टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (१८ तस्बिर र भिडियो)




सेना दिवसको अवसरमा राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेका समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७५’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।

महाशिवरात्री दिन नेपाली सेनाले सेना दिवसको रूपमा मनाउने गर्दछ। समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो। बढाइँ कवाजअन्तर्गत लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७५ आकृति प्रस्तुत गरिएको थियो। त्यस्तै सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो।

हेराैँ  भिडियो

समारोहमा पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत गर्नुका साथै नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरिएको थियो। ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी प्रकाश खड्का र दोस्रो हुने सेनानी धीरन अधिकारीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेकी थिइन्। उक्त फ्री फल जम्पमा सहभागी हवल्दार पूर्णबहादुर भण्डारी भने प्यारासुट नखुलेका कारण सीधै भुइँमा झरेर घाइते भएकामा नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी वीरेन्द्र अस्पताल छाउनीमा लगेर उपचार गरिरहेको छ। उनको दायाँ खुट्टामा गम्भीर चोट लागे पनि स्वस्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
  • .
प्रकाशित २० फागुन २०७५, सोमबार | 2019-03-04 14:41:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...