जब मोदी अरूणाचल गए, विदामा पनि खुल्यो बेइजिङमा परराष्ट्र मन्त्रालय




नरेन्द्र मोदी
नरेन्द्र मोदी
फाइल फोटो

मोदी चाहन्छन्, चीन अझै धेरै चिढियोस् र उनको चुनावी एजेण्डलाई बलियो बनाइदेओस्। पाकिस्तान पनि उस्तै चर्कियोस्। तर राष्ट्रपति इमरान खान अलि समझदार नेता भएकाले त्यो स्थिति निकाल्न गाह्रो पर्ला।

चन्द्रमास पात्रो अनुसार नव वर्ष (वसन्त चाड) मनाउनका लागि चिनियाँहरू उन्मादका साथ जन्मथलो फर्किरहेका थिए। यातायात पातलो हुन थालेको थियो र बेइजिङ सुनशानप्रायः हुँदै थियो। विदाको बेलामा पनि चिनियाँ परराष्ट्र मन्त्रालयले अचानक कार्यालय खोल्यो र पत्रकार सम्मेलन गर्यो। कारण थियो, भारतीय प्रधानमन्त्रीको तथाकथित विवादित क्षेत्रको प्रवेशलाई लिएर प्रतिवाद गर्नु।

चिनियाँ नयाँ वर्षको उल्लासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनले ‘दक्षिण तिब्बत’ भनेर दाबी गर्दै आएको अरूणाचल प्रदेशमा गए। विमानस्थल, टनेल, राजमार्ग इत्यादि शिलान्यास गरेपछि उनले भने, ‘पूर्व शासकहरूबाट उपेक्षित भएपनि अरूणाचल प्रदेशलाई अबको सरकारले बलियो बनाउनेछ। त्यसका लागि सरकारले राजमार्ग, रेलमार्ग तथा इनर्जी परियोजनाहरू संचालन गर्नेछ।’

मोदीको यो भ्रमण अन्जानवश थिएन। उनलाई अगाडि नै थाहा थियो चीनले कस्तो प्रतिक्रिया जनाउँछ भनेर।

पहिलो पटक सन् २०१५ को फेब्रुअरीमा मोदी त्यहाँ गएका थिए। त्यति नै खेर चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले ‘चीन–भारतबीचको पूर्वतर्फको सीमाक्षेत्रमा ठूलो विवाद रहेको’ बताएकी थिइन्। चीन सरकारले ‘अरूणाचल प्रदेश’ भन्ने चिन्दैन। गत नयाँ वर्षको पूर्वसन्ध्यामा पनि मोदी त्यहाँ गएका थिए जसको चीनले पुनः कडा प्रतिवाद गरेको थियो। मोदी विवादित भनिएको क्षेत्रमा जान छोड्दैनन् तर चीनले पनि कडा प्रतिवाद गर्न छोड्दैन। भारतले जानीबुझीकनै चिनियाँ नव वर्षको विदाको छनोट गर्ने गरेको छ र आफ्ना नेताहरूलाई बारम्बार त्यहाँ भ्रमणका लागि उक्साएर आफू निश्चिन्त भएको सन्देश पनि फैलाउन खोजिरहेको छ।

विशेष समय, विशेष क्षेत्र। सायद मोदीद्वारा प्रस्तुत यो एउटा चुनौती थियो, चीनका लागि प्रेषित एउटा कठोर संकेत पनि। चीनको परराष्ट्र मन्त्रालयले पनि कडा रूपमा यसको प्रतिवाद गर्यो। चिनियाँ नयाँ वर्षको रौनकलाई निस्तेज पार्न खोजिएको यो एउटा नमीठो पल थियो। केही विवादास्पद क्षेत्रमा ‘भारतको प्रवेश उत्तेजना फैलाउनका लागि हो’ भन्ने बेइजिङ ठान्छ।

चीनले चीन–भारत सीमा विवादहरू निरन्तर वार्ता र समझदारीबाट नै निरूपण गर्नुपर्नेमा दह्रो अडान राख्दै आएको छ। पछिल्लो पटक भैरहेको अभ्यास पनि यही हो। बेइजिङका धेरै दक्षिण एशिया मामिला विश्लेषकहरू ठान्छन्, ‘केही भारतीय विद्वानहरू चीनको संयमतालाई कमजोरीको रूपमा लिन्छन् र चीनको बटम लाइनलाई कसरी हुन्छ भत्काउने भन्ने मनस्थिति देखाइरहेका छन्।’

चीन र जापानबीच पनि त्याउ यु टापुको विषयलाई लिएर विवाद छ। पहिला पहिला जापानी प्रधानमन्त्री सिन्जो अबे यासुकुनी देवलमा नरसंहारकर्ताहरूको पूजाआजा गर्दै चीनलाई चिढ्याउँथे। विवादास्पद क्षेत्र दक्षिण कोरिया र जापान तथा रसिया र जापानबीच पनि छ। स्थितिलाई उत्तेजित हुन नदिनु नै सबैभन्दा उत्तम उपाय हो। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोक्दो भ्रमण गर्दैनन्। जापानीहरू यसलाई चुताओ भन्छन्। रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण कुरिल टापुको भ्रमण गर्दा कम्तीमा दुई पटक सोच्नुपर्छ। तर मोदी ‘दक्षिण तिब्बती’ विवादास्पद क्षेत्रमा पटक पटक छिर्ने गरेका छन्। जहाँ दुवै देशको दावी चल्दै आएको छ।

