कटेर अघि बढ्दा सीमसार क्षेत्रबाट टाढाको ब्रह्मपुत्र मनमोहक देखियो। ब्रह्मपुत्र आङ्सी हिमनदीबाट उत्पत्ति भएर तिब्बत हुँदै भारतको अरुणाञ्चल खस्छ। 

हामी आधा दिनमा सागा पुग्यौं। खाने–बस्ने राम्रो सुविधासहितको यो सानो उच्च हिमाली सहरलाई ‘आर्मीको सहर’ पनि भनिँदो रहेछन्। हामी यहीँ बास बस्यौं। ४ हजार ६४० मिटर उचाइको सागा एउटा त्यस्तो केन्द्र रहेछ जहाँबाट कैलाश पर्वत र ल्हासा जाने बाटो छुट्टिँदो रहेछ। यहाँबाट सिगात्से ४४८ किलोमिटर पर हो। सिगात्सेसम्म अहिले नै चिनियाँ रेल आइसकेको छ। त्यही रेलमार्गलाई केरुङ हुँदै काठमाडौं पुर्याउने चर्चा भइरहेको छ।

तिब्बती पठारको रोमाञ्चक यात्रा गर्दै भोलिपल्ट हामी अघि बढ्यौं। करिब ५ सय मिटरको यात्रापछि कैलाश पर्वत देखिने ठाउँमा पुगियो। फेरि हिमालहरु देखिन थाले। टाढा–टाढा गाउँहरु देखिए। सडक छेउमा बालुवाको पहाड देखियो। त्यहाँबाट पछाडिपट्टि हिमाल र तलतिर फेरि ब्रह्मपुत्र नदी देखियो। केही बेरमै हामी ब्रह्मपुत्र नदी निस्कने हिमालकै अगाडि पुग्यौँ।

गाइडले ४ वटा साना ढुंगा र एउटा ठूलो ढुंगा जम्मा गरे। बीचमा ठूलो र अन्य चार ढुंगा छेउमा राखे। ठूलो ढुंगालाई कैलाश पर्वत बताए। त्यसपछि ढुंगा देखाउँदै वर्णन गरे, कैलाशबाट ४ वटा नदी निस्कन्छ। पूर्वतिरबाट ब्रह्मपुत्र, उत्तरतिरबाट सिन्ध निस्कन्छ जुन पाकिस्तान जान्छ। पश्चिमबाट सतलज निस्कन्छ जुन भारत जान्छ र दक्षिणतिरबाट कर्णाली निस्कन्छ जुन नेपाल जान्छ।

यी नदीहरु चार जनावरको मुखबाट निस्कन्छन् भन्ने धार्मिक मान्यता छ। जसअनुसार ब्रह्मपुत्र घोडा, सिन्ध हात्ती, सतलज सिंह र कर्णाली मयुरको मुखबाट निस्कँदा रहेछन्।

(फोटोग्राफर नवीन बरालसहितको टोली कर्णालीको शिर खोज्ने क्रममा ४४ दिन लामो यात्रा गरेको थियो। यो संस्मरण त्यही यात्राको एउटा अंश हो। थप संस्मरण नेपालखबरले क्रमश प्रकाशित गर्नेछ।)

  • कैलासको दक्षिणबाट देखिएको मानसरोबर
प्रकाशित २२ बैशाख २०७६, आइतबार | 2019-05-05 13:48:09
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

नवीन बराल वातावरण, हिमाली क्षेत्र तथा जीवनशैली फोटोग्राफीमा दख्खल राख्छन्।

@nabinphotos


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...