चीन किन एशियाली देशको चुनाबी मुद्दा बन्दैछ?




चिनियाँ राष्ट्रपति सी र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेना
चिनियाँ राष्ट्रपति सी र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेना

पदभार ग्रहण गर्ने वित्तिकै सिरिसेनाले के बुझे भने चीनको बढ्दो आर्थिक उपस्थितिले उत्पन्न गरेको चुनौती सामना गर्न सहज छैन। अन्तत: उनले हम्बनटोटा ९९ वर्ष चीनलाई भाडामा दिए।

यतिबेला भारत विभिन्न चरणका चुनाबको अन्तिम अवस्थामा छ। भारत मात्रै होइन एशियाकै ठूलो हिस्सामा चुनावी मन्थन जारी रहेको छ।

इन्डोनेसियादेखि फिलिपन्ससम्म, अफगानिस्तानदेखि थाइल्यान्डसम्म, अस्ट्रेलियादेखि श्रीलंकासम्म यो वर्ष मतदान हुनेछ। यहाँसम्मकी उत्तर कोरियामा पनि मार्च १४ मा सुप्रिम पिपुल्स एसेम्बली (एसपीए) प्रतिनिधिको चुनाबको नाटक भयो जसमा पहिलो पटक कुनै पनि उत्तर कोरियाली नेताले उम्मेदवारको रुपमा भाग लिएनन्।

यी चुनावी परिणामको आधारमा केही देशमा परिवर्तन देखिन्छ। अन्य केही देशहरू घरेलु राजनीतिक ढाँचामा निरन्तर रुपमा अघि बढिरहेछन्। एशियाली देशहरूले परिवर्तित विश्व शक्ति सन्तुलनको सन्दर्भमा कसरी आफ्नो चुनावी चर्चालाई आकार दिइरहेका छन्? धेरै देशको राजनीतिक परिदृश्यलाई नयाँ ढाँचा दिन चीन अब एउटा महत्वपूर्ण विषय बनेको छ। यो परिवर्तनको कारक बनेको छ। यो विश्व राजनीतिमा चीनको बढ्दो महत्वको उदाहरण मात्रै होइन। विश्वस्तरीय, क्षेत्रीय मात्र नभइ केही देशभित्रै पनि चीनको भूमिकाले एक प्रकारको छटपटीको शुरुवात गर्न थालेको छ। चुनाबहरूमा चीन मुद्दा बन्न सुरू भएको छ।

इन्डोनेसियाको चुनावमा 'आर्थिक राष्ट्रवाद'को चुनावी राजनीति केन्द्र बन्दै गरेको देखिन्छ। राष्ट्रपति जोको विडोडो (जोकोवी) दोस्रो कार्यकालका लिग चुनावी मैदानमा छन्। उनी इन्डोनेसियामा चीनको लगानीमा रुचि राख्छन्। जकार्तादेखि वाङडुङ शहरबीच अर्बाैं अमेरिकी डलरको हाइब्रिड रेल र पावर प्लान्टजस्तो ठूलो परियोजना उनका मुद्दा छन्।

अर्कोतर्फ उनका प्रतिद्वन्दी जनरल परबोवो सुबिअन्तो चीनको आर्थिक करोबार कारणले अत्यधिक विदेशी हित, ऋण र प्रमुख परियोजनाहरुमा स्थानीयलाई समावेश नगरिएको भन्दै चर्को आलोचना गर्छन्। मलेसियाको महाथिर मोहम्मतलाई स्मरण गराउने परबोवोले इन्डोनेसियाको चीनसँग निर्भरता कम गराउने प्रतिवद्धता गरेका छन्। जब कि जोकोवीले चीनको वेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)लाई उत्साहपूर्वक अपनाइसकेका छन्। परबोवो अहिलेको परियोजनाहरुमा समीक्षा गरेर इन्डोनेसियाले केही 'राम्रा सम्झौता' गर्नुपर्ने धारणा राख्छन्।

हुन त चुनाव सम्पन्न भएपछि पनि चीनसँगको सम्बन्ध पूर्ववत जारी रहनेछ। स्पष्ट के हो भने इन्डोनेसियामा चीनको बढ्दो भूमिकालाई लिएर बहस शुरु भएको छ। र नयाँ राष्ट्रपति सत्तामा आएपछि पनि यसमा कुनै कमी भने आउने छैन।

अस्ट्रेलियाले पनि पछिल्लो केही समयदेखि यस्तो परिस्थितिको सामना गरिरहेको छ। पछिल्लो केही वर्षदेखि देशभित्रै चीनको विषय प्रमुखकता साथ आएको छ। पछिल्ला दशकमा अस्ट्रेलियाले सबैभन्दा बढी व्यापार चीनसँग गरिरहेको छ। अष्ट्रेलियाको विदेशी नीति सञ्चालन मुख्य सामरिक गठबन्धन सहयोगी अमेरिकाबाट निर्देशित रहन्छ। चीन क्षेत्रीय शक्ति बन्न र आफूलाई धेरै शक्तिशाली रुपमा प्रस्तुत गर्नुभन्दा अघिसम्म सबै ठिकठाक नै चल्दै थियो। यस्ता विषय उठ्ने गरेका थिएनन्। जब अस्ट्रेलियाको आन्तरिक राजनीतिमा चीनको भूमिकाको विषय प्रमुखताका साथ उठ्न थाल्यो त्यसपछि अस्ट्रेलिया चीनसँगको सम्बन्ध नयाँ शीराबाट मूल्यांकन गर्न बाध्य भयो।

