टाढाबाट

वासिंगटनले काठमाडौंबाट त्यस्तो अपेक्षा गरेको थिएन




ह्वाइटहाउसः वासिंगटनस्थित अमेरिकी राष्ट्रपतिको कार्यालय र निवास
ह्वाइटहाउसः वासिंगटनस्थित अमेरिकी राष्ट्रपतिको कार्यालय र निवास
वासिंगटन एक्जामिनर

‘छिमेकी भारत र चीन वा अन्यत्र हेरौं त कति खाँटी गफ गर्न जान्ने एक से मानिस छन्। तिनका अगाडि नेपाली सरकारी अधिकारीहरु फिक्का लाग्छन्। त्यसैले नेपालका द्विपक्षीय वार्ता र ‘नेगोसिएशन’ अन्ततः घाटाको व्यापारमा परिणत हुने गरेका छन्।’

अमेरिकामा मेरा एकजना मित्र छन्– विनोद रिजाल, जसको अंग्रेजी भाषामा यति जबर्जस्त पकड छ कि उनले प्रयोग गर्ने कतिपय अंग्रेजी शब्दहरुले मै हुँ भन्नेलाई पनि हायलकायल पार्छन्। दर्शनका पुस्तक भनेपछि हुरुक्कै हुन्छन् उनी। गफ गर्ने कला पनि छ। उनी सधैं, भाषा र ज्ञानमा पकड भएका गफ गर्ने मान्छेको सोधी र खोजी गरिरहन्छन्। केही दिन अघि उनले मलाई सोधे– नेपाली र अंग्रेजीमा गफ गर्न जान्ने कोही नेपाली तपाईंका नजरमा छन्?

मेरो दिमागमा फ्याट्ट दुईजना मान्छेको नाम आयो– प्रत्युष वन्त र अनील चित्रकार (माफ गर्नु होला, अरु पनि होलान मैले भेटेका वा नभेटेका)। र, उनलाई सुझाएँ– उनीहरुले बोलेका कुराहरु युट्युबमा खोजेर हेर्नु।

उनै प्रत्युष वन्तले पोखरामा केही दिन अघि दिएको ‘गफ’ हिमालखबरमा पढेपछि उनको नाम लिएर ठिकै गरेछु भन्ने भएको छ।

वन्तले यसै गफ गर्न जानेका होइनन्। र, आजको आजै जानेका पनि होइनन्। अरुका कुरा सुनेर, बुझेर र पढेर उनी यति खारिएका छन् कि ज्ञान, समय, सन्दर्भ र तरिका मिलाएर गफ गर्न हत्पति कसैले उनलाई भेट्दैन।

मलाई थाहा छैन, अहिले मार्टिन चौतारी कुन ठाउँमा छ। बीस पच्चीस वर्ष अगाडि थापाथलीको एउटा कोठामा उनका र उनले बोलाएका मान्छेका ‘गफ’ सुन्न गएको भने अहिले पनि सम्झनामा छ।

त्यहाँ ‘गफ’ दिन आउनेका ज्ञान, शैली, तरिका, विषयवस्तु र शब्द चयन बडो चाखलाग्दो हुन्थ्यो। एक ठेली पुस्तकमा व्याख्या गरेर नभ्याइने कतिपय विषयलाई उनीहरु एक दुई शब्दमा टुंग्याइदिन्थे। त्यही ताका बाँकी विश्वमा ‘टाइगर इकोनोमी’ जस्ता शब्दहरु चल्दै थिए। र, चौतारीमा आउनेहरु त्यस्तै रमाइला बिम्बात्मक शब्दहरुको खोजी र प्रयोग गर्न रुची मान्थे।

दर्शन, समाज मनोविज्ञान, इतिहास, अनुसन्धान, अलिअलि साहित्य, यदाकदा अर्थपूर्ण संगीत र यस्तै विषयका पुस्तकबारे गफ गर्न हुरुक्क हुनेहरुको माहौल थियो। प्रत्युष आफै पनि कहिले सिनास त कहिले किर्तिपुरका लाइब्रेरीहरुतिर भेटिन्थे, माहोल खोज्दै। त्रिभुवन विश्वविद्यालयतिर पनि त्यसताका ‘सक्कली प्रोफेसरहरु’ भेटिन्थे।

त्यस्तै माहौलहरुले न हो मान्छेलाई गफ गर्न तथा ज्ञान र शब्दहरुसँग खेल्न सिकाउने।

ज्ञान र शब्दबीच गजबको सम्बन्ध छ। विज्ञानका भौतिक वस्तुहरुको आविस्कार बाहेक बाँकी प्रायः सबै ज्ञान सधैं सही शब्दको आडमा हुर्कने बढने हुन्। ज्ञान बिनाका शब्दको जसरी अर्थ छैन, त्यस्तै शब्द बिना ज्ञान त मुस्किलले प्रकट हुन्छ।

