यसकारण व्यापारयुद्ध ट्रम्प र सिकाे ‘व्यक्तिगत प्रतिष्ठा’ बन्दै छ




ट्रम्प र सि
ट्रम्प र सि
तस्बिर: बिजनेस इन्साइडर

हालको भूराजनीतिक अवस्थाले यो साबित गरिसकेको छ कि बेइजिङ अमेरिकासँग डराउँदैन। ट्रम्पले हप्ताभर चीनको अर्थतन्त्रलाई खराब रुपमा असर गर्ने चेतावनी दिँदै बसे। तर चीनले अमेरिकाको व्यापार सम्झौतालाई बेवास्ता गर्यो। सि चिनफिङले आफ्ना प्रतिनिधिलाई नडराई आफ्ना शर्त राख्न भनेका थिए।

न डोनाल्ड ट्रम्प, न त सि चिनफिङ आँखा झिम्क्याउने पक्षमा छन्।

दुई प्रतिद्वन्द्वी राष्ट्रपतिबीचको व्यक्तिगत कलहले यो सुनिश्चित गर्नसक्छ कि प्रशान्त क्षेत्र वरिपरि बढ्दो व्यापारिक युद्ध अपेक्षा गरेभन्दा कति बढी लामो हुनसक्छ। 

हाल देखिएका परिदृश्यहरु चीन र अमेरिकाबीच को विश्वको आर्थिक शक्तिराष्ट्र बन्ने टकरावमा मात्र सीमित रहेन।  यो विश्वकै शक्तिशाली व्यक्तिहरुको टकराव भन्ने प्रष्ट भइसकेको छ। यी दुवैका आफ्नै राजनीतिक चासोहरु छन्। जसले झनै संघर्षलाई गहिरो रुप दिनेछ। रोकिने सम्भावना छैन।

दुवै आफूलाई शक्तिशाली ठान्छन्। दुवैले आफ्नो शक्ति घरेलु प्रशासन प्रणालीमा लागू गरेका छन्। दुवैलाई विश्वमा तरंग प्रदान गर्न सक्दछन्। त्यो अधिकार उनीहरुलाई प्रदान गरिएको छ।  जसरी अमेरिकाले गत शुक्रबार चीनमाथि कर बढायो, प्रत्युत्तरमा सोमबार चीनले अमेरिकी सामग्रीमा कर बढाएको छ।

विश्वकै दुई शक्तिशाली देशबीचको प्रतिस्पर्धा पहिलेभन्दा निकै तिखारिँदै गएको छ। दुवैले यस क्षणलाई आफ्नो देशको विशेष र गम्भीर समयको रुपमा हेरेका छन्। यस्तो उत्कर्ष दुवैबीच इतिहासमा कहिल्यै देखिएको थिएन।

गत हप्ता चीन र अमेरिका व्यापार सहमतिनजिक पुगिसकेको ट्रम्पले बताएका थिए। अन्तिम समयमा चीनले सहमतिमा फेरबदल गरेको आरोप लगाउँदै शुक्रबार अमेरिकाले चीनबाट अमेरिका जाने २ सय अर्ब डलरको सामग्रीमा कर बढाएको छ। अमेरिकाले १० प्रतिशतको कर बढाएर २५ प्रतिशत करमा पुर्याएको छ।

यसले दुई विशाल अर्थतन्त्र भएका देशको भविष्यको वार्तालाई प्रत्यक्ष असर पार्नेछ।

चीनले बौद्धिक चोरी गरेर नयाँ सामग्री बनाएको अमेरिकी आरोप छ। अमेरिकाले चीनले स्वदेशी कम्पनीलाई आर्थिक सहायता प्रदान गरेको बताएको छ।  अमेरिकाका अनुसार चीनले आफूलाई परिवर्तन गर्नुपर्छ। उसको विश्वव्यापी व्यापार प्रणालीलाई सुधार गर्नुपर्छ। त्यस कार्यले अमेरिकी सामग्रीको चोरी भइरहेको छ।

ट्रम्प सोच्छन् अमेरिकी अर्थतन्त्र बलियो भए उसलाई चीनविरुद्ध दोष थोपर्न सामथ्र्य मिल्छ। ट्रम्पले आइतबार ट्विट गर्दै भनेका छन्, ‘हामी सही छौँ, हामी चीनसँग मिल्न चाहन्छौं। यो बुझ्नुपर्छ, चीनले सम्झौता तोडेको हो र उनीहरु पुनः वार्ता गर्न चाहिरहेका छन्।’
सि चिनफिङले चीनको सार्वभौमिकताको उल्लंघनको रुपमा अमेरिकी मागलाई हेर्दै आएको छ।

