यस्तो छ ताइवान कब्जा गर्ने चीनका राष्ट्रपति सीको योजना


Infocus



सैन्य अधिकारीलाई झण्डा हस्तान्तरण गर्दै चीनका राष्ट्रपति सी
सैन्य अधिकारीलाई झण्डा हस्तान्तरण गर्दै चीनका राष्ट्रपति सी
सिन्ह्वा

सी अहिले ६५ वर्ष पुगे। सम्भवतः चार कार्यकाल अर्थात् २० वर्ष शक्तिमा रहने उनको योजना छ। त्यो भनेको २०३३ को सुरुवातसम्मको अवधि हो। सीले ताइवान फिर्ता लिए भने त्यो समय २०३० वरिपरि हुनेछ।

ताइवानसँग चीनको सम्बन्ध झनझन खराब हुँदै गएको छ। अमेरिका पनि बारम्बार ताइवान कार्ड खेलिरहेको छ। त्यसैले चिनियाँ सेनाले ताइवान कब्जा गर्ने सम्भावना प्रस्ट देखिन्छ। यसअघि राष्ट्रपति सी चिनफिङले २०२० मा चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौँ वर्षगाँठको अवसर पारेर ताइवान फिर्ता लिने मैले बताएको थिएँ। तर अमेरिका–चीन व्यापार युद्धले यो समयतालिका पछि सारिदिएको छ। त्यसैले म यसको पुर्नमूल्यांकन गर्छु।

कुनै ठूलो अनपेक्षित घटना नभएसम्म चीनले २०२० मा ताइवान फिर्ता लिने सम्भावना अहिलेलाई शून्य छ। आगामी दुईदेखि तीन वर्ष चिनियाँ अर्थतन्त्र कठिन अवधिबाट गुज्रिनेछ। त्यसैले राष्ट्रपति सी व्यापार युद्धका कारण उत्पन्न भएको आन्तरिक कठिनाइ व्यवस्थापनमा अलमलिनेछन्। अरु कामका लागि उनीसँग समय हुनेछैन। त्यसबेलासम्म चिनियाँ सेनाको सुधार पनि पूरा भइसकेको हुनेछैन। अझै केही वर्ष चिनियाँ र अमेरिकी सेनाको क्षमताबीच फरक कायम रहनेछ। ताइवान कब्जा गर्ने लडाईं चीनको निकट समुद्रमा हुनेछ। तथापि यसलाई सीले बृहत् युद्ध बन्न दिनु चाहिँ हुँदैन। त्यसैले सहज जित पक्का नभई उनले ताइवानमाथि आक्रमण गर्ने छैनन्। त्यसका लागि समय लाग्नेछ।

मेरो विचारमा सीले ताइवान फिर्ता लिए भने त्यो समय २०३० वरिपरि हुनेछ।

अमेरिकी नौसेनाका सेवानिवृत्त क्याप्टेन जिम फ्यानेलले अमेरिकी तल्लो सदनको सुनुवाइमा यसैवर्ष यही खालको अनुमान गरेका थिए। आगामी दशकमा चिनियाँ कम्युनिष्ट पार्टीभित्र ताइवान फिर्ता लिन दबाब बढ्ने उनले बताए। सन् २०४९ सम्ममा चिनियाँ राष्ट्रको महान् कायाकल्प गर्ने घोषणा सीले गरेका छन्। त्यो जनवादी गणतन्त्र चीनको एक सयौँ स्थापना दिवस हुनेछ। यद्यपि फ्यानेलको अनुमानमा चीनले २०२९ मा ताइवान फिर्ता लिनेछ। उनले दिएको कारण अनौठो छ। जुन ४ को तियानमेन घटनालाई विश्वका नेताले २० वर्ष नपुग्दै बिर्सिए। र २००८ को ओलम्पिक उद्घाटन समारोहमा सामेल हुन पुगे। त्यसैले चीनले २०४९ का लागि त्यति नै समय पछाडि छोड्दा उसले ढिलोमा २०३० मा ताइवान फिर्ता लिइसक्नुपर्नेछ।

