सरकार-सीके राउत सहमति: यसकारण दुवैका लागि रणनीतिक




सम्झौतापछि प्रम ओली र सिके राउत
सम्झौतापछि प्रम ओली र सिके राउत

नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सिके राउतबीच आज जुन सहमति भयो, सहमतिका बुँदाहरु हेर्दा यो दुबैका लागि सफलता र रणनीतिक सहमति हो। सफतला कुन अर्थमा हो भने, सहमतिको पहिलो बुँदामा राउतले नेपालको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकतालाई स्वीकार गरेका छन्। शब्दहरु जे भएपनि त्यसको भाव भनेको उनी मूलधारको राजनीतिमा आए भन्ने नै हो, उनले पृथकतावादी राजनीति परित्याग गरेका छन् भन्ने हो।

यस हिसावले अब सिके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’ पनि नेकपा, कांग्रेस–फोरम–राजपा जस्तै मूलधारको राजनीति गर्ने समूह हो।

दुबैका लागि उपलब्धि
यो सहमतिलाई नेपाल सरकारले उपलब्धि मान्नु अत्यन्तै स्वभाविक हो। किनभने, ‘स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्नुपर्छ, त्यसका लागि लड्न पाउनु पर्छ’ भन्ने कुरा आज भएको सहमतिमा कहीँपनि छैन। यस हिसावले सहमतिमा सरकार अत्यन्त सफल भएको छ। उसले ‘पृथकतावादी नारा लिएको पक्षले संविधान मान्यो’ भन्न पाएको छ।

उपलब्धि सिके राउतलाई पनि भएको छ। किनभने, सहमति पत्रमा स्वतन्त्र मधेश ‘गठबन्धन’ भन्ने शब्दावलीहरु परेका छन्। यसैगरी स्वतन्त्र मधेश गठबन्धनद्वारा प्रकासित दस्तावेज, पम्प्लेट, पुस्तिका बन्देज नगरिने, संगठन गर्न बन्देज नगरिने कुराहरु परेका छन् (बुँदा ६)। लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोजिने भनिएको छ, घाइतेहरुलाई, उसका कार्यकर्ताहरुलाई लागेको मुद्दा फिर्ता लिइने छ, घाइतेहरुलाई उपचार खर्च दिइनेछ, बर्दियामा जेलमा मृत्युवरण गरेका राममनोहर यादवको परिवारलाई क्षतिपूर्ति दिने भनिएको छ। (बुँदा ८)

यी सबै गर्नु भनेको स्वतन्त्र मधेश गठबन्धन र उसको आन्दोलनलाई मान्यता दिनु हो।

फेरि सहमति पत्रको अन्त्यमा सरकारको विकास र सम्बृद्धिको मुद्दामा राउतले सहमति जनाएका छन्। ‘स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेको ज्ञान, सिप र सामथ्र्यलाई तराई–मधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्ने’ (बुँदा १०) भन्नुको अर्थ यही हो।

तर, सहमतिका बुँदालाई आ–आफ्नो तरिकाले व्याख्या गरेका छन्। सरकारले भन्छ, ‘सिके राउत सरकारको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को नारामा सिके राउत आए।’ राउतले भन्न सक्छन्, ‘देशलाई कहाँ अविकसित राखिराख्ने त? देशलाई विकास गर्ने कुरामा त हामी एकमत नै छौँ। हाम्रो मतभेद राजनीतिक मुद्दामा मात्र हो।’

बुँदागत रुपमा हेर्दा यसरी दुबैले जितेको जस्तो भान त्यहाँ हुन्छ। सरकारले पृथकतावादी समूहलाई मूलधारमा ल्याएको भन्ने, संघर्षरत पृथकतावादी समूहले आफ्नो आन्दोलनलाई मान्यता दिएको भन्न सक्छ। किनभने, सम्झौतामा गृहमन्त्री रामबहादुर थापा (बादल) ले हस्ताक्षर गरेका छन् र हस्ताक्षर कार्यक्रममा वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सहभागी छन्।

रणनीतिक महत्व
सरकार र राउत दुबैका लागि पनि यो उत्तिकै रणनीतिक खालको छ।

सरकारका लागि किन रणनीतिक महत्वको छ भने, जहाँपनि सरकारले खोज्ने भनेकै प्रसंशा हो। प्रदेशमा एकजना सहायकमन्त्री छन्। उनी रुख रोप्दै हिँडेका थिए। मैले ‘किन यस्तो गर्नुभएको’ भनेर सोधेको थिएँ। उनले प्रसंशाका लागि त्यो गरेका रहेछन्।

सरकारले जहिले पनि आफूले गरेको काम ऐतिहासिक भइदिए हुन्थ्यो भन्ने ठान्छ। सानो सानो कुरामा त सरकारले प्रसंशा चाहन्छ। झन् अहिले त उसले एउटा ठूलो पृथकतावादी समूहलाई सहमतिमा ल्याएको छ। सहमतिमा ल्याउनकै लागि सरकार सिके राउतलाई मान्यता दिन सरकार आतुर भयो। प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुनु भनेको लोकप्रियताका लागि हो।

जहाँसम्म सिके राउतजी किन यो सहमतिमा आउनु भयो भन्ने कुरा हो, पृथकतावादी आन्दोलनको सुरुवात उहाँले बिसं २०६९ देखि गर्नुभयो। २०७० को निर्वाचनमा उहाँहरुले केही गर्नुभएन। त्यो चुनावपछि राज्यले उहाँहरुलाई ‘रिकोग्नाइज’ त गर्न खोज्यो। तर राउतका गतिविधि जति जति बढ्दै गए, राज्य त्यति त्यति बलियो हुँदै गयो। र, दमनकारी नीति अपनाउन थाल्यो।

