टाढाबाट

के नेपाल बन्ला? बाबुराम भट्टराईको जवाफ




बिम्स्टेक सम्मेलनको क्रममा काठमाडौंका सडकमा देखिएको होर्डिङ बोर्ड
बिम्स्टेक सम्मेलनको क्रममा काठमाडौंका सडकमा देखिएको होर्डिङ बोर्ड
प्रविन कोइराला

डा’साब तपाईं यतिवेला नेपालको प्रधानमन्त्री हुनुहुन्न। र, म पनि पत्रकार छैन। भन्नुस्, नेपालमा कुन तहसम्मको बाह्य हस्तक्षेप हुँदोरहेछ। अमेरिका आएका भट्टराईले जुन उदाहरण दिएर हस्तक्षेपको नमुना सुनाए, म अवाक भएँ।

केही समयको अन्तरपछि मलाई फेरि, किन किन नेपाललाई ‘टाढाबाट’ नियाल्न मन लागेको छ।

आँखा वरिपरी दृश्यहरु नाचिरहेका छन्– निर्मला पन्तको बलात्कार र हत्या, बिजुलीका पोलमा झुण्डिएका प्रधानमन्त्री केपी ओलीका तस्वीर, अन्तर्राष्ट्रिय कुटनीतिक खेलमा पछि पर्दै गएको नेपाल र कच्चा नेपाली खेलाडी, वाइड बडीका गडबडीहरु अनि एशिया प्यासिफिक सम्मेलन।

यो बीचमा सोचिरहेको थिएँ– भो भैगो, अब ‘टाढाबाट’ टाढाका कुरा नगरौं। सोचिरहेको थिएँ– अब टाढाबाट नजिकका कुरा लेखौं वा भनौं, ताकि थोरै भएपनि सिकोस् मेरो मातृ देशले।

केही साताअघि अमेरिकाको डलासमा एक साँझ एकताकाका चर्चित कवि मिनबहादुर विष्टसँग बिताएपछि भने फेरि उही र उतैका कुरा गर्न मन लाग्यो। टाढाबाट टाढैका कुरा।

त्यो साँझ, कवि विष्ट ‘चुनावपछिको गाउँ’ शीर्षकको कविता सुनाउँदै भनिरहेका थिए:

भर्खरै नेताहरुले भन्नु नभन्नु भनेर गएका छन्
भित्ता भित्तामा आफ्ना तस्वीर टाँसेर गएका छन्
पुराण सुनाएर गएका छन्
मादल ठटाउँदै दोहोरी खेलेर गएका छन्
रोधी बसेजस्तो रमाइलो गरेर गएका छन्
चटकेले जस्तो जादुगरी देखाएर गएका छन्

त्यो सबै, न सम्झन, न बिर्सन सकेको
एउटा सपना जस्तै भएको छ
झल्याँस्स भ्रमबाट बिउँझेर तंग्रिन खोजिरहेछ
चुनाव पछिको गाउँ
आफैसँग दिक्दार मान्दै
दुख्ने घाऊ हुनेगरी
आफ्नो जिउ आफै ठुँगिरहेजस्तो
रुन पनि नसकेको
हाँस्न पनि नसकेको
चिलाइरहेको आफ्नै जिउमा सन्चो हुनेगरी कन्याउने जाँगर पनि मरेजस्तो,
आफैले आफैलाई हराएर, कसैलाई जिताएजस्तो
तथापी सम्हालिन खोज्दै
घरी धिक्कार्दै आफैलाई
भविष्यको उज्यालो ढुकिरहेको
चुनाव पछिको गाउँ

हो, त्यो चुनावपछिको गाउँ र शहर, अहिले टाढाबाट मेरो सम्झनामा छ। भविष्यको उज्यालो ढुकिरहेको त्यो नेपाल र त्यहाँका गाउँ–ठाउँहरु सम्झनामा छन्।

के साँच्चै, त्यो उज्यालो आउँदै छ?

केही महिनाअघि नेपालका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि अमेरिकाको डलासमै आएका थिए। उनलाई ठ्याक्कै यस्तै प्रश्न गरेको थिएँ, जवाफका लागि तीनवटा विकल्प दिएर।

प्रश्न थियो– डा’साब के नेपाल बन्ला?