ज्ञान र शब्द मिलाएर गफ गर्न जान्ने मान्छेहरुको खाँचो देखिरहेको छु म नेपालमा। अझ खासगरी कुटनीतिक क्षेत्रमा। छिमेकी भारत र चीन वा अन्यत्र हेरौं त कति खाँटी गफ गर्न जान्ने एक से मानिस छन्। तिनका अगाडि नेपाली सरकारी अधिकारीहरु बहुतै फिक्का लाग्छन्। यसैले नेपालका अधिकांश द्विपक्षीय वार्ता र ‘नेगोसिएशन’ समय क्रममा अन्ततः घाटाको व्यापारमा परिणत हुने गरेका छन्।

ज्ञान, शब्द, भाषामाथि पकड नभएकै र गफ गर्न नजानेकै कारण नेपाल, कतिपय द्विपक्षीय सन्धी सम्झौताहरुमा नराम्ररी चिप्लिएका उदाहरणहरु छन्।

यस अघिको ‘टाढाबाट’ स्तम्भमा मैलै लेखेको थिएँ– अरुमा बढी भरोसा गरेको परिणाम आज नेपालले भोगिरहेछ। ती भरोसाका आडहरुमा यस्ता यस्ता बाटाहरु बनाइए कि कहाँ को चिप्लिन्छ, टुंगो छैन। चिप्लिने क्रम जारी छ।

त्यसो भनेको ठिक दुई सातापछि प्रचण्ड चिप्लिए, भेनेजुएला मामिलामा। उनी आफु मात्र चिप्लिएनन्, नेपाल अमेरिका सम्बन्ध समेत चिप्लिने बाटो बनाइ दिए। नेपालका परराष्ट्र मन्त्रीलाई वासिंगटनमा स्वागत र सम्मान दिएर पठाएको केही सातापछि नै काठमाडौंको सत्तारुढ दलबाट वासिंगटनले यस्तो विज्ञप्तीको अपेक्षा स्वाभाविक रुपमा गरेको थिएन।

यहाँ पनि उही कुरा आउँछ ज्ञान, शब्द र तरिकाको अभाव। प्रचण्ड लगायत कतिपय नेता र सरकारी विश्लेषकहरु अझ पनि भेनेजुएला विज्ञप्तीलाई नेपालको अडानका रुपमा व्याख्या र विश्लेषण गरिरहेका छन्।

अडान र जिद्धी दुई बिल्कुल फरक कुरा हुन्। प्रचण्डको भेनेजुएला विज्ञप्ती र त्यसपछिको उनका भनाईहरु जिद्धीपूर्ण लाग्छन्।

कुटनीतिक क्षेत्रहरुमा व्यवहार गर्दा अडान लिनुसम्म ठिकै छ, जिद्धी गरियो भने त त्यो जग हँसाउने र आफैलाई हानी पुर्याउने काम मात्र हुन्छ। एउटा बच्चाले कहिलेकाहीँ नचाहिँदो कुराका लागि पनि ‘जिद्धी’ गर्छ तर, बाबुआमाले त्यो कुरा कुनैपनि हालतमा पूरा गर्दिँदैनन्। हो, बच्चाको चाहना र रुवाई ‘जिद्धी’ हो भने, गलत कुरा गर्न नदिने बाबुआमाको कदम ‘अडान’।

कुटनीतिक क्षेत्रहरुमा देखा पर्दा छुट्याउनु पर्ने एउटा मुख्य प्रश्न के हो भने हामी अडान लिइरहेका छौं कि जिद्धी गरिरहेका छौं?

अडानमा विचारको स्पष्टता र स्वार्थ हुन्छ। जिद्धीमा केबल लहड र उत्तेजना। समय, सन्दर्भ र ज्ञानका अभावमा जिद्धी गरिन्छ। कुन अडान र कुन जिद्धी हो भन्ने छुट्याउने क्षमता बढाउन पनि ज्ञान, शब्द र तरिका सहितका गफहरु जरुरी पर्छन्, जसको नेपालमा सख्त अभाव छ। खासमा लोकतन्त्र त गफै गफमा खारिने एउटा अभ्यास हो।

प्रत्युष वन्तले ६ माघमा पोखरामा दिएको व्याख्यान भन्दै ‘हाम्रा शहर र सार्वजनिक वृत्त’ शीर्षकमा हिमालखबरमा प्रकाशित एउटा सामाग्रीमा भनिएको छ, ‘लोकतन्त्रमा कोहीसँग पनि सबै प्रश्नको उत्तर हुँदैन। केही प्रश्नको उत्तर केही व्यक्तिसँग हुन्छ। अरु प्रश्नको उत्तर अरु व्यक्तिहरुसँग हुन्छ। एकै व्यक्तिसँग सबै प्रश्नको उत्तर नभएकै कारण धेरै प्रश्नको उत्तर खोज्न धेरै जनासँग गफ गर्नुपर्ने हुन्छ। मेरा लागि लोकतन्त्रको चरित्र वा मुख्य विशेषता भनेको गफ नै हो।’

