हवाई यात्रुको पक्षमा नयाँ कोशेढुंगा




यात्रु तथा कार्गोको हकमा इटिकटलाई आधिकारिक मान्यता दिएको छ। जसले गर्दा विश्वभरी कागजी टिकट तयार गर्दा खर्च हुने वार्षिक करोडौं डलरको बचत हुनेछ।

नेपालमा शनिबारदेखि मोन्ट्रियल महासन्धि कार्यान्वयनमा आएको छ। हवाई उड्डयन क्षेत्रका नयाँ अविष्कारलाई सम्बोधन गर्ने यो सन्धिको पक्ष राष्ट्र हुँदा हुने फाइदा के हो ?

अहिले यस विषयमा सबैको चासो देखिन्छ। मोन्ट्रियल सन्धि हवाई उड्डयन क्षेत्रको सबैभन्दा पछिल्लो अन्तर्राष्ट्रिय सन्धि हो। यसले हवाई उड्डयन यात्रुहरुको बीमादेखि क्षतिपूर्तिसम्मका विषयलाई सम्बोधन गरेको छ।

मोन्ट्रियल सन्धिभन्दा अगाडि यो विषय सन् १९२९ मा आएको वार्सा महासन्धि र त्यसका संशोधित प्रोटोकलबाट मागनिर्देश हुँदै आएको थियो। तर त्यसमा समस्या के देखियो भने महासन्धि अनुमोदन नगर्ने तर प्रोटकल मात्रै अनुमोदन गर्ने राष्ट्रहरु धेरै भए। यसले विवादको स्थिति देखियो। समस्या निकै जटील भएपछि त्यसमा थप संशोधन नभएर एउटा छुट्टै नीतिको आवश्यकता महसुस गरियो। जसले मन्ट्रियल महासन्धिको जन्म गरायो।

मोन्ट्रियल महासन्धि अनुमोदन गर्ने नेपालसहित १३६ राष्ट्र पुगेका छन्। नेपालको सन्दर्भमा यो महासन्धि डिसेम्बर १५ शनिवारदेखि कार्यान्वयनमा आएको छ। यसले नेपालमा दर्ता भएका अन्तर्राष्ट्रय वायुसेवाको हकमा काम गर्नेछ। यो महासन्धि खास गरी हवाई यात्रुहरुको पक्षधर महासन्धिको रुपमा तयार भएको हो। यसमा उल्लेख व्यवस्थाहरुले हवाई यात्राको क्रममा वायुसेवा कम्पनीले यात्रु प्रति बहन गर्नुपर्ने दायित्वलाई सम्बोधन गरेको छ। यो महासन्धिको पक्ष राष्ट्र भएसँगै अन्तर्राष्ट्रय उड्डयन जगतमा नेपालको प्रतिष्ठा थप उँचो भएको छ।

दुई तहको दायित्व
वार्सा महासन्धिमा जस्तै यो महासन्धिको धारा १७ अनुसार विमान चढ्दा, उत्रिँदा वा सवार रहँदा कुनै यात्रीको मृत्यु भएमा वा शारीरिक चोटपटक लागेमा वा कुनै पनि किसिमको क्षति भएमा वायुसेवा कम्पनी जिम्मेवार हुनेछ। वार्साभन्दा भिन्न यसले दुई तहको दायित्व निर्धारण गर्न खोजेको छ।

पहिलो तह: कठोर दायित्व
महासन्धिको धारा २१ बमोजिम हवाई यात्रु यात्राका क्रममा घाइते वा मृत्यु भएमा १ लाख १३ हजार १ सय एसडिआर अर्थात् करिब १ लाख ६६ हजार ९ सय ७८ डलर सम्म क्षतिपूर्ति प्राप्त गर्न सकिने उल्लेख छ। यो अनुसार वायुसेवा कम्पनीले लापरवाही नभएको प्रमाणित गरे तापनि क्षेतिपूर्ति वापतको रकम अनिवार्य तिर्नु पर्छ।

दोस्रो तहः असीमित दायित्व
मन्ट्रियल महासन्धिको धारा २१ (२) मा वायुसेवा कम्पनीले १ लाख १३ हजार १ सय एसडिआरभन्दा माथि अर्थात असीमित दायित्व व्यहोर्नबाट मुक्त हुनका निम्ति लापरवाही वा आपराधिक मनस्थितिबाट कुनै कार्य नभएको प्रमाणित गर्नुपर्ने हुन्छ। यदि प्रमाणित नभए अदालतले निर्धारण गरे बमोजिमको क्षतिपूर्ति वायुसेवा कम्पनीले दाबीकर्ता यात्रुलाई दिनुपर्छ। यो दायित्व असीमति हुनेछ।

