विज्ञान–प्रविधि: कोरियालाई हेरौं, इराकको बाटो हिंडौं




दक्षिण कोरियाको इन्चोन विमानस्थलमा रोबोटिक गाइडले यात्रुलाई सहयोग गर्छन्
दक्षिण कोरियाको इन्चोन विमानस्थलमा रोबोटिक गाइडले यात्रुलाई सहयोग गर्छन्
तस्वीर सौजन्यः एलजी इलेक्ट्रोनिक्स

नेपाली विद्यार्थी अहिले विज्ञान–प्रविधि भन्दा वाणिज्य र प्रशासनजस्ता विषयमा बढी आकर्षित किन हुन्छन्?

नेपालमा अहिले आर्थिक समृद्धिको नाराले राष्ट्रिय अठोेटको रूप धारणा गरेको छ। यसका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अवलम्वन गरिनु पर्ने हो। तर देशमा गणतन्त्र स्थापना हुँदा मात्र होइन, विभिन्न समयमा शासन व्यवस्था परिवर्तन भएपछि निर्माण भएका कुनै पनि सरकारले यो क्षेत्रलाई प्राथमिकतामा राखेका छैनन्। संघीय संरचनाको स्थापनापछि निर्माण भएको दुुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रममा प्रमाणमा आधारित क्रियाकलापमा जोड दिने प्रतिवद्धता व्यक्त गरे तापनि विज्ञान तथा प्रविधिमा गरिएको लगानीमा यो कुरा प्रतिविम्वित भएन। विज्ञान तथा प्रविधि सम्वद्ध क्रियाकलापमा सरकारले आवश्यक रूपमा अग्रसरता देखाएको छैन।

संयुुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) को आयोजनामा यसपाली पनि नोभेम्बर १० का दिन विश्वभर अन्तर्राष्ट्रिय विज्ञान दिवस मनाइयो। यो अवसरमा सरकारले कुनै उल्लेख्य कार्यक्रम गरेन। सन् १९९९ मा बुडापेस्टमा आयोजना गरिएको विज्ञान विश्व सम्मेलनमा विज्ञान दिवस मनाउने निर्णय गरिएको थियो। फलस्वरूप युनेस्कोले शान्ति तथा विकासका लागि विज्ञान दिवस स्थापना गरेको थियो। जुन दिवस ‘विज्ञान, एउटा मानव अधिकार’ नारा अन्र्तगत सन् २००२ देखि मनाउँदै आइएको छ। यो अवसरमा पनि सरकार मुकदर्शक भएर बस्दा हाम्रोमा विज्ञान तथा प्रविधि ओझेलमा परेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि युनेस्कोको योगदान विश्वका अन्य देशमा जस्तै नेपालमा पनि उल्लेखनीय रहेको छ। सन १९६६ मा श्री ५ सरकारको अनुरोधमा यसले नेपालको विज्ञान तथा प्रविधि सम्बन्धमा एक प्रतिवेदन तयार गरेको थियो। यसमा दिइएका विभिन्न सुुझावमध्ये विज्ञान तथा प्रविधि सम्बन्धी क्रियाकलाप समन्वय गर्न नेपाल विज्ञान अनुसन्धान परिषदको स्थापना गर्नु पर्ने एउटा थियो। यसको स्थापनासँगै नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा विभिन्न क्रियाकलाप आरम्भ भयो। र, अहिले पनि शिक्षा तथा संस्कृतिको क्षेत्रमा यसले महत्वपूर्ण सहयोग गर्दै आएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास विना देशको समृद्धि दिवास्वप्न जस्तै हुन्छ। विज्ञान तथा प्रविधि समृद्धिको धडकन या स्पन्दन नै हो। विज्ञान तथा प्रविधिलाई प्राथमिकता दिइएको कारणले नै दक्षिण कोरिया, चीन र भारतले तीव्र विकासको गति लिएका हुन्। नेपालले यस तथ्यलाई महशुस नगर्दा अवस्था झन् झन् नाजुक भइरहेको छ। विज्ञान तथा प्रविधिको क्षेत्रमा अग्रणी भूमिका रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा दुुई महिनादेखि उपकुलपति छैनन्। सरकारी उदासिनताको यो पछिल्लो प्रमाण हो। ‘हरेक कालो बादलमा चाँदीको घेरा हुुन्छ’ भनेजस्तै संघीय सरकारले चासो नदेखाए पनि प्रदेश ३ र ५ ले भने विज्ञान तथा प्रविधिको क्षेत्रमा बजेट छुट्टयाएका छन्।

