Exclusive

चीन–भारत सैन्य अभ्यासः अघिल्लो वर्ष दोक्लममा ठेलाठेल, यो वर्ष ‘हातमा हात’




हिमाली सिमा क्षेत्रमा चिनियाँ र भारतीय सेना
हिमाली सिमा क्षेत्रमा चिनियाँ र भारतीय सेना
एएफपी

बिमस्टेक सैन्य अभ्यासमा भाग नलिएको नेपालले जब छङ्तुमा चीनसँग सैन्य अभ्यास गर्यो दिल्लीबाट चर्को प्रतिक्रिया आयो। एकजना भारतीय पूर्वविदेश सचिवले यसिम्म भने, ‘भविष्यमा जब संकट आईलाग्ला, त्यतिबेलै नेपालले यसको मूल्य चुकाउनुपर्ला।’

चीनको सछ्वान प्रान्तको छङ्तुमा गत सेप्टेम्बरमा नेपाल–चीन बाह्रदिने संयुक्त सैन्य अभ्याससँगै नेपालप्रति कडा रवैया देखाएको भारत यही डिसेम्बर १० तारिखदेखि छङ्तुमै चीनसँग १४ दिने संयुक्त सैन्य अभ्यास गर्दैछ। विश्वभर आतंकवाद विरूद्धको लडाइँ चलिरहेका बेला एशियाका दुई चीर प्रतिद्वन्द्वी विकासोन्मुख मुलुकले आतंकवाद विरूद्ध क्षमता अभिवृद्धिको ध्येयले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन्। चीन–भारत सैन्य अभ्यासमा दुबै पक्षका १००र१०० जना सैनिक सहभागी हुनेछन्।

चीन र भारतबीचको सातौं चरणको यो अभ्यास एक वर्षको अन्तरालमा ‘आतंकवादविरोधी क्षमता अभिवृद्धि’ का लागि हुन लागेको हो। जब की गत वर्ष दोक्लाम विवादका कारण ७३ दिनसम्म चिनियाँ र भारतीय सेना एकअर्काप्रति शत्रुतापूर्ण स्थितिबाट गुज्रिए। फलतः संयुक्त सैन्य अभ्यास नै बिथोलियो। यसै वर्षको अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन आएका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङसँग वुहानमा भएको भेटवार्तापछि रन्किएको आपसी सम्बन्ध शान्त भएको हो।

गत अगष्ट अन्त्यतिर नेपालमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले पुनेमा बिमस्टेकका राष्ट्रहरूबीच संयुक्त सैन्य अभ्यास हुने निर्णय सुनाए। भदौ २५ देखि ३१ सम्म भारतको पुनेमा भएको बिमस्टेक सैन्य अभ्यासमा भाग नलिएको नेपालले असोज १ गतेदेखि १२ गतेसम्म चीनको छङ्तुमा चीनसँग सैन्य अभ्यास गर्यो। अचानक देखापरेको ‘धर्मसंकट’ पार लगाउन नेपालले केही पर्यवेक्षक मात्रै पुने पठाएर मध्यमार्गी धार अँगाल्दै भारतीय सद्भाव जोगाउन खोज्यो। तर पनि भारतीय मिडिया र विश्लेषकहरूले नेपालप्रति ठूलै नाराजगी प्रकट गरे। एकजना भारतीय पूर्वविदेश सचिवले यसिम्म भने, ‘भविष्यमा जब संकट आईलाग्ला, त्यतिबेलै नेपालले यसको मूल्य चुकाउनुपर्ला।’

दिल्लीका कतिपय मिडियाले त ‘नेपालका प्रधानमन्त्री नै चीन परस्त’ भनेर टिप्पणी लेखे।

नेपाल–चीन ‘सगरमाथा फ्रेन्डसिप’को दोश्रो संस्करणको संयुक्त सैन्य अभ्यास भएको दुई महिना पार भयो। तर नेपालप्रति विक्षिप्तभाव बिर्सिन नपाउँदै भारत आफैं गत वर्षको तिक्तता मेटेर चीनसँग संयुक्त सैन्य अभ्यास गर्दैछ। यसलाई भारतीय विश्लेषकहरूले पनि सम्बन्ध सुधारको संकेत मानेका छन्।

हिमाली सिमा क्षेत्रमा चिनियाँ र भारतीय सेना

नोभेम्बर २९ मा बेइजिङमा चिनियाँ रक्षा प्रवक्ता रन क्वोछियाङले पत्रकार सम्मेलन गरेर चीन–भारत संयुक्त सैनिक अभ्यासको नाम ‘हातमा हात’ भन्ने रहेको बताए। १० देखि २३ डिसेम्बरसम्म चल्ने अभ्यासले चीन–भारत दुई सेनाको सम्बन्धमा देखापरेका समस्या निमिट्यान्न पार्ने र यो सहयोगमा दुई मुलुक र जनताप्रतिको हितकल्याण लुकेको पनि प्रवक्ता रनले सुनाए। उनले भने, ‘दुवै पक्षले अभ्यासको तयारी गरिरहेका छन्। आपसी समझदारी बढ्नेछ। आतंकवाद विरोधी लडाइँमा क्षमता अभिवृद्धि हुनेछ।

