‘सगरमाथा फ्रेन्डसिप’ प्रति दिल्लीको यस्तो सतर्कता



Kshamadevi Group


काठमाडौंमा शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्दै चिनियाँ राजदूत यु होङ
काठमाडौंमा शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्दै चिनियाँ राजदूत यु होङ
नेपाली सेना

प्रधानमन्त्री ओलीले भारतीय राजदूतसँग बिमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नहुने जानकारी गराएको विषयलाई ‘भारतको कूटिलतामाथि नेपालको चाल’ भन्ने अर्थमा चीनको मिलिटरी अनलाइनमा टिप्पणी गरिएको छ।

भारतले प्रस्ताव गरेको बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा अन्तिममा सहभागी नहुने निर्णय गरेको नेपालले चाँडै नै चीनसँग सैन्य अभ्यास गर्दैछ। यसबाट दक्षिणी छिमेकीमा गहिरो खेद देखिएको छ। काठमाडौंमा भएको बिमस्टेक बैठकका क्रममा भारतीय पक्षले संयुक्त सैन्य अभ्यासमा आमन्त्रण गरेको थियो।

सार्कलाई निस्तेज पार्दै बिमस्टेकको दरिलो गठबन्धन बनाउने एउटा अभ्यासको रूपमा पनि भारतीय नेतृत्वमै सैन्य अभ्यास हुन लागेको भनेर विश्लेषकहरूले टिप्पणी गरिरहेका थिए। यस विषयमा नेपालको विविध तह तप्काले पनि असन्तुष्टी जनाएको थियो। नेपाली सेनाले सैन्य अभ्यासमा भाग लिने प्रष्ट बोलिरहेका बेला सरकारका मन्त्रीहरूले चाहिं नेपालले भाग लिने ठोस निर्णय नगरेको भनेर प्रतिवाद गरिरहेका थिए।

सेना र सरकारबीचको यो टकरावले चरम रूप लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ जना पर्यवेक्षक मात्रै पठाउने मध्यमार्गी धार अँगाले। उनको यो सदाशयतालाई पनि विज्ञहरूले ‘केटाकेटीको खेला’ भनेर टिप्पणी नगरी छोडेनन्। केही सेनाको सहभागिता देखाएर भारतीय सद्भाव कायम राख्ने नेपालको प्रयासबाट छिमेकीको पनि चित्त बुझेको देखिँदैन। भारतीय मिडियाले बारम्बार ‘नेपालले भारतसँगको सैन्य अभ्यासलाई ठुकराइदियो, तर चीनसँग चाहिं सैन्य अभ्यास गर्दैछ’ भनेर लेखिरहेका छन्।

गत अगष्ट ३० र ३१ मा नेपालमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको ‘प्रस्ताव’ नभएर ‘निर्णय’ नै सुनाएका थिए। बिमस्टेकका सदस्य मुलुकहरू भारत, नेपाल, थाइल्याण्ड, श्रीलंका, बंगलादेश, म्यानमार र भुटानले भारतको ‘निर्णय’ अनुमोदन गरेको भनिएको थियो। जसले नेपाललाई पनि धर्मसंकटमा पारेको थियो।

बिमस्टेक सैन्य अभ्यासको नेपालमा यति धेरै आलोचना होला भनेर नेपाल सरकारले त्यतिबेला शायदै सोचेको थियो। ‘खण्डनका लागि प्रस्तावमाथि विचार गर्ने समय पर्याप्त नभएको’ भनेर अधिकारीहरू पन्छिन खोजे पनि भारतीय सेनाले गत जुन महिनामै यो अभ्यासको प्रस्ताव दिएको दावी गरेको छ। भारतीय संचारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ संचारमाध्यमले लेखेका छन्, ‘बिमस्टेक सम्मेलनबाट पारित भएको भनिएको संयुक्त सैन्य अभ्यास सम्बन्धी निर्णय वा सहमतिलाई नेपालका परराष्ट्रमन्त्रीले अस्वीकार गरेका थिए।’

प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय राजदूत मन्जीव सिंह पुरी

यही बेला बधाई दिने क्रममा भारतीय राजदूत मंजीव सिंह पुरीले २५ भदौ र चिनियाँ राजदूत यु होङले २९ भदौमा जंगी अड्डा पुगेर नव नियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। यी भेटमा पक्कै पनि बिमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नभएको र नेपाल–चीन सैन्य अभ्यासको तयारीबारे छलफल भएको हुनुपर्छ।

सैन्य अभ्यासको दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित भारतीय राजदूतसँग आन्तरिक राजनीतिक दवावका कारण नेपालले सैन्य अभ्यासमा भाग नलिने जानकारी गराएको बाहिर आएको छ। जसलाई ‘भारतको कूटिलतामाथि नेपालको चाल’ भन्ने अर्थमा चीनको मिलिटरी चाइना अनलाइनमा टिप्पणी गरिएको छ।