विवाद उत्पन्न भएको अवस्थामा छिमेकी मुलुकहरूको तुलनामा चीन निकै नरम र शिष्ट ढंगले प्रस्तुत भैरहेको देखिन्छ। विगतमा कतिपय छिमेकी सेनाले सीमा उल्लंघन गर्दा चीनले आत्मनियन्त्रण नगरेको भए ती ठूला युद्धका कारक बन्थे। चीन अझै पनि यो समग्र अवस्था विचार्दै नियन्त्रित भैरहेका बेला भारतले बढप्पनको रवैया देखाउने गरेको चिनियाँ विश्लेषकहरू भन्ने गर्छन्।

चीनको विदेश मन्त्रालयले प्रस्ट भन्यो, ‘द्विपक्षीय सम्बन्धको समग्र परिस्थिति विचार गर्नुपर्छ, चिनियाँ रूचि र चासोको सम्मान गर्नुपर्छ, आपसी सम्बन्धलाई जोगाइराख्नुपर्छ, सीमा मामिलामा देखापरेका विवाद र जटिलताबाट परै रहनुपर्छ।’

चीनको विरोधलाई काउन्टर दिन भारतको विदेश मन्त्रालयले पनि भन्यो, ‘अरूणाचल भारतको एउटा भाग हो। भारतीय नेताहरूले भारतका अन्य भाग जस्तै त्यहाँ पनि भ्रमण गर्ने गर्दछन्।’

नेपालमा जस्तै भारतमा पनि जब चुनाव नजिकिन्छ ‘अब तेजी से विकास’ भन्दै नेताहरू भाषण दिन्छन्। नवभारत टाइम्सका अनुसार मोदीले भने, ‘इण्डिया त्यतिखेर मात्रै आफ्नो पूर्ण शक्तिले विकसित हुन सक्नेछ, जतिखेर पूर्वी भारतको तीव्र विकास हुनेछ। संसाधन र संस्कृतिले अलग अलग क्षेत्र जोड्नेछन् र दिल पनि। विगत चार वर्षमा अरूणाचल र उत्तरपूर्वको विकासमा कोषको कमी हुन दिइएन, न त इच्छाशक्तिकै।’

अरूणाचल प्रदेश चीन–भारतको विवादित स्थल हो। सन् २०१७ मा तिब्बती आध्यात्मिक गुरू दलाई लामाले अरूणाचल भ्रमण गरेपछि चीन रूष्ट भएको थियो। इतिहासमा चीन–भारत सीमा विवादका कारण सन् १९६२ मा युद्ध पनि भयो। दुवै देशबीच ३ हजार ४४४ किलोमिटर लामो सीमा रेखा छ। सन् २०१७ मै दोक्लाम विवाद उल्झियो। जब की दुवै देशका नेताहरूको सुझबुझपूर्ण वार्तालाप, अझ वुहान वार्ताले तत्कालका लागि तनाव शिथिल भयो।

मोदी ‘ग्रासरूट’ बाट उदाएका भएका नेता हुन्। उनी सुकिलामुकिला मात्रै हैन, भुइँमान्छेका कुरा सुन्ने र चिन्ने धैर्य राख्छन्। कहाँ के बोल्यो भने जनमत आफूतिर तानिन्छ भन्ने बुझ्दछ्न्। त्यसैले दार्जिलिङ जाँदा आदिकवि भानुभक्तको तारिफ गरिदिँदा नेपाली मूलका मतदाता तान्न सकिने भयो। सीमा क्षेत्रका पीडित नागरिकका कुरा बोलिदियो भने भोट तान्न सकिन्छ भन्ने हेक्का राख्दछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि प्रभावशाली वाणीयुक्त व्यक्ति हुन्। उनले डोनाल्ड ट्रम्पजस्तो उत्तेजक नेतालाई ३ महिनाभित्रै वार्ताद्वारा निकास निकाल्ने भनेर जारी व्यापार युद्ध रोकिदिए। मोदीसँग दोक्लाम विवाद युद्धरहित टुंग्याइदिए। हाल चीनले अन्य छिमेकी जस्तै भारतसँग पनि राम्रो सम्बन्ध स्थापित गरिरहेको छ।

अहिलेसम्म विश्लेषण गरिएअनुसार चीन र पाकिस्तानसँग भारतको कुनै दलले राम्रो सम्बन्ध बनाउनु भनेको चुनावमा हार खानु हो। भोट खिच्नका लागि चीन र पाकिस्तान विरूद्ध विषवमन गरेरै भएपनि राष्ट्रवादी नेताको छवि देखाउनुपर्ने हुन्छ भारतमा। मोदी पनि चाहन्छन्, चीन अझ धेरै चिढियोस् र उनको चुनावी एजेण्डलाई अझै बलियो बनाइदेओस्। पाकिस्तान पनि उस्तै चर्कियोस् तर राष्ट्रपति इमरान खान अलि समझदार नेता भएकाले त्यो स्थिति निकाल्न गाह्रो पर्ला।

हाल काश्मिरमा भएको घटनाबाट मोदी भोटको फाइदा लिन चाहन्छन्। समय छ, मुद्दा अझै विकसित हुँदै जाला। नेपाल लगायत छिमेकी मुलुकलाई त मीठो आश्वासन बाँडिदिए मात्रै पनि पुग्छ भन्ने मोदीको सोचाइ हुनसक्छ। यतिखेर चीनलाई चिढ्याउन खोज्नुको निहितार्थ मोदीको चुनावी अभियान तीव्र पार्ने लक्ष्य नै हो भन्नेमा दुईमत नहोला।

प्रकाशित ९ फागुन २०७५, बिहिबार | 2019-02-21 13:54:08
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...