चीन विश्वव्यापीकरणको प्रभाव राख्न उत्साहित पनि छ किनभने चीनले २ दशकको अवधिमा राम्रो आर्थिक उन्नति गरेको छ। जसले ऊ विश्व आर्थिक शक्तिराष्ट्रको सूचीमा छ। चिनियाँ नेता ट्रम्पभन्दा तल हुने पक्षमा कदापि छैनन्।

‘चीन अमेरिकालाई अवसर दिनुहुन्न भन्ने महसुस गर्दछ’, चीनका लागि पूर्वअमेरिकी राजदूत म्याक्स बुक्सले सीएनएनसँग भने, ‘चीनमा अस्तित्व बचाउनु ठूलो कुरा हो। राष्ट्रपति सि चिनफिङ पछि हट्ने देखिँदैनन्। मलाई लाग्छ अमेरिकाले यो कुरा बुझेको छ।’

ट्रम्पले सोमबार भनेका छन् कि उनले जापानमा आगामी जुनमा हुने जि२० सम्मेलनमा सिसँग वार्ता गर्नेछन्। यसले राम्रो वार्ताको अवसरलाई धोखा हुनेछ। लामो अन्तरको वार्ताले समस्यामा पुलको काम नगर्नसक्छ।

ट्रम्पको विचारधारा
व्यापार युद्ध लम्बिनुको कारण यो हुनसक्छ कि ट्रम्प सोच्छन् यस प्रतिस्पर्धामा उनले जित्दै छन्। हालका आर्थिक कारोबार हेरेर उनी मख्ख छन्। उनले सोमबार भनेका थिए, ‘हामी एकदम राम्रो स्थानमा छौं र मलाई लाग्छ अब राम्रोमात्र हुन्छ।’ ट्रम्प जहिल्यै सैद्धान्तिक रुपमा कोमल छन् जसले विवादको ढोका खुल्नसक्छ। तर उनी चीनको आर्थिक खतराबाट दशकौंदेखि चिन्तित छन्।

उनले लामा समयदेखि अमेरिकी सुरक्षाको वकलात गरिरहेका छन्। उनी जे मुद्दामा विश्वास गर्छन्, त्यही देखाउन खोजेका छन्। आखिर उनी अमेरिकी अर्थव्यवस्थामाजुवा खेल्न तयार देखिन्छन्। उनी सबैभन्दा उत्कृष्ट राजनीतिक सम्पत्ति सन् २०२० को चुनावी दौडमा उभिरहेका छन्। 

ट्रम्पको सोमबारको कट्टर अभिव्यक्तिहरुले डराएको अमेरिकी अर्थबजारलाई शान्त बनाउने प्रयत्न गरेको हुनुपर्छ। व्यापार युद्धले अमेरिकी अर्थबजारमा असर पुग्न अगाडि नै ट्रम्प राजनीतिक रुपमा बलियो भएर चीनको अगाडि उभिने विश्वास गरिरहेका छन्।
सन् २०१६ को चुनावी अभियानमा ट्रम्पले चीनले अमेरिकी कामदारलाई शोषण गरेको मुद्दा उठाएका थिए। सन् २०२० लाग्नुअगाडि नै ट्रम्प आफ्ना वाचा पूरा गर्न चाहन्छन्।

चीनसँगको टकरावलाई देखाउँदै ट्रम्प आफ्ना कडा प्रतिस्पर्धीका रुपमा हेरिएका पूर्वउपराष्ट्रपति जोय विडेनभन्दा लोकप्रिय हुन चाहन्छन्। विडेनले सोमबार ट्रम्पले व्यापार युद्धलाई केन्द्रित गरेर चुनावमा लोकप्रियता हासिल गर्न खोजेको आरोप लगाएका थिए। उनले ट्रम्पले धेरै कडा बोलेको कुनै काम नगरेको बताएका थिए।

ट्रम्पले यसअघि विडेन चिनियाँ राष्ट्रपति सि अगाडि धेरै कमजोर हुने बताइसकेका छन्। आफूमात्र सिलाई टक्कर दिनसक्ने व्यक्ति भएको उनको तर्क रहेको छ।

ट्रम्पले ट्विटमा भनेका थिए, ‘चीन निन्द्रामा रहेका जोय विडेन या अन्य कोही राष्ट्रपति बनोस् भन्ने सपना देखिरहेको छ। उनीहरु अमेरिका कमजोर र बर्बाद भएको हेर्न चाहन्छन्।’

ट्रम्पको ठूलो जुवा
ट्रम्पको विदेश नीति शर्तले प्रायः उनी आफ्ना घरेलु प्रतिष्ठालाई माथि उठाउने लक्ष्यमा प्रेरित भएको देखाउँछ। ट्रम्पका लागि ठूलो राजनीतिक जोखिम यहाँनेर सुरु हुन्छ, जब लामो समयदेखिको व्यापारिक युद्धका कारण अमेरिकाको विकासमा क्षय उत्पन्न हुँदै जान्छ, अमेरिकी बजारको मूल्य अवमूल्यन हुँदै जान्छ।

