राहुलका ‘अच्छे दिन’ फर्कंदैछन्?




राहुल गान्धी
राहुल गान्धी
पीटीआइ

लोकसभा निर्वाचनमा बहुमत ल्याउनबाट भाजपालाई रोक्न कांग्रेसले अरु केही गर्नैपर्दैन, उत्तर प्रदेश र विहारमा विपक्षीबीच मोर्चाबन्दी बनाए पुग्छ। पाँच प्रदेशको निर्वाचन परिणामले त्यसका लागि ढोका खोलेको छ।

‘भारतको आगामी निर्वाचन के हुन्छ? भाजपा फेरि सत्तामा आउला?’

गत महिना नेपाल भ्रमणमा आएका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीलाई पर्यटन बोर्डको सभाकक्षमा यस्तै प्रश्न सोध्दा उनले सीधा उत्तर दिएका थिए, ‘यस कुराको निर्णय डिसेम्बर ११ ले गर्छ। विधानसभा निर्वाचन हुन गइरहेका पाँच राज्यमा भाजपाले जित्यो भने हामीले चाहेर पनि उसलाई लोकसभा निर्वाचन जित्नबाट रोक्न सक्दैनौँ, यदि हार्यो भने आगामी लोकसभा निर्वाचनमा हारबाट उसलाई कसैले बचाउन सक्दैन।’

येचुरी काठमाडौंबाट दिल्ली फर्केको करिब एक महिनापछि डिसेम्बर ११ मा सार्वजनिक पाँच प्रदेशको मत परिणाम भाजपाका लागि अप्रत्याशित र दुखद् बनेको छ। निर्वाचन भएका पाँच प्रदेश– राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, मिजोरम र तेलंगनामा भाजपा पराजित भएको छ। तेलंगाना र मिजोरममा त भाजपा यत्तिकै कमजोर थियो, बाँकी परम्परागत गढहरु पनि नराम्ररी ढलेका छन्।

यो परिणामले छ महिनापछि हुन गइरहेको लोकसभा निर्वाचन सत्तारुढ भाजपाका लागि भारी हुने संकेत हो। सन् २०१३ देखि भएका एकाधबाहेक हरेक निर्वाचनमा हार खेप्न बाध्य भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई यो निर्वाचनले ठूलो राहत दिएर मे महिनामा हुने लोकसभा निर्वाचनका लागि उत्साह सिर्जना गरेको छ। यो परिणाम साढे चार वर्षअघि भारतमा ‘अच्छे दिन आनेवाला है’ भन्ने लोकप्रिय नाराका साथ सत्तामा आएका भाजपा नेता नरेन्द्र मोदीका लागि होइन, अबको निर्वाचनले कांग्रेस अध्यक्ष राहुल गान्धीका लागि ‘अच्छे दिन’ आउने स्पष्ट संकेत मानिएको छ। मोदी फेरि सत्तामा आइहाले भने पनि पहिले जस्तो प्रचण्ड बहुमतका साथ होइन, नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) को साहरामा आउन सक्ने विश्लेषण दिल्लीमा हुन थालेको छ।

राजस्थानमा बसुन्धरा राजे सिन्धियाको ‘महारानी प्रवृत्ति’ बाट मतदातादेखि नेता–कार्यकर्ता चिढिएका कारण त्यहाँ भाजपाले हार्छ भन्ने आँकलन सुरुदेखि नै भए पनि मध्यप्रदेश र छत्तीसगढलाई भाजपाले आफ्नो गढ मान्दै आएकाले हारको कल्पना गरेको थिएन। १५ वर्षदेखि लगातार शासन चलाइरहेका यी दुई राज्यका मुख्यमन्त्री क्रमशः शिवराजसिंह चौहान र डा. रमरण सिंह तुलनात्मक रुपमा कम विवादित र लोकप्रिय मानिन्थे। निर्वाचन अभियानका प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले यी मुख्यमन्त्रीले ‘मध्यप्रदेश र छत्तीसगढलाई रोल मोडल राज्यका रुपमा विकास गरेको’ भन्दै तिनको प्रशंसा गर्न चुकेका थिएनन्। मतदाताले त्यसलाई पत्याएनन्, तीनै प्रदेशमा भाजपाको लज्जास्पद हार भयो। सानो राज्य मिजोरममा कांग्रेसले बेहोरेको हारको चर्चा राज्यमै सीमित छ भने तेलंगनामा के चन्द्रशेखर रावले आफ्नो पुरानो पकडलाई कायम राखेर क्षेत्रीय दलको उपस्थितिलाई बलियो बनाएका छन्।

