कांग्रेसको चियापानमा कम्युनिस्ट नेताको ताँती (फोटोफिचर)




प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी चियापानमा कांग्रेस नेता, कार्याकर्ता तथा सुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा आमन्त्रि पाहुनालाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलालगायतले स्वागत गरेका थिए। 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, रामबहादुर थापा ‘बादल’ महासचिव विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेताहरु रवीन्द्र अधिकारी, पम्फा भुसाल लगायतका नेताहरु सहभागी रहेका छन्।

त्यस्तै कार्यक्रममा राजपाका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष लक्ष्मणलाल कर्ण, भारतीय राजदूत मञ्जिव सिंह पुरीलगायतको पनि उपस्थिति थियो।

शुक्रबार नै कांग्रेसले केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आए पनि यो वर्ष नेता चक्र बास्तोलाको निधनका कारण चियापान कार्यक्रम सरेको हो।

कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रकाशित १६ कार्तिक २०७५, शुक्रबार | 2018-11-02 17:39:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...