बिमस्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा(फोटो फिचर)




सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनमा बिमस्टेक चौंथो शिखर सम्मेलनको तयारीको काम अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिए। उनले शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि जानकारी दिए।

१४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलनको उद्घाटन गर्ने तथा सोहीदिन सम्मेलनमा आउनु भएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

सम्मेलनमा आउने मध्ये श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्विनी भ्रमण गर्नेछन्। म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले लुम्विनीको भ्रमण गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

शिखर सम्मेलनमा बिमस्टेकलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित काठमाडौं घोषणा पत्र जारी गरिने तथा भदौं १४ र १५ गते आयोजना हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुबीच द्धिपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच सम्मेलनका लागि काठमाडौंका सडकहरुमा धमाधम कालोपत्रे गर्ने तथा सरसफाइ गर्ने कार्यक्रम भैरहेको छ।

प्रकाशित ८ भदौ २०७५, शुक्रबार | 2018-08-24 16:08:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...