ब्यागेज वा कार्गोको हकमा समेत कठोर दायित्वको सिद्धान्त लागू हुने प्रावधान छ। दर्ता भएको ब्यागेज कुनै कारणले क्षति भएक प्रतियात्रु १ हजार १ सय ३१ एसडिआर अर्थात् १ हजार ६ सय ६९ अमेरिकी डलर बापतको क्षतिपूर्ति दिनुपर्छ। कार्गो हकमा प्रति किलो १९ एसडिआर अर्थात् २८ डलर क्षतिपूर्ति दायित्वको रुपमा तोकिएको छ। यात्रुको ज्यान सन्दर्भमा व्यवस्था गरिएको असीमित क्षतिपूर्ति ब्यागेज र कार्गोको हकमा समेत लागू हुन्छ। यदि दाबीकर्ताले वायुसेवा कम्पनी वा कर्मचारी वा अभिकर्ताको गल्तीका कारणबाट क्षति हुन पुगेको प्रमाणित गरेमा असीमित क्षतिपूर्ति प्राप्त गर्न सक्ने महासन्धिको धारा २२ (५) र (६) मा उल्लेख छ।

यात्रु, ब्यागेज र कार्गो ढिलाइ
मन्ट्रियल महासन्धिको धारा २२ ले यात्री, ब्यागेज र कार्गोको ढिलाई भएको खण्डमा बाहकको दायित्व निर्धारण गरेको छ। उडान ढिलाइको कारणले यात्रुलाई कुनै क्षति पुग्न गए प्रतियात्रु ४ हजार ६ सय ९४ एसडिआर अर्थात् ६ हजार ९ सय ३० अमेरिकी डलर क्षतिपूर्ति भर्नुपर्ने हुन्छ।

धारा १९ ले वार्सा महासन्धिको धारा १९ र २० लाई एकीकृत गर्दै यदि वायुसेवा कम्पनीले आफ्नो पक्षमा सबै आवश्यक व्यवस्था पालना गरेको प्रमाणित गरेमा उक्त दायित्व माफ हुन सक्ने व्यवस्था छ।

मन्ट्रियल महासन्धिको धारा २० बमोजिम यदि यात्रुको आफ्नै गल्तीले कुनै क्षति भएको वा ज्यान गएको खण्डमा वार्सा महासन्धिमा समेत रहेको पारस्परिक लापरवाहीको सिद्धान्तलाई आकर्षित गर्दै वायुसेवा कम्पनीको पूरा वा आंशिक रूपमा क्षतिपूर्ति माफी हुन सक्ने प्रावधान मन्ट्रियल महासन्धिमा पनि छ।

महासन्धिको धारा ५० अन्तर्गत कुनै पनि पक्ष राष्ट्रहरुमा संचालन हुने बाहकहरुलाई आफ्नो संम्भावित दायित्व व्यहोर्न पूरा हुने रकम बीमा गरेको प्रमाण पेश गर्न आदेश दिन सकिने व्यवस्था छ।

क्षेत्राधिकारकाे विषय 
वर्सा महासन्धिमा उक्त महासन्धिको धारा २८ बमोजिमको विवादको सम्बन्धमा बाहकको ठेगाना रहेको वा प्रमुख व्यापार हुने ठाउँको अदालतमा क्षेत्राधिकार रहने प्रावधान थियो। मन्ट्रियल महासन्धिमा उक्त प्रावधानलाई कायम राख्दै धारा ३३ मा यात्रीको मृत्यु भएमा वा यात्रीलाई चोट पटक लागेको खण्डमा उसको स्थायी ठेगाना रहेको ठाउँको अदालतलाई क्षेत्राधिकार प्रदान गरिएको छ। यस प्रकारले यस अघि भएका विभिन्न सम्झौता सहमति भन्दा मन्ट्रियल महासन्धिमा क्षेत्राधिकारका विषयमा यात्रीको हितलाई अझ जोड दिइएको पाइन्छ।

यो महासन्धिले यात्राको क्रममा पीडित सम्बन्धित यात्रु वा निजको हकवालालाई राहत स्वरुप अग्रिम भुक्तानीको रुपमा केही रकम दिनुपर्ने व्यवस्था गरिएको छ। यात्रु तथा कार्गोको हकमा इटिकटलाई आधिकारिक मान्यता दिएको छ। जसले गर्दा विश्वभरी कागजी टिकट तयार गर्दा खर्च हुने वार्षिक करोडौं डलरको बचत हुनेछ।

यो महासन्धि संयुक्त राष्ट्रसंघका आधिकारिक ६ भाषामा तयार भएको र उपरोक्त ६ भाषाको दस्तावेज नै आधिकारिक मानिएकोले विश्वव्यापी प्रयोगको लागि यो महासन्धि सरल र सहज छ। दायित्व रकम गणनाको सहजताको लागि मौद्रिक एकाईको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषको अपरिवर्तनीय एकाई एसडिआरलाई अंगिकार गरिएको छ। यसले गर्दा विश्वव्यापी रुपमा दायित्व सीमा यकिन गर्न सहज हुनेछ। उपरोक्त सबै विशेषताको आधारमा यो महासन्धिलाई यात्रुमैत्री महासन्धिको रुपमा लिइन्छ।

प्रकाशित १ पुस २०७५, आइतबार | 2018-12-16 12:23:23
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बुद्धिसागर लामिछाने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव हुन्

बुद्धिसागर लामिछानेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।