यसले ट्रम्पको समृद्धिको नयाँ युगको भविष्यलाई कमजोर बनाउनेछ। मतदाताहरु आइफोन, खाद्य सामग्रीको कर तिर्दातिर्दै थकित हुनेछन्। किनभने ट्रम्पले जस्तो वाचा गरे पनि चीनले लगाएको कर अमेरिकाले तिर्नैपर्ने हुन्छ। चीनलाई मात्र होइन अमेरिकालाई पनि व्यापार युद्धले असर गर्नेछ।

अमेरिकन एपरल एन्ड फुटवेर एसोसिएसनका सीईओ रिक हेलफेनबेनका अनुसार उनको उद्योगमा व्यापार युद्धको असर अनुमान गरिएभन्दा बढी छ। चीनले कर बढाएसँगै अमेरिकाका कृषकहरु मारमा परेका छन्। चीनलाई दण्ड दिन्छु भन्दा अमेरिका आफैं दण्डित भएको छ। यदि चीनको अर्थतन्त्रमा सुस्तता छाए यसले अमेरिकाका अन्य बजार एसिया, युरोप तथा अमेरिकी जागिर र समृद्धिमा पनि असर पुग्नेछ।

ग्रान्ट थोर्टनका मुख्य अर्थशास्त्री डाएने सोन्कले भने, ‘यदि हामीले सबै भन्सार शुल्कहरु प्राप्त गर्दछौं भने यसले अवश्य अमेरिकी बजारमा समेत खतरा उत्पन्न गराउँछ।’

चिनफिङको विकल्प
हालको भूराजनीतिक अवस्थाले यो साबित गरिसकेको छ कि बेइजिङ अमेरिकासँग डराउँदैन। ट्रम्पले हप्ताभर चीनको अर्थतन्त्रलाई खराब रुपमा असर गर्ने चेतावनी दिँदै बसे। तर चीनले अमेरिकाको व्यापार सम्झौतालाई बेवास्ता गर्यो। सि चिनफिङले आफ्ना प्रतिनिधिलाई नडराई आफ्ना शर्त राख्न भनेका थिए।

शुक्रबार अमेरिकाले चिनियाँ सामग्रीमा कर बढायो। सोमबार नै चीनले अमेरिकी चेतावनीका बाबजुद अमेरिकाबाट चीन जाने ६० अर्बका सामग्रीमा ५ प्रतिशत कर बढाएर २५ प्रतिशत पुर्यायो। ट्रम्पजस्तै सि पनि राजनीतिक दबाबसँग डराउँदैनन्। उनीहरु प्रतिरक्षा गरिहाल्छन्।
सि चीनमा दशकौंदेखि प्रभावशाली नेता हुन्। उनी देशको आन्तरिक कम्युनिष्ट पार्टीको जटिल सिद्धान्तलाई बेवास्ता गर्दैनन्।

चिनियाँ नेताहरु जहिल्यै परिवर्तित सामाजिक अवस्थाको बारेमा सावधान हुन्छन्। जसले दिगो अर्थतन्त्रलाई ल्याउन मद्दत गर्दछ। यसरी सार्वजनिक असमानतालाई राजनीतिक गतिविधिमा अनुवाद गर्न मदत पुग्नेछ। चीन उपनिवेशकालीन अनुभवमा गम्भीर छ र क्षेत्रीय र विश्वव्यापी खेलाडी हुन पुगेकोमा गर्व गर्छ।

त्यसैले यहाँनेर चिनियाँ राष्ट्रपति सि कुनै पश्चिमा नेताको दबाबलाई जायज देख्दैनन्। उनी आफूलाई ट्रम्पविरुद्ध एक्ला योद्धाको रुपमा हेर्छन्। विवाद जारी रहँदा चिनियाँ गर्वको विषय पिपुल्स डेली पत्रिकाको सोमबारको लेखमा प्रष्ट देखिन्छ। पत्रिकाले अमेरिकाले चीनको सामथ्र्य, इच्छाशक्ति र क्षमतालाई गलत रुपमा बुझेको त्यसले एक गम्भीर परिस्थिति ल्याउने विश्लेषण गरेको थियो।

सि र ट्रम्प दुवैलाई थाहा छ कुनै एकले धेरै क्षति व्यहोर्नेछ। प्रश्न यहाँनेर खडा हुन्छ। के यी लामो समयदेखि कूटनीतिक सम्बन्ध भएका देशले एक परिणाम खोज्न सक्छन्, जसले सफलताको घोषणा गर्ने विकल्प दिन्छ ?

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 12:43:14
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...