फोटो फिचर

मनास्लु पदमार्गमा पर्यटकको ताँती


Infocus


मनास्लु हिमाल आरोहण गर्ने आरोही, चुमभ्याली तथा नुब्रीभ्याली अवलोकनका लागि आएका पदयात्री र लार्केपासका लागि आइपुगेका पर्यटकले मनास्लु पदमार्गको आरुघाट बजारदेखि सामागाउँसम्म ताँती छ।

०७२ बैशाखको गोरखा भूकम्पपछि मनास्लुमा पर्यटक घटेका थिए। यसबर्षदेखि मनास्लुमा पुनः पर्यटकको संख्या बढेको एमक्यापले जनाएको छ। मनास्लु पदमार्ग भई बर्षभरमा सात हजार जना हाराहारीमा बिदेशी पर्यटक पुग्छन्। नेपाल भ्रमण बर्ष सन् १९९८ देखि मनास्लु क्षेत्रमा पर्यटक आवागमनमा आएको बताइन्छ।

मनास्लु पदमार्गमा पर्यटक बढेपछि लाखौं लगानीमा ठूला होटल खुलेका छन्। बिगत एक सातादेखि पदमार्गका होटल भरिभराउ छन्। पर्यटक बढेपछि भरियाले रोजगारी पाउनेदेखि होटल ब्यबसायीले आम्दानी गर्ने बाटो खुलेको छ। भूकम्पले जोखिम बनाएका पदमार्गका अधिकांश ठाउँ आवागमनमा सहज हुने गरी मर्मत गरिएका छन्।

आरुघाट, सोतिबजार, लापुबेशी, माछाखोला, तातोपानी, जगत, छेकम्पार, ल्हो, सामागाउँमा ठूला लगानीमा होटल खुलेका हुन्। बिदेशी पर्यटकले शुल्क तिरेर मनास्लु पदमार्ग आउनुपर्ने हुन्छ भने एक्लै आउन पाउँदैनन्, साथमा पथपर्दशक अनिवार्य हुन्छ।

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 10:28:25
Max TV
Max TV
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • योगेश भट्टराई

    आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’

    ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’तर पटक पटकको...

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • नरेन्द्र मोदी

    मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता

    प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।