फ्यानेलको यस्तो समयतालिका अविश्वसनीय देखिन्छ। तैपनि बेइजिङको एजेन्डा र सीको महत्वाकांक्षाबारे उनको विश्लेषण सटिक छ। सिद्धान्ततः राष्ट्रको कायाकल्प गर्ने सीको ‘चिनियाँ सपना’ प्राप्तिका अनेकौँ सूचक हुनेछन्। तथापि ताइवान जलमार्गका दुई किनारा २०४९ सम्म पनि विभाजित नै रहे भने चिनियाँ जनतालाई सपना पूरा भएकोमा विश्वस्त तुल्याउन असम्भव हुनेछ। यसबाट सी आफैँ पनि असन्तुष्ट हुनेछन्। जुन देश अझै विभाजित छ, त्यसलाई कसरी कायाकल्प भएको देश मान्न सकिन्छ?

सी राष्ट्रवादी नेता हुन्। उनको चिनियाँ सपनाभित्र पूर्ण राष्ट्रिय एकता पनि पर्छ। ताइवान लिएर मात्रै सीले त्यो सपना पूरा गर्न सक्छन्। यो महान उपलब्धि हासिल गरेर मात्रै उनले कम्युनिष्ट पार्टीको ऐतिहासिक कथ्यमा माओ त्सेतुङलाई उछिन्न सक्नेछन्। यो दृष्टिबाट सीको चिनियाँ सपनाका लागि ताइवान सबैभन्दा महत्वपूर्ण तत्व हो।

त्यसबाहेक सीले व्यक्तिगत रुपमा ध्यान दिनुपर्ने कुरा पनि छन्। पछिल्ला वर्षहरुमा भ्रष्टाचार विरोधी अभियान चलाउँदा उनले थुप्रै मानिसलाई शत्रु बनाएका छन्। तिनका कारण सीका लागि सुरक्षित अवतरण निकै मुस्किल छ। तर उनले ताइवान फिर्ता लिन सके र देशलाई एकीकृत गरे भने उनी राष्ट्रनायक बन्नेछन्। उनको उपलब्धि सबैभन्दा उच्च हुनेछ र उनलाई छुने हिम्मत कसैले गर्न सक्नेछैन।

२०१७ मा पार्टीको १९ औँ सम्मेलनमा सीले चिनियाँ सपना पूरा गर्न ३० वर्षे योजना अघि सारे। २०२० देखि २०३५ सम्म देश आधुनिक बन्नेछ। २०३५ देखि २०५० सम्ममा चीन पूर्ण रुपमा आधुनिक शक्ति बन्नेछ। सी अहिले ६५ वर्ष पुगे। २०५० सम्म अर्थात् ९० वर्ष पुग्दासम्म उनी शक्तिमा रहने सम्भावना छैन। सम्भवतः चार कार्यकाल अर्थात् २० वर्ष शक्तिमा रहने उनको योजना छ। त्यो भनेको २०३३ को सुरुवातसम्मको अवधि हो। त्यसबेलासम्म चिनियाँ सपनाको यात्रा मध्यविन्दुुमा पुग्नेछ। चीनलाई परिवर्तन गर्न, अर्थतन्त्र विकसित पार्न र राष्ट्रिय तथा सैन्य शक्ति विस्तार गर्न उनलाई त्यति समय चाहिन्छ।

ताइवान फिर्ता लिएको जस लिन चाहन्छन् सी। त्यसका लागि उनको शासनको अन्तिम अवधि सबैभन्दा उपयुक्त समय हो। जटिलता आउन सक्छन्। खासगरी पश्चिमा शक्तिले नाकाबन्दी लगाउन वा सैन्य हस्तक्षेप गर्न सक्छन्। यसबाट उत्पन्न भाँडभैलो शान्त पार्न चीनलाई दुई वा तीन वर्ष लाग्छ। त्यसपछि २०३५ मा ठ्याक्कै समयतालिका अनुसार नै चीनले आधारभूत आधुनिकीकरणको लक्ष्य पूरा भएको घोषणा गर्नेछ।