छनौटका लागि पहिलो ठाडो जवाफ थियो– बन्दैन। बन्ने भए बनिसक्नु पथ्र्यो।

दोस्रो अलि नरम जवाफ थियो– यस्तो तालले बन्दैन। यसको मतलव ताल सुधारे बन्छ।

र, तेस्रो जवाफ– बन्छ। नबन्नु पर्ने कुनै कारण छैन।

डा भट्टराईले तुरुन्तै तेस्रो जवाफ छाने र भने, ‘बन्छ, नबन्नु पर्ने कुनै कारण छैन।’

स्टिभ पिंकर, जो हाभर्डका प्रोफेसर हुन्, उनको पछिल्लो पुस्तक ‘इनलाइटनमेन्ट नाउ’ उद्धृत गर्दै भट्टराईले भने, ‘प्रगतीहरु स्वाभाविक छन्।’

यसपछि उनले कतिपय शर्तहरु भने तेस्र्याए। जवाफ दिँदै जाँदा उनी मेरो दोस्रो जवाफ– यस्तो तालले बन्दैन। ताल सुधारे बन्छ भन्नेमा झरिसकेका थिए।

दुःखका साथ भन्नुपर्छ– ताल आज पनि उही छ। उस्तै छ। उस्तै देखिन्छ टाढाबाट। कवि विष्टले भने जस्तो चुनावपछिको गाउँजस्तो भएको छ सिंगो देश।

सुधार्नु पर्ने तालहरु धेरै छन्। सोच, संस्कार र संयन्त्रका त्रुटीपूर्ण तालहरु। डम्फु पनि उनै छन्, ताल पनि उनै।

सधैं उही नाच, उही मनोरन्जन।

हिजोआज किन किन मलाई अधिकांश मान्छे नक्कली जस्ता लाग्छन्। नक्कली सामान जस्ता। हेर्दा चिटिक्क, गुण र रुपले भरिएका, बोली मिठा र स्वभाव पनि मिठा। तर समय क्रममा ती यसरी खुइलिँदै जान्छन् कि न गुण रहन्छ, न रुप। तिनका व्यवहार खुइलिन्छन्। तिनका गुण, चरित्र, स्वभाव, विचार र रुप सबै खुइलिन्छन्। छिट्टै खुइलिन्छन्।

लाग्छ– हामी अधिकांश खुइलिने दिन पर्खेर समय बिताइरहेका छौं।

फर्कौं, पिंकरको ‘इनलाइटेनमेन्ट नाउ’ तर्फ। ‘इनलाइटेनमेन्ट नाउ’ मा पिंकरले स्वाथ्यदेखि दुर्घटनासम्म, जीवनदेखि मृत्युसम्म र समाजदेखि विज्ञानसम्मका क्रमिक प्रगतीका तथ्यहरु प्रस्तुत गरेका छन्। उनले भनेका छन्– हिजो भन्दा आज समाजमा निकै प्रगतीहरु भएका छन्। भोली अरु थप प्रगतीहरु हुनेछन्।

जतिसुकै असफल सरकार र नेतृत्व भएपनि कतिपय परिवर्तन र प्रगतीहरु रोकिँदैनन् आजको दुनियाँमा। दुनियाँका प्रगतीका छिटाहरु नेपालमा पनि पर्ने नै छन्। परि पनि रहेका छन्। यी छिटाहरु नयाँ युगका उदय होइनन्।

तर तिनै छिटाहरुलाई नयाँ युगको उदय मानेर आफ्ना तस्वीरहरु पोलमा झुण्ड्याउने रहर मेरो हिसाबमा पहिचानको संकट हो।

मलाई कुनै इतिहासकारले भनेको सम्झना छ– उहिले उहिले राजा सुदुरपश्चिमतिर भ्रमणमा जाँदा अगाडी अगाडी हिंडेका सुरक्षा गार्डलाई नै राजा ठानेर जनताले माला लगाइदिए छन्। त्यसपछिका भ्रमणहरुमा, भ्रमण भन्दा पहिले राजाका तस्वीरहरु छ्याप्छ्याप्ती बाँडिएको थियो, जनता नभुक्किउन भनेर।

चिनाउन तस्वीरको सहारा लिनु सबैभन्दा कमजोर तरिका हो मेरो विचारमा। चिनाउने त काम र नामबाट हो। त्यसपछि त जनताले मनमै राख्छन् नि तस्वीर। पोलहरुमा टाँग्नै पर्दैन।

बाँधै ठोकेर नरोकेसम्म स्वभाविक प्रगतीका खोलाहरु त बग्दै गर्छन्।

हिंड्नु त यसै पनि छ, सके मार्ने त फट्को पो हो। उहिले उहिले प्रचण्ड भन्थे नि– छलाङ। हो मार्ने त, छलाङ पो हो। हिंड्न त कमिला पनि हिंडेकै छन्। बाटो त कमिलाले पनि बनाएकै छन्।

के यस्तै स्वाभाविक प्रगती मात्रै हो त अहिले नेपालले खोजेको? र, प्रधानमन्त्री ओलीले पोलमा टाँगेका तस्वीरहरु के स्वाभाविक प्रगतीको घमण्ड मात्रै हो?

