बिमस्टेकको तयारीका लागि सुरक्षाकर्मीको रिहर्सल(फोटो/भिडियो)




बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्याउन आज पूर्वअभ्यास(रिहर्सल) गरिएको छ ।

यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उनीहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो। सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन्। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सरकारले तोकेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। 

भिडियो:

'व्यक्ति अनुसारको सम्मानका लागि छुट्टाछुट्ट्रै सुरक्षा व्यवस्था तयार गरेका छौँ,'–उनले भने। गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने पाहुनालाई अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार सुरक्षा योजना तयार गरेको जनाएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नेउपानेले बिम्स्टेक सम्मेलनको लागि आवश्यक सुरक्षा व्यवस्था पूरा भएको जानकारी दिए।

बिमस्टेक सम्मेलनका लागि सोमबार बिहान सुरक्षाकर्मीले गरेको रिहर्सलका दृश्यहरु:

प्रकाशित ११ भदौ २०७५, सोमबार | 2018-08-27 08:57:58
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...