उहिलेको तिहार पो तिहार, अहिलेको के तिहार


Infocus



माधवप्रसाद घिमिरे
माधवप्रसाद घिमिरे
प्रविन कोइराला

गाउँ–घर चारैतिर झलमल्ल, पालामा बत्ती बलेको, गोरेटो–बाटो त्यसैगरी झलमल्ल। अहो, कस्तो आनन्द! अहिले त तिहारमा ‘न्यू इयर’ मा जति पनि रमाइलो गर्दैनन्, महत्व दिँदैनन्।

संस्कृति तुरुन्त बदलिँदैन, सभ्यता बदलिन्छ। मानिसहरु पहिले भोटो लगाउँथे, अहिले फूर्तिका साथ सर्ट, भेस्ट लगाउँछन्। हामी राष्ट्रियताको कुरा गछौँ तर, खानपान र लवाई सभ्यता पश्चिमा अपनाइरहेका छौँ। संस्कृतिसँग जीवनले प्राप्त गरेका अविस्मरणीय कुराहरु जोडिएका छन्। कुनै सिद्धान्त होलान्, कुनै प्रेमका कुरा होलान्, कुनै परम्पराका कुरा होलान्, कुनै नैतिकताका कुरा होलान्, कुनै सामाजिक नीति–नियमका कुरा होलान्।

यी कुराहरु एउटा पर्वको रुपमा देखिन्छन्। यो एउटा संस्कृति भयो। यसलाई कसरी मनाउने भन्ने बाहिरी कुरा हो तर, यसको महत्व उही रहन्छ। त्यो भित्री कुरा हो। जुन मानवीय मूल्यसँग जोडिएको हुन्छ। कुन अवस्थामा, कुन युगमा, कुन कुरा अपनाइएको थियो भन्ने एउटा पक्ष होला। तर, यस्ता पर्वहरुको आफ्नै मूल्य, मान्यता र महत्व रहेको हुन्छ। त्यसमध्ये तिहार पनि एक हो।

कृषि सभ्यताबाट आएको हो तिहार
तिहार कृषि सभ्यताको उपज हो। रमाइलोको हिसावले पनि उत्पात्तै रमाइलो चाड। अकाशभरी तारा हुन्छन्, हामी ती तारा धर्तीमा झरुन्जस्तो गछौँ। बारीमा सयपत्री, खेतमा धान, कलकल गर्ने खोला। आहा कति रमाइलो। अस्ती भर्खरैसम्म झिलिमिली रात थियो। अहिले अँधेरी रात छ। तर, तिहारले अँधेरी रातलाई झिलिमिली बनाइदिएको छ।

खसगरी कृषि सभ्यतामा मुख्य काम गर्ने को–को हुन् रु श्रम गर्ने भाइ हो, दाइ हो, जोत्ने गोरु हो, किरा फट्याङ्ग्रा आए खाइदिने काग हो, फोहर खाइदिने, कृषि उपजको रेखदेख गरिदिने कुकुर पनि हो। धेरैलाई अचम्म लाग्छ, कागको किन पुजा, कुकुरको किन पुजा भनेर। तर, यो सबै कृतज्ञताको प्रभाव हो। नत्र गोरुको किन पुजा गर्नुपथ्र्यो। गाईको पुजालाई लक्ष्मी ९धन० सँग जोडेर हेरेको पाइन्छ। यो पछि थपिएको कुरा हो। मुल कुरा कृषि सभ्यतासँगै जोडिएको छ।

दाइ–भाइले रातदिन खेतबारीमा श्रम गरेको छ। त्यहीँबाट प्राप्त अन्न खाएर धेरैले जीविका चलाएका छन्। त्यसैले उनीहरुलाई दिदी–बहिनीले टीका लगाएर पुज्ने गरेका हुन्। यस सँगसँगै यो सम्बन्धमा एउटा श्रद्धा लुकेको छ, प्रेम छ। त्यसैले हामी जति सोच–विचार गरेर चाड, पर्व र संस्कृतिलाई बुझ्ने प्रयास गछौँ, त्यहाँ उत्ति नै मानवीय मूल्य पाउँछौँ। पहिले–पहिले हामी यसरी तिहार मनाउथ्यौँ।