यसअघि १३ नोभेम्बरमा चिनियाँ केन्द्रिय सैन्य आयोग, चिफ अफ स्टाफ कार्यालयका उपप्रमुख शाउ युआन मिङ् र भारतका रक्षासचिव संजय मित्राले बेइजिङमै चीन–भारत नवौं प्रतिरक्षा सम्मेलनको अध्यक्षता गरेका थिए। त्यसमा गहन रूपमा दुई मुलुक सैन्य सम्बन्ध, सीमा क्षेत्रको व्यवस्थापन र सहयोग तथा साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा परिस्थितिबारे छलफल भएको थियो।

अहिले पनि नेपाल र भारतबीच बेलाबेला तँ तँ र म मको स्थिति देखा परिरहन्छ। तथापि छिमेकी मुलुकहरूसँग सम्बन्ध सुधारको अवस्था सिर्जना गर्नु भारतका लागि चुनौती बनिरहेको छ। त्यो चुनौती चिर्नैपर्ने बाध्यात्मक परिस्थिति आसन्न भारतीय लोकसभा चुनावले ल्याउँदैछ। अहिले पाँच वटा प्रदेशमा भइरहेको चुनावले लोकसभा चुनावको नतिजाको संकेत गर्नेछ जसमध्ये केही प्रदेशको चुनावको नतीजा चाहिं भारतीय सेनाको चीन आगमनको भोलिपल्टै हुने बताइन्छ। सन् २०१९ को मेमा हुने लोकसभा चुनावका लागि सत्तारूढ भारतीय जनता पार्टीले भारतका जनता र विपक्षीका नजरमा खरो उत्रिनका लागि छिमेक सम्बन्ध सुधारिएको आभाष गराउने प्रयास अन्र्तगत पनि यो संयुक्त सैन्य अभ्यास हुन लागेको हो।

हिन्दू धर्मका पक्षधर मोदीले नेपालको नयाँ संविधानमा हिन्दु राज्य हुनुपर्ने भनी गर्दै आएको वकालतले पनि काम गर्न छोडेको छ। कुनै बेला भारतको सच्चा मित्र ठानिने नेपाल झन् झन् परचक्री हुँदै गएको छ। अझ भर्खरैमात्र चौतर्फी विरोधका बाबजुद इशाइ धर्मको प्रचारको रूपमा एसिया प्यासिफिक सम्मेलन पनि काठमाडौंमा हुनु मोदीका लागि अर्को नमीठो ठेस प्रतीत हुनेछ। उनको अभिव्यक्ति नेपालमा बिक्न छाडेको बेला भारतका अन्य केही छिमेकीसँगको मित्रता पनि झनै बिग्रिएको छ जुन भारतीय विपक्षीहरूका लागि मसला भैरहेको छ। यो जगजाहेर छ कि, चीन र पाकिस्तानको विरोध गर्नु नै भारतका हरेकजसो राजनीतिक दलहरूको चुनावी एजेण्डा हो।

मोदी जति जति छिमेकीसँग सम्बन्ध सुधार्न खोज्छन्, उति उति बिग्रिँदै गइरहेको जस्तो देखन्छि। त्यसको एउटा अप्रत्यक्ष कारकतत्व चीन हो। भारतका छिमेकी मुलुकहरूमा चीनको बेल्ट एण्ड रोड इनिसियटिभको प्रवेश भैसकेको छ। भारतले कुनै पनि हालतमा समर्थन जनाउन नखोजिरहेको यो अभियानले उसका अधिकांश छिमेकीहरू गोलवद्ध हुँदै गैरहेका छन्, जसको असर नजिकिँदो चुनावमा पर्नसक्छ।

भारतीय विपक्षी दलहरूले पनि छिमेकी मुलुकसँगको सम्बन्ध सुधार्न नसकेको भन्दै भाजपाको बद्ख्वाइँ त गरिरहेका छन् तर मोदी प्रशासनले चीनसँग सम्बन्ध सुधारेको देख्न पनि उनीहरू चाहँदैनन्। त्यसैले चीनले भारतप्रति देखाएको नरम तथा मैत्रीपूर्ण रवैया मोदी सरकारका लागि प्रत्युत्पादक हुन सक्ने देखिन्छ। चुनावी माहोल चलेकाले मोदीका लागि अब छोटो समय मात्रै बाँकी छ। देखावटी रूपमै भएपनि दक्षिण एशियामा आफ्नो नेतृत्वको प्रभाव पुनर्वहाली गर्ने र चीन तथा पाकिस्तानसँगको सम्बन्धलाई विरोधको शैलीमा ढाल्ने प्रयासमा उनी देखिन्छन्।

यी दुबै कुराको सन्तुलन मिलाउनका लागि संभावित परिस्थिति खडा भैरहेको छैन। आगे मोदीको चातुर्यले के कस्तो जादू देखाउँछ, समयले नै प्रष्ट्याउनेछ।

प्रकाशित १५ मंसिर २०७५, शनिबार | 2018-12-01 13:28:14
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।