पानीपुरीको आप्रवासन सम्बन्ध




वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा
वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

आयातलाई कम गराउन आप्रवासीहरु नेपालमै बसिदिनु पर्ने र कृषिको उत्पादन बढाउनु पर्ने केही तर्क गर्दछन्। अधिकांश नेपाली अाप्रवासी कृषिबाटै केही हुन्छ कि भन्ने आशामा लामो समय व्यतित गरेर अाजति भएर पलायन हुन बाध्य भएका हुन्।

नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

तात्कालीन गोर्खाराज्यले आफ्नो राज्यलाइ विस्तार गर्दै जाँदा अहिलेको भारतमा रहेको कुमाउ गढवालदेखि सतलजसम्म पश्चिममा र पूर्वमा सिक्किमभन्दा अगाडिसम्म पुगेको देखिन्छ। यो प्रक्रिया आजभन्दा करिब दुई सय पचास वर्षभन्दा पहिला शुरु भएको थियो। त्यसबीचमा भारतमा रहेका तात्कालीन पन्जाबका राजा रन्जित सिंहसँग पनि युद्ध लड्नु परेको थियो। त्यो युद्धमा नेपालीले आफ्नो भूभाग गुमाउदै युद्ध हारेका थिए। तत्कालीन अवस्थामा उत्पादनमा कमी र धेरै युद्धहरुमा खर्च गर्नु पर्ने कारणले पनि नेपालको आर्थिक स्थिति अत्यन्त दयनिय हुन पुगेको थियो। बाँचेका आफ्ना सेनाहरुलाइ पनि नेपाल राज्यले उनीहरुले पाउनु पर्ने रकम र सुविधा उपलब्ध गराउन सकिरहेको थिएन। यसको फाइदा तात्कालीन पञ्जाबका राजा रंजित सिंहले लिए र उनले तात्कालीन नेपाली सेनामा कार्यरत युवालाई आफनो सेनामा भर्ती हुन आह्वान गरे।

सम्भवत यो नेपाली युवाको विदेशमा भएको पहिलो आप्रवासन थियो जुन आफू र आफ्नो परिवारको लागि गर्नु पर्ने बाध्यता रह्यो। यसरी नेपाली युवाले आफ्नो देश छोड्न थालेपछि तात्कालीन नेपाली राज्यले कठोर सजाय हुने निर्णय गर्यो। देशभित्र बढेको करको दर र गरीबीले नेपाली युवा तत्कालीन भारतमा गएर काम गर्न बाध्य भए। वीरशमशेरले ‘कु गरेपछि नेपाली युवाको लागि औपचारीक रुपमै ब्रिटिस इन्डियाको सेनामा भर्ना हुने प्रक्रिया शुरु भयो यद्यपि त्यस अघि देखि नै युवा भागेर गएर ब्रिटिस इन्डियामा भर्ना भएका थिए। यसरी नेपाली युवा ब्रिटिस इन्डिया सेनामा भर्ना हुन पठाए बापत नेपाली राज्यले केही रकम पाउने गर्दथ्यो। प्रथम विश्व युद्ध अघि नै ब्रिटिस गोर्खा रेजिमेन्टको निर्माण गरियो त्यो पहिलो रेजिमेन्टमा ४६५६ (चार हजार छ सय छपन्न) जना नेपाली युवाहरु भर्ना गरिएको थियो। यसरी शुरु भएको नेपाली आप्रवासन दार्जिलिङको चिया कमान र आसाममा काठको काम गर्ने गरी पनि लगिएका थिए। माथिल्लो दृष्टान्तहरुले के पुष्टि गर्दछ भने नेपालीहरुको आप्रवासनको इतिहास नै नेपाली आप्रवासीले पाउने भन्दा राज्यले नै उनीहरुसँग शोषण गर्ने नीति लिएको पाइन्छ।

यसरी शुरु भएको आप्रवासनको प्रकृति अहिले पनि धेरै भिन्न देखिँदैन। शुरुमा व्रिटिसहरुलाई खुसी राख्न र पछि भारत सरकारलाई पनि विश्वासमा लिन नेपाली आप्रवासीहरुले ठूलो मूल्य चुकाउनु परेको छ। नेपाली आप्रवासीहरु व्रिटिस सेनाको लागि काम गर्दा धेरै मुलुकहरुमा गएको पाइन्छ। दोस्रो विश्व युद्धमा थुप्रै नेपालीहरुले अर्को देशका लागि सहादत प्राप्त गरेका छन्। यी कारणहरुले गर्दा नेपाली युवाको पहिचान केवल बाँच्नका लागि अर्को मुलुकको स्वार्थको खातिर काम गर्दछन् भन्ने परिचय स्थापित भएको छ। यो स्वाभिमानी नेपालीका लागि लाजको विषय हो।