यस्तो हुँदाहुँदै २०७४ को निर्वाचन आयो। त्यो निर्वाचनमा राउतका कार्यकर्ताहरु मूलधारको राजनीतिमा लागे। किनभने, चुनाव स्रोतसँग जोडिएको विषय थियो। सम्भवत उहाँका कार्यकर्ताहरु निकै पातलिएका थिए होलान्। त्यस्तो स्थितिमा राज्यले पनि अलिक दमनकारी नीति अपनाएर उहाँलाई समातेको समात्यै गर्ने, जेलमा राखेको–राख्यै गर्न थालेपछि उहाँ समस्यामा पर्नुभयो। उहाँले गतिविधि गर्न नपाउने हुनुभयो।

राउतले अहिले जे गर्नुभएको छ, यति गरेपछि उहाँले गतिविधि गर्न पाउने हुनुभयो, जेलबाट बाहिर निस्कन पाउनु भयो। अर्थात् बाहिर निस्केर गतिविधि गर्ने रणनीति उहाँले लिनुभयो।

सिके राउतजीले पृथकतावादी राजनीति परित्याग गरिसक्नु भयो। यस्तोमा उहाँले गर्ने भनेको मूलधारको राजनीतिका लागि राजनीतिक दलको निर्माण नै हो। यो नै उहाँको तर्फबाट पालना हुनुपर्ने सहमतिको इमान्दार कार्यान्वयन हुनेछ।

सरकारको तर्फबाट पालना गर्नुपर्ने इमान्दारिता चाहिँ सम्झौतामा भएको कुरा पालना गर्नु हो, भनेका कुरा पुरा गर्नु हो। सम्झौता उल्लेख भए बमोजिम कार्यकर्ताहरु रिहा गर्नुप¥यो, मुद्दा फिर्ता लिनुप¥यो। राउतका लागि सहज वातावरण निर्माण गरिदिनु प¥यो, ताकि उनी फेरि पृथकतावादी राजनीतिमा नजाउन्।

दुबै तर्फबाट उपरोक्त इमान्दारिता प्रकट भयो भने यो सहमति सफल भएको मानिनेछ। र, देशका लागि ठूलो उपलब्धि पनि हुनेछ। किनभने, सिके राउतले गरेको आन्दोलन भनेको ज्वालासिँह वा कुनै मधेशी टाइगर ग्रुपले गरेको जस्तो आन्दोलन होइन। सिके राउतको आन्दोलनमा दम थियो।

तर यदि दुबै पक्ष वा एक पक्षबाट इमान्दारिता प्रकट भएन भने यो सहमति भंग पनि हुनसक्छ।

सहमतिको प्रभाव
मधेशी समाजको सबैभन्दा ठूलो आवस्यकता भनेको जागरण अनुसारको संगठन हो। यो सहमतिपछि अब एउटा पढेलेखेको नेताले मधेशमा संगठन गर्न पाउँछ। मधेश समाज भनेको भावनात्मक रुपमा जागृत समाज हो। हरेक बच्चा बच्चामा आफूमाथि विभेद भएको महसुस छ।

तर, भावनात्मक रुपमा उद्वेलित भएपनि राजनीतिक रुपले चाहिँ संगठित होइन मधेशी समाज। यसलाई राजनीतिक रुपले संगठित बनाउने प्रयास सद्भावना पार्टीले गरेको थियो। त्यसपछि फोरमले ग¥यो, फोरमको विरुद्धमा अनेक पार्टीहरुको उदय भयो। त्यसले समाजमा भिन्दै खालको वेभ’ सिर्जना ग¥यो, त्यसले संगठित हुन खोजेको समाजलाई फेरि असंठित गराइदियो।

मधेशको आजको आवस्यकता प्रशिक्षित कार्यकर्ता र संगठन सहितको समाज हो। यदि सिके राउतले साँच्चिकै मूलधारको राजनीति गर्न चाहनु भएको हो भने, त्यसले मधेशी राजनीतिलाई प्रशिक्षित र संगठित गर्नेछ, जुन समाजका लागि, मधेशका लागि र देशका लागि राम्रो कुरा हुनेछ।

चुनाव आगामी चार बर्षपछि मात्र हुनेछ। त्यसैले, सिके राउतका लागि अहिलेको समय पनि रणनीतिक खालको छ। किनभने, यदि इमान्दारिपूर्वक मूलधारको राजनीतिमा प्रवेश गर्नुभएको हो भने, चार बर्ष अगाडि नै उहाँ यो राजनीतिमा प्रवेश गर्नुभएको छ।

यदि उहाँले मधेशी समाजलाई संगठित गर्न खोज्नु भयो भने कसरी गर्नुहुन्छ, त्यो उहाँको दस्तावेजले बताउनछ।

त्यसैले, उहाँको प्रभावका बारेमा अहिले आँकलन गर्नु हतार हुनेछ। उहाँको बारेमा भोलि मिश्रित प्रतिक्रिया उत्पन्न हुनसक्छ। तर, यदि उहाँले साँच्चिकै मूलधारको राजनीति गर्न खोज्नु भएको छ भने, त्यो मधेश र देश दुबैका लागि राम्रो कुरा हो।

(राजनीतिक विश्लेषक साहसँगको कुराकानीमा आधारित) 

प्रकाशित २५ फागुन २०७५, शनिबार | 2019-03-09 08:32:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...