नेपालले बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास गर्ने भारतको प्रस्तावलाई लत्याएर चीनसँगको अभ्यासमा सामेल हुनु ‘दुःखद’ घटनाका रूपमा दिल्ली र केही मात्रामा काठमाडौंमा पनि लिएको देखिन्छ। भारतलाई अप्रत्यासित रूपमा लागेको झट्काका रूपमा यसलाई व्याख्या गरिएको छ।

हुन त यो विषय एकआपसमा जोड्नु त्यत्ति सान्दर्भिक देखिँदैन तर भदौ २५ देखि ३१ सम्म भारतको पुनेमा भारतीय अग्रसरताको बिमस्टेक सैन्य अभ्यास इन्कार गरेको नेपालले असोज १ गतेदेखि १२ गतेसम्म चीनको छङ्तुमा हुने ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणमा अभ्यास गर्दैछ। यही सेप्टेम्बर १७ देखि २८ सम्म चीन र नेपालबीच सैन्य अभ्यास हुने कुरा पूर्व निर्धारित नै थियो। नेपाली संचारमाध्यममा यो विषय पहिलेदेखि नै सार्वजनिक भएको थियो भने गत साउनको दोस्रो सातातिर चिनियाँ रक्षा मन्त्रालयले पनि नेपाली र चिनियाँ सेनाबीच ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण अन्तर्गत संयुक्त सैन्य अभ्यास हुने पुष्टि गरेको थियो।

बेइजिङमा चिनियाँ रक्षा प्रवक्ता रन क्वोछियाङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास हुने पुष्टी गरेका थिए। भारतको सतर्क हेराइका बाबजुद गत वर्षको अप्रिलमा आतंकवाद प्रतिरोधी नेपाल–चीन प्रथम संयुक्त सैन्य अभ्यास नेपालमा भएको थियो। चीनमा हुने सैन्य अभ्यासमा नेपालबाट सहभागी हुने सैनिकको परिमाणबारे खासै नबताएर २० जना सिपाहीले भाग लिने उल्लेख गरेका भारतीय संचारमाध्यमलाई उद्धृत गर्दै ‘नेपालका प्रधानमन्त्री नै चीन परस्त’ भनेर व्याख्या गरेको चिनियाँ मिडियाले उल्लेख गरेका छन्।

रणनीतिक महत्वका नेपाल, चीन र भारत सम्बन्धित अक्सर खबरहरूमा चिनियाँ मिडियाले भारतीय संचारमाध्यमलाई उद्धृत गर्ने गरेका छन्। टाइम्स अफ इण्डियामा एकजना भारतीय पूर्वविदेश सचिवले बिमस्टेकमा नेपालको अनिच्छालाई लिएर तीखो प्रहार गरेका छन्, ‘नेपाली सेना संयुक्त सैन्य अभ्यासमा सामेल हुँदा चीनसँगको अभ्यासमा असर पर्न सक्थ्यो। यसलाई भारतीय मिडियाले पनि त्यति चर्काउनु पर्दैन। भविष्यमा जब संकट आइलाग्ला, शायद त्यतिबेलै यसको मूल्य चुकाउनुपर्ला’, चिनियाँ लिपिमा उद्धृत गरिएको छ।

बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएबाट भारतको एउटा तह नै नाराज भएजस्तो देखिन्छ। केही विश्लेषकका विचारमा नेपाल भारतसँग बेला बेलामा तँ तँ र म म गरिरहन्छ। तर अन्ततः दाजुभाइ जस्तो भएर मिलेरै रहन्छन्। देखावटी रूपमा झगडा गरेपनि भित्रभित्रै भने आत्मीयता साँचिरहेका हुन्छन्।

बिमस्टेक सैन्य अभ्यासका कारण नेपाल–भारत सम्बन्धमा कुनै नकारात्मक असर परिहाल्दैन, पर्यो नै भनेपनि केही दिनका लागि मात्रै हो। यो घटनाले तर कूटनीतिक अविश्वास भने बढाउनसक्छ।

त्यसो त भारतले नेपालप्रति चित्त दुखाउन सक्ने अर्को घटना पनि हालै भयो, त्यो हो चीनसँगको पारवहन सम्झौता, जसअन्तर्गत चिनियाँ बन्दरगाहको प्रयोग। भौगोलिक रूपमा दुई ठूला छिमेकीको पुलको अवस्थितिमा रहेको नेपालले कुनै एकलाई चिढ्याएर भन्दा दुवैलाई सन्तुलनमा राखेरै अघि बढ्नुमा हितकल्याण निहित छ।

प्रकाशित २९ भदौ २०७५, शुक्रबार | 2018-09-14 19:48:50
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...