सन् १९९० सम्म धेरै नेपाली लागि राहदानी प्राप्त गर्न र भारत बाहेक अरु मुलुक आफू खुशी जान अत्यन्त मुस्किल थियो। अहिले ठूलो संख्यामा नेपालीहरु खाडी राष्ट्र र मलेसियामा कार्यरत छन्। खाडी राष्ट्रहरुको सन्दर्भमा नेपाल बाहेक अन्य दक्षिण एसियाली राष्ट्रहरुबाट सन् १९७० देखिनै गएको पाइन्छ। त्यहाँ जाने नेपालीहरुको आप्रवासन प्रक्रिया धेरैपछि मात्र शुरु भएको हो। अघि नै आधिपत्य जमाइ सकेका अरु मुलुकका कामदारहरुको अगाडि त्यहाँ नेपाली कामदारहरुको स्थिति र प्रभाव दुवै कमजोर हुनुको यो पनि एउटा कारण हो। अहिले करिब २० लाखभन्दा बढी नेपाली आप्रवासी मलेसिया र खाडी राष्ट्रहरुमा मात्र कार्यरत छन्। दैनिक ३ देखि ५ जनासम्म नेपाली कामदारको लाश नेपाल भित्रिने गर्दछ। नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिटान्सले धानेको छ। यो परिस्थितिमा रेमिटान्सको भूमिका नहुने हो भने अहिलेको नेपाली अर्थतन्त्रको अवस्था कस्तो हुन्थ्यो त्यो आँकलन गर्न कठिन छैन।

माथिका परिदृष्यहरुको यथार्थ हुँदाहँुदै आजकाल नेपालमा सुनिने गरेका केही दृष्टान्तहरु अचम्म लाग्दा छन्। नेपालीको रोजगारी नेपालमै छ बिदेश जान पर्दैन भन्ने मान्यता विकास हुनु स्वभाविक हो। नेपालमा रहेर काम गरिरहेका केही भारतीय देखाउँदै तिनीहरुले राम्रो आम्दानी गर्न सक्दछन् भने नेपाली किन विदेश जानु भन्नेहरु अधिकांश या सरकारी वा अर्ध सरकारी निकायमा जागिरे छन् या आफ्ना बाउबाजेले कमाइदिएको सम्पत्तिमा व्यापार व्यवसाय चलाएका मध्ये पर्दछन्। विदेश गएर कडा परिश्रम गर्नुपर्छ भन्ने जोकोहीलार्इ पनि थाहा छ। आफ्नो परिवारसँग छुटिनु पर्दाको पीडा कसलाई अनुभूति नहोला र।

गाउँघरमा जग्गा बाँझो छ खेती गर्ने मानिसहरु पाइँदैन भन्नेहरु नै आफु र आफ्नो परिवार शहरमा बस्न रुचाउछन्। अरु कसैले अत्यन्त न्युन नाफा हुने खेती गरिदेओस् भन्ने आशा राख्दछन्। म र मेरो परिवार मात्रै शहरमा बस्ने हो, मेरा छोराछोरी अष्ट्रेलिया, अमेरिका जाने हुन् भन्ने मान्यता राख्नेहरुले नै गाउँमा बस्नेहरुलाइ यहीँ बस्नुपर्छ रोजगारी कहाँ छैन भनेर उपदेश दिइरहेको हुन्छन्। नेपालमा आएर भारतीयले पानीपुरी, तरकारी तथा फलफूल बेचेर लाखौं कमाएर भारत लैजान्छन् भन्नेहरु नै आफूलाई र आफ्ना मानिसहरुलाई केही हजारको जागिर भनसुन गर्न नेता कहाँ पुग्ने गर्दछन् तर आफूहरु त्यो लाखौं कमाउने फलफूल तरकारी र पानीपुरी बेच्ने काम गर्न कहिले तयार हुदैनन्। उनीहरु नेपालमा कृषि उपजको अर्बौको आयात तिनै नेपाली आप्रवासी नभएर उत्पादन नभएको भन्ने ठान्दछन्। यसरी हुने आयातलाई कम गराउन आप्रवासीहरु नेपालमै बसिदिनु पर्ने र कृषिको उत्पादन बढाउनु पर्ने तर्क गर्दछन्। वास्तविकता के छ भने त्यसरी गएका नेपाली आप्रवासी कामदारहरुमध्ये धेरै जना कृषिबाटै केही हुन्छ कि भन्ने आशामा लामो समय व्यतित गरेका घाटा व्यहोरेका कारण विदेश पलायन भएका हुन्।

