विद्याले भावुक बन्दै लेखिन्ः रवीन्द्रसँगको सम्बन्ध आत्मीय र अविस्मरणीय (फोटो फिचर)




हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जीवन गुमाएको दुई महिना बित्न लागिसक्यो। तर, रवीन्द्रको अल्पायुमै भएको निधनले रवीन्द्र पत्नी विद्या भट्टराईको हृदयमा बनाएको घाउमा अझै अझै खाटा बसिसकेको छैन।

 

स्व रवीन्द्रप्रति विद्याको स्मरण

स्व रवीन्द्रप्रति विद्याको स्मरण

त्यसैले स्व अधिकारीको सम्झनामा राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले रवीन्द्रलाई गहिरोसँग सम्झिन्। रवीन्द्रलाई सम्झँदै कार्यक्रम आयोजना गरिएकोमा उनले आयोजकप्रति हार्दिक आभार व्यक्त गरिन्।

कार्यक्रमको आयोजना गरेका राजधानीको सिनामंगलमा रहेको एभिएसन म्युजियमले। म्युजियमका प्रमुख क्याप्टेन बेद उप्रेतीले मन्त्री स्व अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको स्मृतिमा म्युजियमभित्रै फोटो प्रदर्शनी गरेका थिए।  

फोटो प्रदर्शनीको उद्घाटन गर्दै पर्यटन सहायकमन्त्री धनबहादुर बुढा

फोटो प्रदर्शनीको उद्घाटन गर्दै पर्यटन सहायकमन्त्री धनबहादुर बुढा

पुरानो खालि जहाजको भित्री भागमा बनाइएको म्युजियमभित्र आयोजित कार्यक्रममा रवीन्द्रपत्नी विद्यापनि सहभागी थिइन्। त्यहाँ राखिएका स्व रवीन्द्रका तस्वीरहरु देखेर उनी भावुक भइन्। उनले कार्यक्रम आयोजना गरेकोमा म्युजियम र क्याप्टेन उप्रेतीलाई धन्यवाद दिइन्।

 

कार्यक्रमको समापनपछि त्यहाँ राखिएको पुस्तिकामा उनले कार्यक्रमको आयोजना र पति स्व रवीन्द्रको सम्झनामा केही शब्द पनि लेखिन्।

धनबहादुर बुढा

धनबहादुर बुढा

‘फोटो प्रदर्शनीमा मलाई निमन्त्रणा गरी मलाई मेरो साथीसँगको आत्मीय सम्बन्धलाई अविस्मरणीय सम्झनाका रुपमा विकास गर्ने कार्यको थालनी गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु’ उनले लेखेकी छन्, ‘पदीय सम्बन्धभित्र पनि यति धेरै आत्मीय सम्बन्ध हुन्छ भन्ने सिकाई यस कार्यक्रमले प्रदान गरेको मैले ठानेको छु।’

क्याप्टेन वेद उप्रेती

क्याप्टेन वेद उप्रेती

कार्यक्रम पर्यटनमन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको थियो। 

  • म्युजियममा राखिएको पुस्तिकामा स्व रवीन्द्रप्रति स्मरण स्वरुप लेख्दै विद्या
  • धनबहादुर बुढा
  • क्याप्टेन वेद उप्रेती
  • फोटो प्रदर्शनीको उद्घाटन गर्दै पर्यटन सहायकमन्त्री धनबहादुर बुढा
  • तस्वीरहरु अवलोकन गर्दै विद्या भट्टराई
  • PRA PHOTO
  • PRA PHOTO
  • स्व रवीन्द्रप्रति विद्याको स्मरण
  • विद्या भट्टराई
प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 15:24:17
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...