सम्पादकीय

नेपालखबर तेस्रो वर्षमा


Infocus



पाठक र शुभेच्छुकबाट पाएका सुझाव, प्रतिक्रिया र आलोचनाले हामीलाई अगाडि बढ्ने थप शक्ति दिएको छ। तेस्रो वर्ष प्रवेशको यो अवसरमा सबै पाठक, शुभेच्छुक र विज्ञापनदातालाई धन्यवाद दिन चाहन्छौँ।

नेपालखबर अनलाइन आज आइतबारबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। दुई वर्षको हाम्रो यात्रा त्यत्ति लामो होइन तर यो अवधिमा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनसँगै हासिल गरेको अनुभवले हामीलाई झन् परिपक्व बनाएको छ।

दुई वर्षअघि सञ्चारको आधुनिक माध्यमका रुपमा नेपालखबर डटकम प्रारम्भ भएको थियो। अनलाइन मिडियामा व्यावसायिक र विश्वसनीय रुपमा प्रस्तुत हुने र डिजिटल संवाद फोरमका रुपमा विश्वभर रहेका नेपालीलाई जोड्ने उद्देश्यमा नेपालखबरले सफलता हासिल गरेको छ।

दुई वर्षमा नयाँ खबर, घटनाको ब्रिफिङ–विश्लेषण र गम्भीर विषयका सामाग्री बाँड्ने क्रममा नेपालखबरले एउटा उचाइ लिएको छ। नेपाल र नेपाली सन्दर्भका सामाग्री व्यावसायिक रुपमा प्रस्तुत गरेसँगै हामीले विश्वभर रहेका नेपालीका गतिविधि, अझै हङकङ र मकाउ संस्करणबाट त्यहाँ रहेका नेपालीका खबर र प्रगतीका कथा बाँडेका छौं।

पाठक र शुभेच्छुकबाट पाएका सुझाव, प्रतिक्रिया र आलोचनाले हामीलाई अगाडि बढ्ने थप शक्ति दिएको छ। तेस्रो वर्ष प्रवेशको यो अवसरमा सबै पाठक, शुभेच्छुक र विज्ञापनदातालाई धन्यवाद दिन चाहन्छौँ।

तेस्रो वर्ष प्रवेशको अवसरमा दोहोर्‍याउन चाहन्छौँ, सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी अझै प्रखर रुपमा आउने छौं। राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबर सधैँ प्रतिबद्ध रहने छ।

नेपालखबरलाई व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि बिर्सने छैनौँ। आफ्नो घेरा र गुणस्तर बढाउँदै थप संस्करणहरू ल्याउने लक्ष्यमा हामी दृढ छौँ।

नयाँ खबर र विश्लेषणसहित नेपालखबर सधैँ तपाईंसँगै हुनेछ।

प्रकाशित २४ असार २०७५, आइतबार | 2018-07-08 17:38:23
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।