उद्योगहरुमा पनि रोजगारको स्थिति बेहाल छ। चलिरहेका उद्योग मध्ये धेरै जसोमा त्यहाँ कार्यरत श्रमिकहले नेपाल सरकारले तोकेको न्युनतम ज्याला पाइरहेको स्थिति छैन। यस्तो बिकराल स्थितिबीच नेपाली श्रमिक युवाको पहिलो छनौट विदेश आप्रवासन हुनु स्वभाविक हो। त्यसमध्ये कतिपयले रहरले पनि विदेश लागेका होलान् तर तिनीहरुले आफ्नो रहर पूरा गर्न पाउँदैनन भन्ने मनसाय राख्नु सामन्तबादको नमूना हो। नेपाली आप्रवासीका सन्दर्भमा विदेश जाने क्रममा मोटो रकम खर्च गर्नु पर्ने, त्यहाँ गैसकेपछि भनेको भन्दा कम रकम प्राप्त गर्ने जस्ता कार्यहरु व्याप्त नै छन्।

यस्तो परिस्थितिमा नेपाल सरकारको ती आप्रवासीहरुका लागि चालिने हरेक कदमहरुले उनीहरुको आम्दानी, सुरक्षा र मर्यादामा कती सहयोग पुगिरहेको छ भन्ने प्रमाणीत हुन्छ। अहिले सम्मको नेपाल सरकारको आप्रवासनसम्बन्धी नीति हेर्दा सहजीकरण गर्ने भन्दा नियन्त्रण गर्ने तर्फ बढी उन्मुख भएको पाइन्छ। यसरी बाध्यात्मक रुपमा भैरहेको नेपाली आप्रवासनलाई घटाउन उचित रोजगारीको सिर्जना गर्नु नै हो। नेपालमै रोजगारीको उचीत व्यवस्थापन गर्नु यसको प्रमूख सर्त उद्योगहरुको स्थापना हो। जसबाट अधिक्तम रोजगारी प्राप्त गर्न सकियोस्। उद्योगहरुको स्थापना बिना प्राप्त हुने रोजगारीहरु अस्थायी प्रकारका मात्र हुने गर्दछन्। राज्य आफैँले यस्ता उद्योगहरु स्थापना गर्ने भन्दा पनि निजी क्षेत्रले यो कार्य गर्ने हो।

भारतसँग खुला सिमाना भएको मुलुकमा उद्योगहरुको स्थापना र यिनीहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउने प्रक्रिया अत्यन्त जटिल हुन सक्छ। यसको लागि ठूलो लगानीको आवश्यकता पर्दछ। ठूलो लगानी भित्र्याउन लगानीकर्ताको विश्वास जित्नु पर्ने आवश्यकता देखिन्छ। गत वर्ष विश्व बंैकको रिपोर्टले निराश तुल्याएको छ तर आशा छ यसले औंल्याएका समस्याहरुमा पुनःविचार गरिनेछ। वर्तमान सरकारले वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन र नेपालमै रोजगार दिलाउनेजस्ता केही कार्यक्रमहरु ल्याएको छ आशा गरौं ती कार्यक्रमहरु मार्फत लक्षित वर्गले फाइदा लिन सक्नेछन्। अन्तमा, विश्व आप्रवासी दिवसको उपलक्ष्यमा सम्पूर्ण आप्रवासीहरुको सुरक्षित र मर्यादित रोजगारीको कामना गर्दै नेपालमै रोजगारीको अवसर प्राप्त गर्न सकियोस् भन्ने शुभकामना।

प्रकाशित ३ पुस २०७५, मंगलबार | 2018-12-18 12:32:51
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।