नेपालको विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विगत अति नै गौरवमय रहेको छ। विगतमा आन्तरिक आवश्यकताको परिपूर्ति स्वदेशी वस्तुुबाट नै गरिएको थियो। लिच्छविकालमा निर्माण भएका ढुुङ्गे धारा यस आरोहको बलियो उदाहरण हुन्। सन् ५७० मा मानदेवका नाति श्री भारवीले निर्माण गरेका पाटन मंगलबजारको मणिधारा अहिले पनि चलिरहेको छ। अहिले निर्माणाधिन मेलम्ची खानेपानी आयोजना भने अन्तहिन यात्राजस्तो भएको छ।

विज्ञानमा भएको प्रगतिबारे हरेक वर्ष निकालिने भूमण्डलीय नवप्रवर्तन सूचकाङ्कलाई आधार मान्ने गरिन्छ। सन् २०१७ मा निकालिएको १४५ देशको सूचकाङ्कमा स्विटजरल्याण्ड एक नम्बरमा छ भने चीन २०, भारत ६० र नेपाल १०९ नम्बरमा। सन् २०१८ मा पनि स्विटजरल्याण्ड नै एक नम्बरमा पर्यो। चीन १७, भारत ५७ र नेपाल १०८ मा सिमित भए। पोहोरको तुलनामा नेपाल एक कदम माथि उक्लिएको छ। छिमेकी चीन र भारत तीन स्थानले माथि चढेका छन्।

दक्षिण कोरियालाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनको नायक मानिन्छ। सन् ६० को दशकमा नेपालको हाराहारीमा रहेको देश अहिले भूमण्डलीय नवप्रवर्तन सूचकांकमा १२ औं स्थानमा रहेको छ। यसले विज्ञानको शिखरमा पुुग्नका लागि विभिन्न कदम अनुसरण गरेको थियो।

पहिलो, दक्षिण कोरियाले घरेलुु वैज्ञानिक संस्थाहरूबीच तीव्र प्रतिस्पर्धा सिर्जना गर्यो। हरेक वर्ष त्यस्ता संस्थालाई अनुसन्धानमा सहयोग प्रदान गर्ने र तिनीहरूको मूल्याङ्कन गरी मान्यता क्रम घोषणा गर्ने। नेपालमा यस्तो कार्यको आरम्भ नै भएको छैन। दोस्रो, दक्षिण कोरियाले उच्च गुणस्तरीय मानवीय संशाधनको विकास गर्यो। जसमा विज्ञान तथा प्रविधिमा अधिकतम विद्यार्थीलाई आकर्षण गर्ने जस्ता कार्यक्रमहरू पर्छन्। नेपाली विद्यार्थी अहिले विज्ञान भन्दा वाणिज्य र प्रशासनजस्ता विषयमा बढी आकर्षित भएको पाइएको छ। तेस्रो, दक्षिण कोरियाले उद्योग तथा अध्ययन संस्थानबीच प्रभावकारी सम्बन्धको स्थापना गर्यो। नेपालमा प्राज्ञिक तथा प्राद्योगिक संस्थाबीच पानी बाराबार जस्तै छ। चौथो, कोरियाले विदेशी प्रविधिमाथि पहुँच बढायो। नेपालको सरकारी स्तरमा यो झण्डै शुन्य जस्तै छ।

मेसोपेटोमिया सभ्यताको केन्द्र विन्दुु इराकमा पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तनको चरम रूपमा उन्नयन भएको थियो। पछि यसमा सुुस्तता आएपछि फेरि कसरी इराकको विज्ञानलाई पुनर्जीवन दिने भनेर युनेस्कोले नै सन् २०११ मा एक अध्ययन गरेको छ। जसमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा समष्टिगत नीति निर्माण गर्नु पर्ने, राष्ट्रिय विज्ञान तथा प्रविधिको पुनर्संरचना गर्नु पर्ने, विज्ञान तथा प्रविधि सम्वद्ध ऐन, नियम तथा विनियमको पुनर्लेखन गरिनु पर्ने, तथा राष्ट्रिय र क्षेत्रीय नव कदमको कार्यान्वयन गरिनुु पर्ने उल्लेख छ।

नेपालले पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा सुधारात्मक कदम चाल्नु पर्ने आवश्यकता छ। यस क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको नयाँ नीति निर्माण गर्नेतर्फ भर्खरै पहल भएको छ। तर यस्तो अंशगत प्रयासबाट मात्रै अहिले यो क्षेत्रले सामना गर्नु परेका समस्या समाधान गर्न संभव छैन।

इराकमा जस्तै नेपालमा पनि समष्टिगत हस्तक्षेप आवश्यक छ। 

प्रकाशित २४ कार्तिक २०७५, शनिबार | 2018-11-10 13:42:14
Max TV
Max TV
Vianet

author photo

डा.जीवराज पोखरेल प्राध्यापक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...