११ डिसेम्बर कांग्रेस अध्यक्ष राहुल गान्धीका लागि विशेष भएको छ। गत वर्ष यसै दिन अध्यक्षको जिम्मेवारी सम्हालेका गान्धीलाई एक वर्ष पुगेकै दिन कांग्रेसले प्राप्त गरेको सफलताले उर्जा थपिदिएको छ। नत्र भने राहुलको हातमा लगातार हार मात्र लागेका कारण उनको नेतृत्व क्षमताप्रति मानिसहरुमा विश्वास जाग्न सकेको थिएन। पछिल्ला दिनमा देखा परेको परिपक्वता र टिम स्पिरिटका साथ काम गर्न सक्ने क्षमताले गान्धीलाई मोदीको विकल्पका रुपमा उभ्याएको छ। कांग्रेसका पहिलो पंक्तिका नेताहरुले युवा गान्धीलाई विश्वास गर्न मानेको अप्ठेरो पनि अब क्रमशः कम हुँदै गएको देखिन्छ।

यसपटकको निर्वाचन दुई कारणले निकै महत्वपूर्ण थियोः पहिलो, भाजपाले तुलनात्मक रुपमा असल शासन गरिरहेका राज्यमा निर्वाचन भइरहेको थियो र दोस्रो, आगामी लोकसभा निर्वाचनको पूर्वसन्ध्या थियो। यही भएर दुबै पार्टीले यसलाई मिनी जनमतसंग्रहका रुपमा लिएका थिए। निर्वाचनका बेला प्रधानमन्त्री मोदी, भाजपा अध्यक्ष शाह र कांग्रेस अध्यक्ष गान्धीका आक्रमक भाषण र दिनदिनैका विशाल ¥यालीहरु त्यसैका परिणाम थिए।

७० वर्ष लामो स्वतन्त्र भारतमा अधिकांश समय सरकार सञ्चालन गर्दै आएको कांग्रेस साढे चार वर्षअघि सन् २०१४ मा नराम्ररी पराजित भएपछि अझै तंग्रिन सकिरहेको छैन। १० वर्ष शासन चलाएपछि आयोजित निर्वाचनमा संसद्मा प्रमुख प्रतिपक्ष हुने १० प्रतिशतको हैसियत पनि गुमाएको कांग्रेसका लागि अबको लोकभसा निर्वाचन वास्तवमै जीवनमरणको सवाल बनेको छ। मोदीको आक्रमक व्यक्तित्व, आकर्षक नारा र हिन्दुत्वको झण्डाका कारण पछि परेको कांग्रेसलाई मािथ उकास्न गान्धी सक्षम होलान् त भन्ने प्रश्न अहिले पनि कायम छ। पाँच प्रदेशको निर्वाचन परिणामले धेरै संकेत गरेपनि अझै परिस्थिति स्पष्ट भइसकेको ठानिँदैन।

भाजपालाई पाँच प्रदेशको निर्वाचनले ठूलो झड्का लगाएको छ। गत लोकसभा निर्वाचनमा यी पाँच राज्यका ८३ लोकसभा सिटमध्ये भाजपाले ६३ मा विजय हासिल गरेको थियो, जबकि कांग्रेस ६ सिटमा खुम्चिएको थियो। यसपटक विधानसभा निर्वाचनको भोट सेयरमा कांग्रेस र भाजपा बराबरीको अवस्थामा छन्। यसलाई आधार मानेर अब लोकसभा निर्वाचनमा कांग्रेस र भाजपाले बराबरी सिट जित्छन् भन्ने निष्कर्ष निकाल्दा पनि भाजपालाई कम्तीमा ३० सिट घाटा लाग्ने देखिन्छ भने कांग्रेसलाई ३० सिट फाइदा। जसबाट भाजपालाई सत्तामा फर्किन ठूलो धक्का लाग्ने निश्चित छ।

