अनलाइन आवेदनले छोट्यायो कोरिया जाने लाइन (फोटोफिचर)




रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन शुक्रबारदेखि खुला भएको छ।

 अनलाईन मार्फत रकम भुक्तानी गर्न सकिने र आवेदन फर्म भर्न सकिने भएपछि यसपटक भने पहिलेजस्तो भीडभाड देखिँदैन।

‘पहिले पहिले त घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अहिले त एकै छिनमा फर्म भर्न पाइयो’, कीर्तिपुरको ल्याबेरोटोरी स्कुलमा फर्म भरेपछि खुसी व्यक्त गर्दै एक आवेदनकले भने।

यसपटक ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध नै गरेको छ।

घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने शाखाले जनाए पनि ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा भने बिहीबार रातिदेखि नै युवाहरू लाइनमा बसेर फर्म भरेका छन्।

अनलाइन प्रणाली सुरु भएपछि लाइन बस्नेको संख्यामा कमी आएका कारण छिट्टै फर्म भर्न पाइएको आवेदक बताउँछन्।

भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ। उक्त आवेदन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले दिन सक्नेछन्।

त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९ र ई–१० भिसामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट  www.eoers.epsnepal.gov.np  बाट भर्न सकिनेछ। ग्लोबल बैंकमा रहेको एकाउन्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा उक्त वेबसाइटमा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ।

हेरौँ कीर्तिपुरको ल्याबेरोटोरी स्कुलमा फर्म भर्नको लाइृनका १८ तस्बिर

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 13:03:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...