अस्ट्रेलियाका एक प्रभावशाली सिनेटर म्याम दस्तियारीले चीनका लागि लबिङ गर्ने र चीनमा जन्मेका राजनीतिक दाताहरुबीच पैसा लिएको आरोप सन् २०१७ मा लागेपछि राजिनामा दिनु पर्‍यो। यसको परिणामस्वरुप अस्ट्रेलियाले विदेशी हस्तक्षेपसम्बन्धी कानुन नै बनाउनु पर्‍यो सो अनुसार अन्य देशका लागि लबिङ गर्नेले आफूलाई पञ्जिकृत गर्ने र आफ्नो गतिविधिबारे जानकारी दिने बाध्यकारी व्यवस्था गरियो। यसपछि अस्ट्रेलियाले फिप्थ जेनेरेसन टेलिकम्युनिकेसन नेटवर्क निर्माणका लागि चिनियाँ प्रमुख टेक्नोलोजी कम्पनी हुवावेलाइ प्रतिस्पर्धामा भाग लिन प्रतिबन्धै लगायो।

यो अभूतपूर्व सामारिक परिवर्तनको समय हो। जसरी विशाल हिन्द प्रशान्त क्षेत्रमा आफ्नो नयाँ धार निर्माण गरिरहेको छ। जो सत्तामा आए पनि त्यसले विदेश नीतिमा यस्तो महत्वपूर्ण चुनौती सामना गर्नुपर्छ । यो अस्ट्रेलियाको कैयौं पीढीले गर्नु परेको थिएन। 

भारतसहित दक्षिण एशियाली छिमेकी देशहरु अफगानिस्तान र श्रीलंकामा यसै वर्ष चुनाव हुँदैछ। अफगानिस्तानमा चीनले पाकिस्तानको माध्यमबाट तालिबानसँग अहिले जारी वार्तामा मात्रै होइन सुदृढ आफगनिस्तानका लागि समेत आफ्नो दीर्घकालीन संभावनालाई आकार दिने प्रयास गरिरहेको छ। चीन अफगानिस्ताको ठूलो लगानीकर्ता हो। उसले आफ्ना कम्पनीहरुलाई निर्माण परियोजनाहरुमा सहभागी गराएर त्यहाँका आर्थिक क्षेत्रमा उपस्थितलाई बढाउँदै लगेको छ। अफगानिस्तानका खानी सम्पदामा चीनको चासो विशेष देखिन्छ। तापनि अमेरिका अफगानिस्तानबाट एकाएक फिर्ता होस् भन्ने पक्षाम उ छैन। अफगानिस्तानमा हुने अस्थिरताले आफ्नो महत्वकाक्षी परियोजना चीन पाकिस्तान इकोनोमिक कोरिडोर(सिपेक)मा समेत अवरोध आउने चीनको बुझाइ छ।

श्रीलंकामा चीनको उपस्थिति खुला रुपमै छ। पछिल्लो राष्ट्रपति पदको चुनावमा मैत्रीपाला सिरिसेनाले मात्रै चीनको बढ्दो उपस्थितिलाई चुनौती दिएका थिए। जब कि महिन्दा राजपाक्क्षे चीनसँग निकट सम्बन्धको बचाउँ गर्दै आएका छन्। पदभार ग्रहण गर्ने वित्तिकै सिरिसेनाले के बुझे भने चीनको बढ्दो आर्थिक उपस्थितिले उत्पन्न गरेको चुनौती सामना गर्न सहज छैन। अन्तत: उनले हम्बनटोटा ९९ वर्ष चीनलाई भाडामा दिए।

भारतीय चुनावमा चीनको धेरै कम भूमिका छ। भारतमा चुनाव भाषणको केन्द्रबिन्दु पाकिस्तान छ। तापनि अब यो दुवै प्रमुख राजनीतिक दलहरुका नीति निर्माताले पहिचान गरेका छन् कि भारतका लागि पाकिस्तान चुनैती होइन, चीन हो। विश्व मञ्चमा पाकिस्तानलाई बचाउन र विश्वको सर्वोच्च संस्थामा भारतीय स्थानको संभावनालाई टार्नमा चीनको भूमिका महत्वपूर्ण छ भन्ने उनीहरूले बुझेका छन्। भारतको पाकिस्तानसँगको समस्या अब भारत-चीन समस्याको उपवर्ग मात्रै हो।

सत्ताको विश्वव्यापी सन्तुलन नयाँ आकार दिन चीनको भूमिका महत्वपूर्ण रुपमा बढ्दै गएको छ। देशहरुले चीनको उदयको बढ्दो प्रभावको कारण आन्तरिक राजनीति अछुतो रहन सकेन भनेर बुझ्न थालेका छन्। पहिलै देशहरुले यो कुरा बुझेको भए आफ्नो संरचनालाई त्यही वास्तविकता अनुरुप ढाल्न समय पाउने थिए। यसरी हेर्ने हो भने देशहरूको आन्तरिक स्थिति अब नयाँ विश्व व्यवस्थाकै एउटा हिस्सा बन्दै गएको छ। (अब्जर्भर रिसर्च फाउन्डेसनको प्रकाशनबाट अनुवाद)

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 14:21:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

हर्ष पी पन्त दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका निर्देशक हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...