यस्ताे बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फाेटाे फिचर)




धुर्मुस सुन्तली फाउन्डेसनले अढाई वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिसक्ने बताएको छ।

बुधबार राजधानीमा आयोजित रंगशाला घोषणा सभामा फाउन्डेसनले रंगशालाको थ्रि–डी भिडियो तथा तस्बीर समेत सार्वजनिक गरेको छ।

कार्यक्रममा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच जग्गा सम्बन्धी सम्झौता भएको छ।

भरतपुर महानगरपालिकाले २० विगाह ६ कठ्ठा जग्गा फाउन्डेनसलाई हस्तान्तरण गरेको छ।

कृषि तथा वन विश्वविद्यालयले भोगचलान गरिरहेको उक्त जग्गा रंगशाला निर्माण गरिने भएसँगै महानगरमार्फत फाउन्डेसनलाई उपलब्ध गराउन सहमत भएको हो।

कस्तो हुनेछ रंगशाला?

बुधबार आयोजित कार्यक्रममा रंगशाला कस्तो बन्ने भन्ने भिडियो तथा तस्बीर देखाइएको छ। फाउन्डेनको योजना अनुसार बनेको उक्त भिडियो तथा तस्बीरमा दिइएको जानकारी अनुसार गौतम बुद्ध क्रिकेट रंगशालाले २० विगहा ६ कठ्ठा जग्गाको पूर्ण रुपमा उपयोग गर्नेछ।

रंगशालामा क्रिकेट सहित, फुटबल, बास्केटबल, स्विमिङ पुलको समेत मैदान हुनेछन्। विशेषगरी क्रिकेट मैदानमा २५ हजार दर्शक अट्ने क्षमता हुनेछ। विश्वस्तरीय मापदण्ड अनुसार क्रिकेट मैदान तयार हुनेछ। क्रिकेट मैदान प्रवेश गर्नका लागि चार द्वार हुनेछन्। जहाँ मिडिया सेन्टरको राम्रो व्यवस्था हुनेछ। क्रिकेट खेलाडीका लागि दुई विशेष सुविधा भएका मैदान हुनेछन्। आराम कक्ष समेत उस्तै स्तरीय हुनेछ।

रंगशाला भित्र क्रिकेट एकेडेमी समेत निर्माण हुनेछ। जहाँ ७७ जिल्लाकै प्रतिभावान खेलाडीको छनौट गरिनेछ।
क्रिकेट स्टेडियम नेपाली मौलिकता झल्काउने खालको हुनेछ। यसले पर्यटकलाई समेत आकर्षित गर्नेछ। नेपाली जनावारका धातुका मूर्तिहरु निर्माण हुनेछन्। पूर्णरुपमा स्तरीय र

अन्तर्राष्ट्रिय मापदण्डको यस क्रिकेट मैदान पर्यटकको हब बन्ने फाउन्डेसनको विश्वास छ। यस स्टेडियमले गौतम बुद्धको वास्तविकतालाई समेत विश्वमाझ पुर्याउन मदत गर्नेछ।

लागत
रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ। देश विदेशमा रहेका नेपाली, विभिन्न संघ संस्थाबाट सहयोग आइरहेको छ। धेरैभन्दा धेरै सहयोगको अपेक्षा गरिएको फाउन्डेसनले जनाएको छ।

प्रकाशित १६ माघ २०७५, बुधबार | 2019-01-30 15:55:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...