अझै कति टाढा छ चिनियाँ रेल?


Infocus



छिङ्हाइ–तिब्बत रेल
छिङ्हाइ–तिब्बत रेल
चाइना डेली

रात रहे अग्राख पलाउँछ। नेपालको विकासमा साझेदार हुन चीनले जति हतार गर्छ, नेपालमा उति चाँडो रेल गुड्नसक्छ। चीनलाई कहिले हतारो हुन्छ, यकिन भन्न सकिन्न।

चीनको ६ दिने भ्रमणमा नेपालका प्रधानमन्त्री केपी शर्माओलीप्रति नेपालीजनको एउटै अपेक्षा भनेको चिनियाँ रेल नेपालसम्म झर्छ भन्ने हो। यही रेलको सपना र संभावित कार्यक्षमता देखेर नै जनताले यसपटक वाम गठबन्धनलाई भारी मत दिएका थिए।

ओलीको चीन भ्रमण नै नेपालमा चिनियाँ रेल छिर्ने अन्तिम प्रस्थानविन्दु ठानेका नेपालीले अझै केही समय ‘सम्झौतामा हस्ताक्षर’ भन्ने वाक्यांशमै चित्त बुझाउनु पर्नेछ। व्यवहारिक रूपमा नेपालमा रेल कुदेको देख्न त ५ वर्षपछि पनि संभवतः ओली गठवन्धनकै सरकार कुर्न नपर्ला भन्न सकिन्न।

यसपालिको भ्रमणमा भएको १० बुँदे सम्झौता र ४ बुँदे समझदारीमा विद्युतीय कार्गो रेल तिब्बतबाट काठमाडौ झार्ने विषयलाई सहकार्यको इतिहासमा जतिसुकै अर्थपूर्ण मानिएपनि, जतिसुकै युगान्तकारी ठानिएपनि नेपालको कार्यशैलीले त्यसलाई क्षणिक मजा मात्रै भन्ने जनाउँछ। किनकि नेपालमा चिनियाँ रेल कुदाउने सपना साकार तुल्याउन घरेलु तथा बाह्य चुनौती व्यवस्थापन निकै ठूलो सकस हो।

घरेलु र बाह्य कारण
नेपालमा राजनीतिक दलहरू दुई ध्रुवमा विभक्त हुन्छन्, र एउटा पक्षले चिनियाँ रेलको वकालत गर्दा अर्कोले भारतीय रेलको पक्ष लिएर अवरोध गर्ने चिन्ता हुन्छ।

रेल कुदाउने भन्नेमा नै आमसहमति देखिंदैन। ऋणमा बनाउने वा अनुदानमा बनाउने भन्नेमै मतभेद छ। केरूङबाट काठमाडौ झारेपछि त्यो रेल कता लैजाने भन्ने सवालमा समाजको तहतप्का अनिर्णित नै छ। त्यसमाथि चीनबाट भारी लादेर आएको रेलमा के हालेर फर्काउने भन्ने विषयमा एकमत बनिसकेको छैन।

चिनियाँ रेल नेपालमा किन आउने भन्नेबारेमा नेपालका सरोकारवालाहरू बहसमा उत्रिएको देखिँदैन। घनीभूत छलफल नगरीकन दीर्घकालीन परियोजनाको दिशा औंल्याउन सकिँदैन। रेल भित्रिँदाका वातावरणीय असर, सामाजिक तथा धार्मिक प्रतिकूलता, मानवीय श्रोतसाधन, उत्पादकत्व लगायतका विषयमा ठोस तर्कवितर्क गरी निचोड निकालेको उल्लेख्य सन्दर्भ भेटिँदैन। अहिलेसम्म गम्भीर हुनुपर्ने निकायहरू, तात्तिनुपर्ने अंगहरू सकारात्मक दिशातर्फ भौतारिएका देखिँदैनन्।

अर्को घरेलु कारण भनेको राजनीतिक इच्छाशक्ति पनि हो। अघिल्लो कार्यकालमा पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर गरेका यिनै प्रधानमन्त्री हुन्, जसले यति लामो समय व्यतीत भैसक्दा पनि प्रोटोकल बनाउन भ्याइएन भनेर जवाफ दिएका छन्। इच्छाशक्ति भएको मुलुकले यस्ता कुराहरूलाई तत्काल टुंग्याउने क्षमता राख्नु पर्दथ्यो।

