अबिच्यूरी

दिवाकर गोल्छा, जसले उद्योग क्षेत्रमा क्रान्ति ल्याए




लामो समय नेपाल उद्योग वाणिज्य महासंघमा सक्रिय रहने क्रममा दिवाकरले अध्यक्ष बन्ने आकांक्षा राखेका थिए। तर विभिन्न कारणले उनलाई अध्यक्ष बन्न नदिइएको देख्दा दुःख लाग्छ।

नेपालमा विकास गर्नु पर्छ भनेर सबैले भन्छन्। अझ अहिले त आर्थिक समृद्धि गर्ने हो भनिन्छ। यसका लागि ठूलो रुपमा औद्योगिक क्षेत्रको विकास आवश्यक छ। व्यक्ति विकास गर्ने हो वा छिटो पैसा कमाउने हो भने व्यापार गर्दा राम्रो हुन्छ। आजको भोली नाफा कमाउन सकिन्छ।

उद्योग भनेको देशको जग हो। यसले देशमा रोजगारी सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय व्यापार सन्तुलमा मद्दत गर्छ। तर उद्योगले लगानीकर्तालाई छिट्टै नाफा दिँदैन। सायद त्यसैले होला नेपालका धेरै ‘विजनेश म्यान’ व्यापारमै संलग्न छन्।

उद्योग स्थापना गर्ने उद्योगी अहिले पनि औंलामा गन्न सकिन्छ। दिवाकर गोल्छा तिनै मध्येका एक थिए। उनी नेपालको व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष थिए। केहि साताअघि ६७ वर्षको उमेरमा भएको उनले निधनले नेपालको उद्योग क्षेत्रलाई ठूलो धक्का पुगेको मैले महशुस गरेको छु।

गोल्छा अर्गनाइजेशन व्यापारमा पनि संलग्न छ तर त्यस्तो ‘विजनेश’ अन्य सदस्यले हेर्छन्। दिवाकर चाहिँ नयाँ नयाँ उद्योग स्थापना र त्यसको विकासमा नै लागिरहे। रामलाल गोल्छाले जग बसाएको नेपालको व्यावसायिक घराना गोल्छा अर्गनाइजेशनको इतिहास नौ दशक लामो छ। रामलालले गोल्छा अर्गनाइजेशनको पहिलो कम्पनीका रुपमा सन् १९३१ मा हंसराज हनुमान मिल स्थापना गरेका थिए। उनै रामलालका नाती हुन् दिवाकर गोल्छा।

गोल्छा अर्गनाइजेशन अन्तर्गत अहिले सञ्चालनमा रहेका धेरै उद्योगहरुको स्थापना दिवाकर गोल्छाले नै गरेका हुन्। गोल्छा अर्गनाइजेशनमा धेरै सदस्य छन् र उनीहरुका आ–आपनै जिम्मेवारी छन्। तर गोल्छा अर्गनाइजेशनलाई खासगरी उद्योगतिर मोड्ने मुख्य लिडर उनै हुन्। दिवाकर गोल्छामा उद्योग स्थापना र बस्तु उत्पादनको चाहना धेरै देखिन्थ्यो।

स्टिल उद्योग, जुट मिल जस्ता नेपालमा ख्याति कमाएका उद्योगहरुको अवधारणा उनैबाट आएको हो।

कुनै पनि बस्तु पहिलो पटक उत्पादन गर्न खोज्दा धेरै जोखिम लिन तयार हुनु पर्छ। उपभोक्ताले त्यो बस्तु मन पराउँछन् कि पराउँदैनन् भन्ने डर हुन्छ। दिवाकरमा मैले त्यस्तो जोखिम बहन गर्ने क्षमता देखेको थिएँ। आफ्नो उत्पादनको ब्राण्डिङ कसरी गर्ने र मार्केट कसरी खोज्ने भन्ने कौशल पनि उनमा थियो।

गोल्छा अर्गनाइजेशनले आफ्ना उत्पादनको जसरी ब्राण्डिङ गरेको छ, त्यो नेपालमा उत्कृष्ट मानिन्छ। त्यसैले गोल्छा अर्गनाइजेशनले उत्पादन गरेका बस्तुको बजार अवस्था राम्रो छ। मलाई लाग्छ, त्यसको मुख्य श्रेय उनै दिवाकर गोल्छालाई जान्छ। दिवाकर व्यवस्थापन पढेका उद्योगी थिए र नेपालमा व्यवसायिक संरचना कस्तो बनाउने भन्ने आइडिया उनमा थियो। उनको नशा नशामा उद्योग थियो। गोल्छा अर्गनाइजेशको गाडीको स्टेरिङ उनले नै समातेका थिए।

हुन त अहिले गोल्छा अर्गनाइजेशनमा पनि भागबण्डा भएको छ। दिवाकरले स्थापना गरेका केही उद्योग अन्य सदस्यतिर परेका हुन सक्छन्। पछिल्लो समय सिमराको हुलास स्टिल र नेपाल बोर्डस, विराटनगरको अग्रणी अल्मुनियम, रौतहटको श्रीराम सुगर मिल, सुनसरीको इस्टर्न सुगर मिल दीवाकर गोल्छाले हेर्थे जस्तो मलाई लाग्छ। तर गोल्छा अर्गनाइजेशन भित्र उनले कुनै व्यापार कम्पनी लिए जस्तो लाग्दैन। यसले के प्रष्ट्याउँछ भने व्यापार भन्दा उद्योगमा उनको रुची बढी थियो।