यो विश्लेषण चिनियाँ रणनीतिको सामान्य अध्ययनमा आधारित छ। तर नदेखिएका पक्षहरुले पनि नतिजामा असर पार्न सक्छन्। उदाहरणका लागि सीले व्यापार युद्ध होला भन्ने सोचेका थिएनन्। आगामी दशकमा तीन पक्षले ताइवान फिर्ता लिने उनको समयतालिकालाई अगाडि सार्न सक्छ। पहिलो, चीन–अमेरिका सम्बन्ध अझै खराब हुनसक्छ। खासगरी ताइपेइलाई वाशिंगटनको समर्थनले सीमा नाघ्यो भने। दोस्रो, ताइवानको परिस्थिति नियन्त्रणबाहिर जान सक्छ। यदि स्वतन्त्रतापक्षधर शक्ति राजनीतिमा हावी भयो र ताइवानको पुर्ननामाकरणका लागि जनमतसंग्रह भयो भने। तेस्रो, ताइवानमा स्वशासन छ, यो यथास्थितिबाट चिनियाँ जनता अधीर हुनसक्छन्।

ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का पूर्वमहासचिव सु चीले हालै चिनियाँ कम्युनिष्ट पार्टीले विगतमा गरेको सैन्य परिचालनको विश्लेषण गरेका छन्। उनको निष्कर्ष छ, जब सार्वभौम, भौगोलिक वा राष्ट्रिय सुरक्षा खतरामा पर्छ, बेइजिङ युद्धमा जान्छ। आन्तरिक परिस्थिति जतिसकै कठिन किन नहोस्, वा युद्धको मूल्य जतिसुकै चर्को किन चुकाउनु नपरोस्, चीन युद्ध गरेरै छोड्छ। ताइवान मुद्दा पनि चीनको सार्वभौमसत्तासँग जोडिएको छ। यो बेइजिङका लागि खप्नै नसक्ने बोझ बनेको छ।

देङ स्याओपिङले एक पटक भनेका थिए, कुनै पनि चिनियाँ नेताले हङकङ गुमाउने खतरा मोल्न सक्दैन। त्यसो हुँदा चिनियाँ इतिहासको लज्जास्पद दृश्य पुन दोहोरिनेछ। १९८२ मा उनले मार्गरेट थ्याचरलाई भनेका थिए, चीनले हङकङ फिर्ता लिएन भने, चिनियाँ सरकार अर्को चिङ वंश बन्नेछ। र चिनियाँ नेतृत्व अर्को ली होङझाङ बन्नेछ। यो कुरा ताइवानका लागि पनि उत्तिकै साँचो छ। कुनै पनि चिनियाँ नेताले ताइवान गुमाउने खतरा मोल्न सक्दैन।

ताइवान कस्तो जोखिममा छ, त्यो अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन मैले यो मूल्यांकन गरेको हुँ। यसलाई हामीले हलुका रुपमा लिनु हुँदैन। चीनलाई सशस्त्र रुपमा ताइवान कब्जा गर्ने बहाना नदिन खासगरी ताइवानको सरकार र जनता होसियार रहनुपर्छ। 

(यो आलेख साउथ चाइना मर्निङ पोष्टबाट भावानुवाद गरिएको हो) 

प्रकाशित ११ मंसिर २०७५, मंगलबार | 2018-11-27 16:27:02
Max TV
Max TV
Zen Travels
Vianet

author photo

देङ युवेन चाइना स्ट्राटेजिक एनालाइसिस सेन्टर इन्कर्पोरेसनका अध्येता हुन्। उनी अहिले बेइजिङ रिफर्म तथा डेभलपमेन्ट इन्स्टिच्युटका काउन्सिल सदस्य छन्।


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...