राहत शिक्षकहरु भन्छन्ः अब अन्तिम लडाईं लड्छौं (फोटो फिचर)




देशभरका हजारौं राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

आइतबार माइतीघर मण्डलामा भेला भएका राहत शिक्षहकहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरुले आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

नेपाल राहत शिक्षक संघका बरिष्ठ सह अध्यक्ष नविनसिंह धामीले आफ्नो उर्जाशील उमेर शिक्षण पेशामा ब्यतित गरेको ४० लाख राहत शिक्षकको योगदानलाई सरकारले अवमूल्यन गरेको बताए।

उनले एकै प्रकृतिबाट २०७१ सालसम्म नियुक्त भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रक्रिया मिलाएर स्थायी गरिएको र कतिपयलाई गोल्डेन ह्याण्डसेक गरी बिदा गरिएको भन्दै राहत शिक्षकप्रति भने राज्यले अन्याय गरेको गुनासो गरे। 

मंगलबार शिक्षा मन्त्रालयले संघर्ष समितिलाई वार्ताका लागि बोलाएको पनि उनले जानकारी दिए।

‘वार्तामा सम्बन्धित मन्त्री वा कम्तिमा सचिव बस्न आग्रह गरेका छौं। राजनीतिक दलहरुका प्रमुख सचेतक र सम्बन्धित संसदीय समितिका सभापतिलाई पनि वार्तामा सामेल गराइदिन आग्रह गरेका छौं’ धामीले भने, ‘वार्ता सफल हुनेमा आशावादी छौं। अन्यथा हामी अब अन्तिम लडाईं लड्छौं।’

 

प्रकाशित २१ असोज २०७५, आइतबार | 2018-10-07 17:06:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...