स्वाभाविक प्रगतीहरु जो दुनियाँको हावासँगै बहेर आउँछन्, के तिनै हुन त नयाँ युगका संकेतहरु?

के हामी त्यही स्वाभाविक प्रगतीको च्याँखे थापेर बसिरहेका छौं? र, च्याँखे परेको दिन हामी भन्ने छौं– नयाँ युगको शुरुआत।

रेलको च्याँखे, पानी जहाजको च्याँखे, सहज पिउने पानी र राम्रा चिल्ला सडकहरुको च्याँखे। राम्रो स्वास्थ्य उपचारको च्याँखे।

ढडिया थाप्दैमा माछा पर्छ भन्ने छैन। नेपालमा अहिलेको सरकार ढडिया थापेर माछाको सपना देखाइरहेछ।

प्रवृत्ती नसुधारी प्रगती सम्भव छैन। नेपाल प्रगती नभएको देश होइन, प्रवृत्तीले सताएको देश हो। यस्ता प्रवृृत्ती जुन व्यवहारमा सामान्तवादी, सिद्धान्तमा समाजवादी। यस्तो प्रवृृत्ती, जुन कमजोरी सच्याउनमा होइन, कमजोरी लुकाउनमा उद्यत छ। यस्तो प्रवृृत्ती जुन धाकमा बढी र काममा कम, यस्तो प्रवृत्ती जुन आफ्नामा कम र अरुमा बढी भरोसा राख्छ।

अरुमा बढी भरोसा गरेकै परिणामहरू आज नेपाल भोग्दैछ। ती भरोसाका आडहरुमा यस्ता यस्ता बाटाहरु बनाइए कि कहाँ को चिप्लिन्छ टुंगो छैन। चिप्लिने क्रम जारी छ। कति त चिप्लिएको थाहै नपाइ चिप्लिरहेका छन्।

डलासमा भेटेको बेला मैले डा भट्टराईलाई ‘सुटुक्क’ अर्को एउटा प्रश्न गरेको थिएँ– डा’साब तपाईं यतिवेला नेपालको प्रधानमन्त्री हुनुहुन्न। र, म पनि पत्रकार छैन। भन्नुस्, नेपालमा कुन तहसम्मको बाह्य हस्तक्षेप हुँदोरहेछ।

भट्टराईले जुन उदाहरण दिएर हस्तक्षेपको नमुना सुनाए, म अवाक भएँ। नेपालको कुनै समयको प्रधानमन्त्रीको मुखबाट म त्यो कुरा सुनिरहेको थिएँ। आजकाल कहिलेकाहीँ जब युवराज संग्रौलाका विश्लेषणहरु सुन्छु र सम्झन्छु डा भट्टराईका ती भनाइहरु, लाग्छ–नेपालको संकटको दिन आउन त बाँकी नै छ। नेपाल कहीँ गएर फस्दैछ।

भगवानले कृपा गरुन, कुनै अनिष्ट नहोस्।

आज किन किन स्वाभाविक जस्ता लाग्ने नेपालका प्रगतीहरु माथि पनि शंका लाग्न थालेको छ। 

तैपनि, टाढाबाटै सही, उनै कवि विष्टले त्यो साँझ सुनाएजस्तो म पनि नयाँ युगमा प्रवेश गरेको देश अझै खोजीरहेको छु, अंग्रेजी नयाँ वर्ष २०१९ सँगै–

किताब लेख्नेहरुले
राष्ट्रिय गीत लेख्नेहरुले
टेलिभिजनमा समाचार पढनेहरुले
रेडियोमा धार्मिक पुराण वाचन गर्नेहरुले
अखबारमा हेडलाइन लेख्नेहरुले
बाजा बजाउनेहरुले
लोक भाकामा नाच्नेहरुले
ताली बजाउनेहरुले

सबैले, भनिरहेका छन्

माथीबाट
तलबाट
शिरबाट
पुच्छरबाट
कहिले लय मिलाएर
कहिले लय बिगारेर
जो जहाँ जहाँ छन्, तिनीहरुले त्यहाँ त्यहाँबाट भनिरहेका छन्–
नयाँ युगमा प्रवेश गरेको छ देश
र, म खोजीरहेको छु नयाँ युगमा प्रवेश गरेको देश

–मिनबहादुर विष्ट

प्रकाशित १८ पुस २०७५, बुधबार | 2019-01-02 07:17:40
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...