बढ्दै पठन संस्कृति (फोटो फिचर)




२८ वर्षीय शशांक सुवेदी इस्लामिक धर्मका पुस्तकहरु छान्दै थिए। प्रायजसो पुस्तक मेलामा सहभागी भइराख्ने उनी भन्छन्, ‘म हिन्दू भएपनि इस्लामिक धर्म कस्तो छ त भनेर जान्नका लागि कुरान पुस्तक छनोट गरेँ। म फरक विषयका कृतिहरु पढ्न रुचाउँछु।’

राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक मेलाको चौँथो दिन भेटिएका सुवेदी मात्रै होइन धेरैले आफूलाई मन पर्ने पुस्तक छाने। सबैजसो प्रकाशकका पुस्तकहरु एक ठाउँमा पाइने हुँदा प्रदर्शनीमा आउने गरेको प्रदर्शनीमा भेटिएका हरु बताउँछन्।

त्यसैगरी डिकुरा प्रकाशनको स्टलमा एक हुल विद्यार्थीहरु पुस्तक छान्दै गरेको भेटिए। कक्षा ९ का विद्यार्थी निमा छिरिंग शेर्पा, भिजन कठायत, अर्जुन तामाङ आज विदाको सदुपयोग पारेर मेलामा पुस्तक किन्न आएको बताए। ‘आज शैक्षिक हड्तालका कारण विद्यालय बन्द छ, त्यसैले समयको सदुपयोग गर्न हामी मेला हेर्न आइहाल्यौँ’, निमाले भने।

भिजनले विशेषगरी एड्भेन्चरस् किताबहरु पढ्न मन लाग्ने बताए भने निमा अंग्रेजी साहित्यक किताबहरु रुचाउने गरेको बताए।

त्यसैगरी साझा प्रकाशनको स्टलमा भेटिएकी २२ वर्षीया सविना लामाको हतामा ‘खैरनीघाट’ उपन्यास र ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह थियो। सबैजसो प्रकाशकका पुस्तक एकै ठाउँमा पाइने हुँदा आफूले सकेसम्म यस्ता मेला नछुटाउने गरेको उनको भनाइ थियो।

प्रदर्शनमा स्वदेशी तथा विदेशी दुवै गरी ६० वटा संघसंस्थाले आफ्ना स्टलहरु राखेका छन्। प्रदर्शनी विभिन्न उमेरसमूह, पेसा र व्यवसायका पाठक तथा आगन्तुकलाई लक्षित गरि आयोजना गरिएको छ जहाँ विभिन्न विधाका पुस्तकका साथै श्रव्यदृश्यका सामाग्रीहरु पनि राखिएका छन्।

त्यतिमात्र नभइ हरेक दिन विभिन्न विषयवस्तुमाथि छलफल, अन्तर्किया, पुस्तक संवादका कार्यक्रम प्रदर्शनीका थप आकर्षणहरु हुन्।

जेठ १८ देखि सुरु भएको पुस्तक प्रदर्शनी जेठ २६ सम्म चल्नेछ।

 

प्रकाशित २१ जेठ २०७५, सोमबार | 2018-06-04 14:53:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...