भारतमा उपचार गराइरहेको अवस्थामा चैत २६ गते ६७ वर्षको उमेरमा दिवाकर गोल्छाको मृत्यु भयो। उनको मृत्यु छिट्टै भयो भन्ने सबैलाई परेको छ। नेपालको उद्योग क्षेत्रमा ठूलो योगदान गरेर उनी गए। तर देशका एक जना अग्रणी उद्योगीको मृत्युले उद्योग क्षेत्रलाई ठूलो घाटा पुगेको छ।

म आफु पनि उद्योग क्षेत्रमै बढी संलग्न छु। व्यापारमा मैले हात हालिनँ। उद्योग देशको आर्थिक विकासको मेरुदण्ड हो। दिवाकरको योगदानको कदर सबैले गर्नु पर्छ र सरकारले पनि यसमा ध्यान दिनु पर्छ।

कुनै उद्योगले उत्पादन गर्ने बस्तु निर्यात हुँदा देशलाई फाइदा हुन्छ। डलर आउँछ। त्यसैले व्यापार र उद्योगलाई एउटै टोकरीमा राख्नु हुँदैन। नेपालमा उद्योगी र व्यापारीलाई एउटै नजरले हेर्ने गरिन्छ। त्यसमा सुधार हुनुपर्छ। उद्योग क्षेत्र नेपालमा भर्खर उदाउन लागेको छ। सरकारले यसलाई मलजल गर्नु पर्छ। अहिले समग्र उद्योग क्षेत्रलाई केही सहयोग चाहिएको जस्तो देखिएको छ। अहिले नै यसबारे सोच्न सकिएन भने उद्योग क्षेत्र माथि आउन फेरि लामो समय लाग्छ।

सबै मानिस दिवाकर गोल्छा बन्न सक्तैनन्। सबै मानिस पवन गोल्यान जास्तो पनि हुँदैनन्। धेरै मानिस नाफा कमाएर पैसा जम्मा गर्ने चाहना राख्ने खालका हुन्छन्। सरकारको नीति जे जस्तो भए पनि दिवाकर गोल्छाले उद्योगको रटान कहिल्यै छाडेनन्। पछिल्लो सयम भेट्दा उनले रिटायर्ड जीवन बिताउन चाहेको जस्तो लाग्थ्यो। उनले आफ्नै चाहना अनुसार छोराहरु हितेश र हिमांशुलाई उद्योगको जिम्मेवारी दिएका छन्। हिमांशुले हुलास स्टिल हेर्न थालेका छन् भने हितेशले समग्र उद्योग नियालेका छन्।

दिवाकर गोल्छा नेपालको उद्योग क्षेत्रका प्रेरणा हुन्। उद्योग स्थापनादेखि त्यसका उत्पादनको बिक्रि बितरणसम्मको दख्खल आफै राख्ने व्यक्ति जो कोही हुँदैन। त्यसैले नयाँ पुस्ताले दिवाकरको कामबाट धेरै सिक्न सक्छ।

दिवाकर नेपाल उद्योग वाणिज्य महासंघमा पनि सक्रिय थिए। वरिष्ठ उपाध्यक्षसम्म बनेर महासंघमा रहँदा उनले उद्योगी व्यवसायीलाई धेरै कुरा सिकाए। कर्पोरेट कल्चर कस्तो हुनु पर्छ, लगानी कसरी गर्ने भन्ने सम्बन्धमा उनले आफ्नो अनुभव बाँडे। नीजि क्षेत्रका समस्या समाधान गर्न उनले सरकारसँग सहकार्य पनि गरे। लामो समय महासंघमा सक्रिय रहने क्रममा उनले अध्यक्ष बन्ने आकांक्षा राखेका थिए। तर विभिन्न कारणले उनलाई अध्यक्ष नबनाइएको देख्दा दुःख लाग्छ।

देशले दिवाकरबाट धेरै लाभ लिएको छ। आफ्नो लक्ष्य अनुसार उनले उद्योग स्थापना गर्दा राज्यले धेरै कर संकलन गर्न पायो। दशौं हजारले रोजगारी पाए। मलाई लाग्छ, दिवाकर गोल्छा नेपालमा जन्मेका थिएनन् भने ती दशौं हजारले रोजगारी नपाउने मात्र होइन, उद्योग क्षेत्रमा पनि देश कमजोर रहने थियो। त्यसैले नीजि क्षेत्र र राज्य दुबैले कदर गर्नु पर्ने व्यक्ति हुन् दिवाकर गोल्छा।

म पहिलेदेखि नै दिवाकरलाई हरेक कोणबाट नियाल्ने गर्थें। अब उनी सधैं मेरो सम्झनामा रहने छन्। 

(गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यानसँग नेपालखबरका दीपक भट्टले गरेको कुराकानीमा आधारित)

प्रकाशित १३ बैशाख २०७६, शुक्रबार | 2019-04-26 21:35:22
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...