चिनियाँ रेल नेपाल छिर्नुअघि देखिन सक्ने अर्को घरायसी कारण भनेको हालको वामपन्थी सरकारको ‘सुस्वादु सत्तालिप्सा’ पनि बन्नसक्छ। रेलको नाममा यसपालिको चुनावमा भोटको बाढी आएको मान्ने हो भने सरकारले पाँच वर्षसम्म रेलमार्गमा थोरै मात्र काम गरेर वा गरेजस्तो मात्रै गरेर अर्को चुनावका लागि भोटको राजनीतिक गर्ने संभावना पनि छ।

एकथरि विश्लेषकका विचारमा ‘चिनियाँ रेल नेपाल छिराउनु ठूलो चिन्ताको विषय हो।’ यो चासोमा जोडिएका चीन र भारत हुन् जसको इच्छा सम्बोधन गर्न पनि फलामको च्यूरा चपाएसरह भएको छ। त्यसैले पनि जनबृहत् सभाहलमा गोप्य छलफलपश्चात सी र ओली एउटा वाक्यमा राजी भएको हुनुपर्छ, ‘नेपाल र चीनबीचको सम्बन्धलाई लिएर अन्य देशले चिन्तित हुनुपर्दैन, यो स्वाभाविक सम्बन्ध हो।’

सम्झौताको भाषामा तलमाथि नभए चिनियाँ रेल कुनै दिन काठमाडौं पुग्ला पनि। केहीका विचारमा चिनियाँ रेल अब नेपालीको सपना मात्रै रहेन, यथार्थ भैसक्यो। ‘बेल्ट एण्ड रोड परियोजना अनुरूप तिब्बतको सिगात्सेसम्म पुगेको चिनियाँ रेल काठमाडौसम्म पुग्नु टाढाको कुरा होइन’,भनेर सी चिनफिङले भेटवार्ताका अवधिमा ओलीलाई ढाडस दिए। आफ्नो महत्वाकांक्षी परियोजना सफल पार्न सोचविचारका साथ अघि बढिरहेका सीले ‘काठमाडौसम्म रेल लैजान चीनले के गर्नुपर्छ, छलफल गर्न तयार छ’ भनेर अझै पनि रेलको रफ्तारलाई तीब्रता नदिइसकेको प्रतीत हुन्छ।

सीको भनाईको भेलोसिटी नाप्ने हो भने चीनका सीमा साझेदार १४ मध्ये १२ वटा मुलुकको उल्झन सुल्झाएपछि मात्रै नेपाल र भारतसँगको तालमेलका लागि केन्द्रित हुने मानसिकता बनाएको पनि हुनसक्छ। अर्थात् भारतसँग डिल नगरीकन ह्वात्तै काठमाडौंमा रेल खसालेर मात्रै हुँदैन भन्ने कुरा सायद चीनले सोचेको हुनसक्छ। छिङताउमा हालै सम्पन्न शाङहाई सहयोग संगठन (एससीओ) को बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भौतिक रूपमा जोडिएर हुँदैन, भावनात्मक रूपमा जोडिनुपर्छ’ भनेर बेल्ट एण्ड रोड परियोजनाप्रति गरेको व्यंग्य सीको दिमागमा नाचिरहेको पनि हुनसक्छ।

चीनले छिमेकीसँगको सम्बन्ध सुधार्न अझै समय लगाउने नीति लिएको हुनसक्छ। उसले भारतलाई बेल्ट एण्ड रोड परियोजनामा मनाउन धेरै पापड बेल्नुपर्नेछ। अहिलेसम्म गरेका प्रयासहरूबाट चीन हारेको नहोला, तर थाकेको छ, र त प्रयासहरू दोब्बर पार्ने मनस्थितिमा छ। नेपालले मात्रै भारतलाई मनाउनसक्ने अवस्था अहिले छैन। न त, नेपालले चीन–भारत मध्यस्थताको सजिलो पुल बन्ने तीक्ष्णता नै देखाउन सक्छ।

छिट्टै कुद्ला त चिनियाँ रेल?
असार ६ गते बुधबार बेइजिङको थ्यानआनमनस्थित ग्रेट हल अफ द पिपुल्समा ओली र सीबीचको भेटवार्तामा भएका अन्य कुराभन्दा पनि विदेशी पत्रकारहरूलाई रेल सम्झौताबारे चासो थियो। असार ७ गते बिहीबारको पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले चीन–नेपाल रेलवे परियोजनाबारे विशेष केही निर्णय भयो कि भनेर दोहोर्याएर सोध्दा पनि प्रष्ट्याएनन् तर प्रधानमन्त्री ली खछ्याङ र ओलीबीचको सम्झौताका लागि धैर्य रहन भने।

