अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० कार्यकर्ता पक्राउ (फोटो/भिडियो)




भ्रष्टाचारको विरोध गर्दै विवेकशील साझा पार्टीका कार्याकर्ताले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

‘अख्तियार: सानो माछामात्र होइन, ठूलो पनि समाउ’ भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका हुन्। प्रतिकात्मक माछामा ‘वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड’ आदि लेखिएको थियो।

पक्राउ पर्नेमाहरू मानबी पाैडेल, समीक्षा बास्कोटा, अनुपा श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठसहित छन्। ‘अख्तियार अगाडि प्रदर्शन गर्ने करिब ३० नेता कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ', पक्राउ पर्ने मध्येकी एक जना मानबी पाैडेलले नेपालखबरसँग भनिन्, ‘माछाको चित्र बनाएर हामीले ठूलो माछा पनि पक्राउ गर भन्दै प्रदर्शन गरेका थियाैं। ठूला माछा समाउन अख्तियारले सुनेन भनेर शंख बजाएर प्रदर्शन भएको थियो। त्यही बेला प्रहरीले धरपकड गर्यो।'

पक्राउहरूलाइ नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ।

शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विवेकशील साझाले भर्त्सना गरेको छ। पक्राउलाई तत्काल रिहा गर्न माग गरेको छ। पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र भएको प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फागुन १४ गते अख्तियार अगाडि पुन: शान्तपूर्ण प्रदर्शन गर्ने, प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि ‘सानो माछामात्र होइन, ठूलो पनि समाउ’सहित भ्रष्टाचार विरोधी प्रदर्शन गर्ने पार्टीले जनाएको छ।

फोटो/भिडियो: प्रविन कोइराला

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 12:03:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...