सेलरोटीमा लुकेको प्रेम 
जुन राष्ट्रमा संस्कृति छैन, त्यहाँका नागरिकको जीवन केवल दौडधुपमा सकिन्छ। सबै पैसाको पछि लाग्छन्। हामीलाई हृदयका कुरा, मस्तिष्कका कुरा चाहिएको छ। हामी सबै मिलेर खेतबारीमा काम पनि गर्नुपर्छ, काम गरेकाहरुलाई सम्मान भाव पनि व्यक्त गर्नुपर्छ, सबै मिलेर रमाइलो ९नाचगान० पनि गर्नुपर्छ। र, यो अवसर तिहारले जुटाएको छ।

पछिल्लो समय तिहारको ऐतिहासिक महत्वमा ह्रास हुँदै आएको हो कि भन्ने मलाई लागेको छ। निकै दुःख लाग्छ। सभ्यताको परिवर्तन यति छिटो भयो कि हामीले लगाउने दउरा–सुरुवाल, राष्ट्रिय चिन्हहरु परिवर्तन हुँदै गए। पुराको पुरैजस्तो बदलिसक्यो।

चाडपर्वमा उतिबेला सेलरोटीको कति महत्व हुन्थ्यो। घिउमा पकाएको सेलरोटी खाँदा कति मीठो हुन्थ्यो। वाह १ अहिले मीठाई पसलले अनेकथरी मीठाईहरु उत्पादन गरिरहेका छन्। कोही सेलरोटी बनाउनै जान्दैनन्, कोही अल्छी गर्छन्। सेलरोटीमा एउटा आनन्द लुकेको छ। दिदी–बहिनीले पकाएर दिएको सेलमा प्रेम लुकेको हुन्छ, आत्मीयता लुकेको हुन्छ।

उहिलेका गीतहरु सुन्दा कति आनन्द आउँथ्यो। ‘भैलेनी आइन् आँगन, हे औँसी बारो गाई तिहार भैलो।’ यसमा कति मीठास छ। सुन्दा सुनिरहुँ लाग्ने। भित्रैसम्म छुने। गाईप्रतिको उच्च सम्मान। अहिले त क्यासेट लगाएर नाच्छन्। उहिलेका मनमोहक गीत कहाँ सुन्न पाइन्छरु

धनीलाई भैले खेल्ने चिठ्ठी, गरिबलाई के? 
उहिले तिहारमा धनी–गरिब भन्ने नै हुँदैनथ्यो। ‘भैलेनी आइन् आँगन, हे औँसी बारो गाई तिहार भैलो’ गाउँदै सबैको घरमा जान्थ्यौँ। गरिबहरु पनि आँगनमा भैली आएको, भैले गीतमा नाचेको देख्दा खुसी हुन्थे। आर्शिवाद दिन्थे। टपरीमा चामल राखेर, बत्ती बालेर घरमा पाकेको रोटी दिन्थे। सबैको मन खुसी हुन्थ्यो। रोटी बाँडेर खाइन्थ्यो। त्यहाँ एउटा भावनात्मक सम्बन्ध थियो।

अहिले त्यो पाइँदैन। कसले धेरै पैसा दिन्छ, को धनी छ उसको घरमा मात्र भैले खेल्न जान्छन्। हामी यति बजे आउँछौँ भनेर पहिल्यै चिठ्ठी लेखेर पठाउँछन्। के यो चाड गरिबको पनि होइन, के उसलाई पनि रमाइलो गर्ने, हेर्ने अधिकार छैन रु छ भने किन यस्तो रु कतै हामीले आफ्नो नैतिकता बेचिरहेका त छैनौँ रु हामी समानताको कुरा गछौँ तर, यस्तो भेदभावले त विचलन ल्याउँछ। तिहारको जुन सांस्कृतिक महत्व छ हामीले त्यसलाई भुल्नु हुँदैन। तिहारलाई हर्षोल्लासका साथ मनाउनु पर्छ।

मानिसको जीवन गोरुजस्तै, यन्त्रजस्तै भएर जोतिनुमात्र होइन। रमाइलो पनि चाहिन्छ। त्यसो हुनाले वर्षदिनमा आउने मुख्य चाड दशैं र तिहार रमाइलो गरी, सबैसँग मिलेर, अहंकार त्यागेर मनाउनुपर्छ। हामी यो भएन, त्यो भएन भनेर देशलाई, सरकारलाई गाली गर्छौँ तर, खोई त आफूले गर्नुपर्ने जिम्मेवारी, धर्म निभाएको?