नेपालमा त सबै प्रश्नका उत्तर केही नेताहरुले लिएर बसेका छन्। यसैले वन्तले भने जस्ता गफ नेताहरु गर्दैनन्, उनीहरु उत्तर खोज्नका लागि गफै गर्दैनन्।

यसैले त उनीहरुमा न ज्ञान, न शब्द र शैलीमा परिपक्वता छ। यसैले त मार खान्छन् नि बेलाबेलामा। ज्ञान र शब्दमाथि पकड नभएकै कारण नेपाल कुटनीतिक क्षेत्रहरुमा चिप्लिएका कति उदाहरण छन् कति। खासगरी द्विपक्षीय सन्धी सम्झौताहरुमा त नेपालले धेरै ठाउँमा मार खाएको छ। सही ढंगले गफ गर्न नजान्दा सरकार प्रमुखहरुका औपचारिक भ्रमणहरुमा समेत अर्को पक्षले घुमाइदिने गरेका उदाहरण धेरै छन्।

अमेरिकामा कहिलेकाहीँ वल्र्ड अफेयर्स काउन्सिलले चलाउने गफहरुमा सहभागी भएको मेरो अनुभवले भन्छ– गफ भए पो जान्ने, बुझ्ने, सच्चिने र सच्याउने ठाउँका ठाउँ अवसर मिल्छ।

गफको महत्वको यति बखान गरिसकेपछि अब अमेरिकाको टेक्सासस्थित डलासमा हामी आफैले बच्चाहरुका लागि चलाएको एउटा गफ गर्ने थलो, यसको अभ्यास र उद्देश्यको अलिअलि चर्चा गरौं। चारदेखि आठ कक्षासम्मका दश एघार जना बालबालिकालाई लिएर सुरु गरिएको गफ श्रृंखलाको नाम दिइएको छ, ‘कनेक्टर’, जहाँ नेपालको राजनीति, इतिहास, समाज, संस्कृति, भाषा, शिक्षा जस्ता विषयमा उनीहरूलाई आफै अनुसन्धान गर्न लगाइन्छ। दुई साताको एकपटक आइतबार बिहान उनीहरु जम्मा हुन्छन्। आफ्ना विषयगत अध्ययन अनुसन्धान र त्यसका निष्कर्षहरु सुनाउँछन्। एक अर्काका अनुसन्धान र निष्कर्षमाथि एक अर्काले नै प्रश्न गर्छन्। उनीहरुले उठाएका विषय, तर्क र प्रश्नहरु सुनेर कहिलेकाहीँ त हामी चकित नै हुन्छौं। 

‘कनेक्टर’ को उद्देश्य दुई वटा छन्– एक, भोली हाम्रा छोराछोरीहरु यस्ता होऊन कि नेपालको इतिहास, राजनीति, संस्कृति, परम्परा र समाजका बारेमा अंग्रेजी समाजलाई निर्धक्कले बताउन सकुन्। कसैले नेपाली समाज र सन्दर्भको अपव्याख्या गरे उनीहरुकै भाषामा प्रष्ट पारिदिऊन। बिगतमा बेलायती, भारतीय वा अमेरिकी समाजशास्त्री, मानवशास्त्री र इतिहासकारहरुले नेपालबारे जस्तो लेखे, तेस्तैमा मात्र भरपर्नु नपरोस्। नेपाली सन्दर्भ, समय र शब्द बुझेका नेपाली मूलका छोराछोरीहरुले बिगारिएका वा बिगार्न लागिएका इतिहास र सन्दर्भहरुलाई निर्धक्कसँग सच्याइदिन सकुन्।

दुई– ज्ञान, शब्द, भाषा र तरिकाका हिसाबले यति परिपक्व होऊन कि भोली नेपाल र अर्को कुनै देशबीच ‘नेगोसिएशन’ गर्नु परे उनीहरुको दक्षता काम लागोस्। कति उनै भेषबहादुर थापाहरुमा मात्रै भर परिरहने?

नेपाली सन्दर्भ बुझेका र अंग्रेजी धाक भएका निर्धक्कका ‘नेगोसिएटर’ पैदा हुन सक्छन् कि भनेर सुरु गरिएको हो, यो गफ श्रृंखला। कुनै दिन प्रत्युष वन्त अमेरिका आएछन् भने उनलाई यो गफ श्रृंखलामा निम्त्याउने रहर छ।

यो त भयो हामी आफैले अमेरिकामा चलाएको गफ श्रृंखलाको गफ। फेरि पनि कुरा दोहोर्याउँ– नेपालमा राम्रा र परिपक्व गफ गर्ने थलोहरुको खाँचो छ– खासगरी बाह्य दुनियाँसँगको सम्बन्धहरुका बारेमा। होइन भने, भित्र लड्ने र बाहिर चिप्लिने भैरहन्छ। अरु भेनेजुएला प्रकरणहरु आइरहन्छन्। 

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 08:38:53
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...