बिहीबार नै चीन–नेपाल सीमापार रेलवे सम्पर्क निर्माण सहित १० भन्दा बढी सम्झौताहरूमा हस्ताक्षर हुँदा ली र ओली साक्षी बसे। त्यसपछि चिनियाँ उपविदेशमन्त्री खुङ सुआनयौले नयाँ लाइन खुलेपश्चात् तिब्बतको सिगात्सेमा पर्ने केरूङ व्यापारिक नाका र काठमाडौंबीच सम्पर्क जोडिने बताए।

सी र ओलीबीचको भेटपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपालमा रेल कुदाउनका लागि सहयोग माग्नुभयो त?’ भनेर नेपाली पत्रकारले सोध्दा उनले भने, ‘प्राथमिकता मित्रता हो, सहयोग त त्यसपछिको कुरा।’ उनमा रेलको हतारो भन्दा मित्रताको गहिराई खट्किएको थियो। प्राविधिक ज्ञान नभएपनि साढे ६–७ वर्षमा रेल निर्माणले एउटा प्रारूप लिने उनको विश्वास भने छँदैथियो।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको जस्तै आजको स्थितिले कोल्टो फेरेन र एक दशकसम्म समय यस्तै अनुकूल चलिरह्यो भने रेल कुद्ला। तर सामान्य उतारचढावले पनि नेपालमा रेल कुदाउन सहज छैन। रेल कुदाउनुपर्ने हतारो चीनलाई नभएसम्म नेपाली नीति निर्माताको समूह तात्तिने देखिँदैन। रात रहे अग्राख पलाउँछ। नेपालको विकासमा साझेदार हुन चीनले जति हतार गर्छ, नेपालमा उति चाँडो रेल गुड्नसक्छ। चीनलाई कहिले हतारो हुन्छ, यकिन भन्न सकिन्न। हुनसक्छ, सारातिरका कामहरू भ्याइसकेपछि मात्रै चीनले यतापट्टि ध्यान देला।

चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण। भेटवार्तामा हाम्रा प्रधानमन्त्रीले ‘चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाली आतुर रहेको’ सुनाए, त्यत्तिकै छिटो सीलाई नेपाल भ्रमण गराउन सकियो भने रेल आउने मिति हातका प्रतिऔंलालाई एक वर्षका दरले भाँच्दै गएमा संभव होला कि?

चाइना डेलीका अनुसार सन् २०१४ देखि चीनको सबैभन्दा लामो छिङहाइ–तिब्बत रेलवे सिगात्सेसम्म जोडिएर संचालनमा रहेको छ। नेपालसम्म पुग्न पर्खिरहेको छ। चिनियाँ प्रधानमन्त्री लीले भने, ‘व्यापार बन्दरगाह, रेलवे, राजमार्ग, हवाई यातायात तथा टेलिकम्युनिकेसन परियोजनामार्फत् चीनले नेपालसँग क्रस–हिमालयन कनेक्टिभिटी नेटवर्क बनाउन चाहेको छ।’

काम नथालुन्जेल सम्झौताको प्रति हेरेरै खुशी हुने हो। अघिल्लो कार्यकालमा सम्झौता गरेदेखिको समय विचारेर यसपालि पनि चीनले ओलीको तस्वीर मात्रै खिचेको हो। त्यो तस्वीरलाई फेरि पनि दोहोर्याई तेहेर्याई हेरिसकेपछि मात्रै चीनले अर्को कदम चाल्ने सुर गरेको हुनसक्छ।

प्रकाशित ९ असार २०७५, शनिबार | 2018-06-23 10:58:10
Max TV
Max TV
Zen Travels
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...

  • निरुता सिंह

    फर्कि आइन् ‘आँखामा आउने केटी’

    दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात...

  • अपराध महाशाखा टेकूकाे पार्किंगमा बेवारिसे बीएमडब्लु। तस्विर: प्रविन काेइराला

    नयाँ वानेश्वरमा बेवारिसे अवस्थामा भेटियाे ४ कराेडको बिएमडब्लू कार

    महानगरीय अपराध महाशाखा, टेकूको प्राङ्गणमा एउटा सेतो रंगको गाडी एक साताभन्दा बढी समयदेखि थन्किएको छ।