एनअारएनएद्वारा शंखमूलमा शानदार पार्क निर्माण (फाेटाे फिचर)


Infocus



गैरआवासीय नेपाली संघ (एनआरएनए) ले करिब अढार्इ कराेड रूपैयाँकाे लगातमा निर्माण गरेकाे शंखमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेकाे छ।

३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरुमा २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकाे थियाे। निर्माण सम्पन्न हुँदा २ करोड ४२ लाख ९९ हजार खर्च भएकाे  एनआरएनए उपाध्यक्ष एवं पार्क निर्माण कार्यकाे संयाेजन गरेका कुल अाचार्यले जानकारी दिए।

'पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २ सय ६८ रुपैयाँ सहयोगको प्रतिबद्धता अाएकाे छ', उनले नेपालखबरसँग भने, १ करोड १७ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ।'

पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५ लाख, डा. निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन्। यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन्। शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण भएका छन्।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरेका हुन्। अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाएको उल्लेख गरेका थिए। अहिले देशमा स्थिर सरकार रहेकोले बैदेशिक लगानीको उपउक्त वातावरण रहेकाले गैरआवासीय नेपालीले देश निमार्णमा लगानी गर्न पनि अाग्रह गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनको सँधै साथ रहने प्रतिबद्धता जनाएका थिए।

  • पार्ककाे प्रतीक शंख
  • पार्क हस्तान्तरण सम्झौता गर्दै एनअाएनए अध्यक्ष भवन भट्ट
  • पार्क निर्माणमा सहयाेग गर्नेहरूकाे सूचि
  • पार्क उद्घाटन गर्दै एनअाएनए नेताहरू
  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन
  • एनअारएनए संस्थापक अध्यक्ष डा.उपेन्द्र महताे
  • एनअारएनए संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने
  • एनअारएनए अध्यक्ष भवन भट्ट
  • एनअारएनए निवर्तमान अध्यक्ष शेष घले
प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 18:24:10
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...