कांग्रेसले विपक्षी पार्टीहरूको मोर्चा बनाएर भाजपालाई घेर्न कोसिस गरिरहे पनि त्यसले मूर्त रुप पाउँछ वा पाउँदैन भन्नेमा आगामी निर्वाचन परिणाम निर्भर हुनेछ। यसपटक तेलंगनामा साना पार्टीबीच मोर्चा बने पनि राजस्थान र मध्य प्रदेशमा त्यो सम्भव भएन। साना पार्टीले पनि ठूलो बार्गेनिङ गर्ने, धेरै सिट माग्ने चलन नयाँ होइन। जस्तो– मध्य प्रदेशमा दुई सिट मात्र जित्न सफल बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीले निर्वाचनमा तालमेल गरेर जानका लागि कांग्रेससँग ५० सिटको माग गरेकी थिइन्। यद्यपि, निर्वाचनमा चाहिने बहुमतमध्ये दुई सिट कम अर्थात् १ सय १४ सिट जितेपछि दुई स्थान जितेको बहुजन समाजवादी पार्टी र अखिलेश यादवको एक सिट जितेको समाजवादी पार्टीले निःशर्त कांग्रेसलाई समर्थन गरेर भावी निर्वाचनमा उत्तर प्रदेशमा कार्यगत एकता हुन सक्ने बाटो खुल्ला राखेका छन्। ८० लोकसभा सदस्य निर्वाचित हुने उत्तर प्रदेशमा भाजपा एक्लैले ७३ सिट जितेको छ। जबकि, कांग्रेस, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टी मिल्दा स्थिति ठ्याक्कै उल्टो हुन सक्छ। लोकसभा निर्वाचनमा बहुमत ल्याउनबाट भाजपालाई रोक्न कांग्रेसले अरु केही गर्नैपर्दैन, उत्तर प्रदेश र विहारमा विपक्षीबीच मोर्चाबन्दी बनाए पुग्छ। पाँच प्रदेशको निर्वाचन परिणामले त्यसका लागि ढोका खोलेको छ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न कांग्रेस अध्यक्ष गान्धीले आन्तरिक सन्तुलनको निकै राम्रो प्रयोग गरेका थिए। राजस्थानमा दुईपटक मुख्यमन्त्री भइसकेका अशोक गेहलत र कांग्रेस प्रदेश कमिटी अध्यक्ष सचिन पाइलट अनि मध्य प्रदेशमा नौ पटक लोकसभा सांसद भइसकेका कमलनाथ र चुनाव प्रचार कमिटी अध्यक्ष ज्योतिरादित्य सिन्धियालाई एकसाथ राखेर पार्टी परिचालन गर्न सक्नु चुनौतीपूर्ण थियो। पुराना र युवा पुस्ताबीच सन्तुलन कायम राख्दै गान्धीले राजस्थामा र मध्यप्रदेश दुबैमा पुराना नेतालाई मुख्यमन्त्रीमा छनोट गरेर लोकसभा निर्वाचनको आफ्नो रणनीतिको संकेत दिएका छन्। राजस्थामा अशोक गेहलत र मध्यप्रदेशमा कमलनाथलाई मुख्यमन्त्री बनाएर उनले पुरानो पार्टीमा पुराना नेताहरु उपेक्षित हुँदैनन् भन्ने सन्देश दिन खोजेका हुन्। जबकि, युवा नेता सचिन पाइलट र ज्योतिरादित्य सिन्धिया दुबै गान्धीका भित्री घेराका मित्र मानिन्छन्।

आजका दिनमा भारतको सबभन्दा ठूलो र बलियो पार्टी भाजपा नै हो। पाँच प्रदेशको निर्वाचन परिणामका आधारमा मात्रै लोकसभामा भाजपाले हार्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन। लामो समय सत्तामा रहेका कारण स्वतः उत्पन्न हुने नकारात्मक भावना (एन्टी इन्कुम्बेन्सी) का कारण अहिले हार्नुपरेको भन्दै भाजपाका नेताहरु कार्यकर्ताको चित्त बुझाउन जुटेका छन्। साथै, भाजपाका नेताहरु स्वयम्ले स्वीकार गरे अनुसार यसले उनीहरुलाई आत्ममन्थन गर्ने मौका दिएको छ र सरकारमा रहेर आगामी छ महिनाभित्र गर्न सक्ने केही थप कामका लागि समय पनि दिएको छ। तर समय कम छ।

मोदीका आकर्षक नारा धेरै चाहीँ चुनावी हथकन्डा मात्र थिए भन्ने प्रमाणित भइसकेको छ। मतदाताबीच मोदीका चुनावी हथकण्डाको अझै पर्दाफाश गर्दै कांग्रेसले आफूलाई बैकल्पिक शक्तिका रुपमा स्थापित गर्न विपक्षी मोर्चा बलियो बनाउन थप कसरत गर्नेछ।

प्रकाशित १ पुस २०७५, आइतबार | 2018-12-16 15:32:10
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।