ती दिन सम्झिएर आनन्द लिन्छु
उहिले हामी साथीसंगी, ईष्टमित्र, परिवारका सदस्य जम्मा भएर नाचगान गर्दै रमाइलो गथ्र्यौँ। अहिले मानिसहरु सबै एकैठाउँमा जम्मा हुन्छन् तर, आ–आफ्नै मेबाइलमा झुन्डिएर बस्छन्। रक्सी खान्छन्, होहल्ला गर्छन्, झगडा गर्छन् र सामाजिक विचलन फैलाउने काम गर्छन्। अझ यसमा गर्व गर्छन्। धर्म, संस्कृति, संस्कारको हामीले सम्मान गर्नुपर्छ, त्यसको रक्षा गर्नुपर्छ। खोई हामीले गरेको रु पोहर सालको भन्दा यस वर्ष रक्सीको बिक्री दोब्बर भन्ने खबरमा हामीले गर्व गर्ने अवस्था छ। यो सबै देख्दा मलाई दुःख लाग्छ। मन कटक्क खान्छ। र, पुराना ती दिनहरु सम्झिएर आनन्द लिन्छु।

गाउँ–घर चारैतिर झलमल्ल, पालामा बत्ती बलेको, गोरेटो–बाटो त्यसैगरी झलमल्ल। अहो, कस्तो आनन्द! अहिले त तिहारमा ‘न्यू इयर’ मा जति पनि रमाइलो गर्दैनन्, त्यति महत्व दिँदैनन्।

पिर्के पिङमा बसेर धर्ती छाडेको,
लिङ्गे पिङमा बसेर बच्चाहरु स्वर्ग गए भन्ने भावना बोकेको,
हाँसी खेली दुई दिन, कहाँ जान्छ यो जिन्दगानी,
को लैजाला अमरपुरमा फूलको यो जवानी!

म यस्तो गीत गाउने कवि हुँ। त्यसैले मलाई परम्परा, संस्कृति, रितिरिवाज, चाडपर्वको महत्व धेरै गहिरो छ भन्ने लाग्छ। यस्ता चाडपर्वले विशेषगरी अझ बालबालिकामा एउटा धारणा, मानसिकताको विकास गराउँछ। अग्रजहरुले जे गर्यो उनीहरूले त्यही सिक्ने हो। उनीहरुलाई सकेसम्म रमाइलो गर्न दिनुपर्छ।

उतिबेला दशैं–तिहार आउन लाग्यो भन्दा कम्ता रमाइलो हुन्थेन। अब नयाँ लुगा लगाउन पाइने भइयो, नाटक देखाउन पाइने भइयो, मीठो खान पाइने भइयो भन्ने लाग्थ्यो। घरघरमा काँक्रा चोर्न हिँडिन्थ्यो। फलानोले काँक्रा चोर्यो भनेर कसैले दुःख मनाउँदैनथे। ठिटाहरुले रमाइलै गरेछन् भन्थे। बच्चामा हामीलाई पिङमा राखेर मच्चाइदिँदा बिछट्ट रमाइलो लाग्थ्यो। रोटी, चिउरा पाउँदा दङ्ग पथ्र्यौँ। चिउराको मगमग वासना आउँथ्यो। खाँदा कति मीठो हुन्थ्यो। 

मखमली फूल टिपी भाइको पगरिमा, फेरि जन्म होला कि यसै नगरिमा,
सयपत्री फूल टिपी भाइको पगरिमा, फेरि जन्म होला कि यसै नगरिमा!

कति सुन्दर गीत हुन्थ्यो। दिदी–बहिनीहरुले गीत गाउँदै, कानमा, कपालमा तेल लगाइदिँदै गरेको पल कति आनन्ददायी हुन्थ्यो। ढाका टोपी, यमराजलाई छेक्ने रेखा, आहा कति राम्रो हुन्थ्यो। आखिर यी सबैसँग मानिसको भावना जोडिने त हो नि!

(कृष्ण आचार्यसँगको कुराकानीमा आधारित)

 

 

प्रकाशित २० कार्तिक २०७५, मंगलबार | 2018-11-06 11:05:26
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...