यसरी समापन भयो एसिया प्यासिफिक सम्मेलन (फोटो फिचर)




राजधानीमा जारी एसिया प्यासिफिक सम्मेलनको समापन भएको छ। आइतबार सामूहिक फोटो सेसनसँगै सम्मेलन समापन भएको हो।

युनिभर्सल पिस फेडरेसनको आयोजनामा शनिबारदेखि सुरु भएको उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए।

सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधिको सहभागिता रहेको बताइएको छ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति, उन्नति र विकासमा साझा धारणा रहेकाले आफू सो कार्यक्रममा उपस्थित भएको पनि स्पष्ट पारे। उनले युनिभर्सल पिस फाउन्डेशनले आयोजना गरेको सो कार्यक्रमबारे अनावश्यक टिप्पणी नगर्न पनि सबैलाई सचेत पनि गराए।

प्रधानमन्त्री ओलीले मुलुक स्थायित्वमा प्रवेश गरेको उल्लेख गर्दै कुनै पनि दाग नलागी जनताको पक्षमा समर्पित भएर काम गर्न सबै जनप्रतिनिधिहरुलाई आह्वान पनि गरेका थिए।

सम्मेलनमा फिलिपिन्सका उपराष्ट्रपति लोनी रोड्रेबो, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी सहभागी थिए।

यस्तै, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, कोलाम्बियाका पूर्व राष्ट्रपति, इन्डोनेसियाका संसद प्रमुख, टोंगा सरकारका प्रवक्ता, फिजीका सभामुख, पोलिनिसिया मुलुक सामोआका प्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको मुलुक टुभालुका सरकार प्रमुख, माइक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरुना वकासहित एसिया प्रशान्त देशका उच्च अधिकारी सम्मेलनमा सहभागी थिए।

सम्मेलनको समापन समारोहमा युपिएफले प्रधानमन्त्री केपी ओलीलाई ‘गुड लिडरसिप एन्ड गभर्नेन्स’ नामक एक लाख डलरको पुरस्कार प्रदान गरेको छ। संस्थाकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्।

सम्मेलनमा सरकारको पुर्ण साथ र सहयोग रहेपनि निर्विवाद रहन भने सकेन।

  • विवादस्पद चर्चकी प्रमुख हक जा हन मुन प्रधानमन्त्री अाेलीलार्इ एक लाख डलरकाे पुरस्कार प्रदान गर्ने समयमा
प्रकाशित १६ मंसिर २०७५, आइतबार | 2018-12-02 19:10:09
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...