सम्पादकीय

नेपालखबर अब तपाईंसँग



काठमाडौँबाट भर्खरै नेपालखबर अनलाइन पत्रिका शुभारम्भ भएको छ। केही वर्षदेखिको योजना र छ–सात महिनाको तयारीपछि हामीले सञ्चारको अत्याधुनिक माध्यमका रूपमा उदाएको डिजिटल पत्रिका सुरु गरेका हौँ। स्मार्टफोन र इन्टरनेटमार्फत् अब नेपालखबर डट कम सधैँ तपाईंको हातमा हुनेछ।

हामी सोसल मिडियाको युगमा छौँ र सञ्चार माध्यममा अहिले धेरै विविधता छ। इन्टरनेटको व्यापकतासँगै विश्वभर अनलाइन नयाँ सञ्चार माध्यमका रूपमा उदाएको छ। केही गैरआवासीय नेपाली व्यवसायी सहितको पहलमा सुरु भएको नेपालखबर व्यावसायिक पत्रकारहरूको टिमले सञ्चालन गर्नेछ। यसलाई विश्वभर रहेका नेपालीबीच डिजिटल संवाद फोरमका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हुनेछ। स्वदेश र विदेशमा रहेका नेपालीलाई जोड्न नेपालखबरले पुलको काम गर्नेछ।

सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी कसैसँग सम्झौता गर्ने छैनौँ । राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबर सधैँ प्रतिबद्ध रहनेछ। पाठकका आलोचनात्मक प्रतिक्रिया र सुझावले हामीलाई सन्तुलित र व्यावसायिक रूपमा अगाडि बढ्न दिशानिर्देश गरिरहने विश्वास लिएका छौँ।

विगतमा सत्तापक्ष र विद्रोही पक्ष रहेका राजनीतिक दललाई नयाँ संविधानले एजेन्डागत रूपमा निकट ल्याएको छ। असन्तुष्ट पक्षसँग संवादमार्फत् संविधान संशोधन तथा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न भएपछि राजनीतिक परिवर्तनको एउटा अध्याय पूरा हुनेछ । त्यससँगै मुलुक पुनर्निर्माण, नवनिर्माण र गुणात्मक आर्थिक परिवर्तनतिर अग्रसर हुने विश्वास लिन सकिन्छ।

राजनीतिक दलहरूलाई हामी तिनले बोकेका एजेन्डा तथा गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछौँ। सरकारसहित राष्ट्रका महत्वपूर्ण अङ्ग, संस्था र पात्रका हरेक कामलाई नागरिकको आँखाबाट हेर्ने नेपालखबरको मान्यता हुनेछ।

हामी आफूले देखेका विषय निर्भीकतासाथ पाठक, श्रोता र दर्शक समक्ष राख्ने छौँ। व्यावसायिक रूपमा अगाडि बढ्ने क्रममा नेपालखबरले आफ्नो दायरा र गुणस्तर बढाउँदै थप संस्करणहरू समेत ल्याउने लक्ष्य राखेको छ।

नयाँ खबर र विश्लेषणसहित नेपालखबर सधैँ तपाईसँगै हुनेछ।

 

प्रकाशित २४ असार २०७३, शुक्रबार | 2016-07-08 14:11:58

प्रतिकृया दिनुहोस

  • तस्बिर साभारः इम्पुल्सो डट कम

    डलर खेती नराम्रो काम हो?-२

    गैससलाई समाजसेवी संस्थाका रूपमा व्याख्या गरिने हुँदा समाजले उनीहरूबाट हाम्रो पारम्परिक मान्यता अनुुसारकै स्वच्छ एवं निस्वार्थ चरित्र र व्यवहारको...

  • दार्जिलिङको वर्तमान आन्दोलनः भाषादेखि भूमितिर

    ममता ब्यानर्जीका बयानले थुप्रै पहेलीहरू निर्माण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी लगातार विदेश भ्रमणमा छन्। आगामी १७ जुलाई राष्ट्रपतिको चुनाउ...

  • -

    नीतिगत अन्योलको मार

    अन्तराष्ट्रिय श्रमबजारमा जाँदा महिलाहरु अन्य देशकै महिला कामदारकै सीप र क्षमताको आधारमा जान सक्नुपर्छ र त्यसका लागि सरकारले चाल्नुपर्ने न्यूनतम पहल...

  • मधेस आन्दोलन (फाइल फोटो)

    मधेस अझै अशान्त र आक्रोशित छ

    तेस्रो चरणको चुनाव भयो वा संविधानमा सानोतिनो संशोधन (झुक्याउनका लागि गरियो) भने पनि त्यसले समस्याको समाधान गर्दैगर्दैन। मधेसमा मानिसहरू अर्को ठूलो...

  • नेपालखबर दोस्रो वर्षमा

    नेपालखबर अनलाइन पत्रिका आज शनिबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। यो अवधिमा हामीले नयाँ खबर, विश्लेषण र गम्भीर विषयका सामाग्री बाँड्ने प्रयास...

  • गोर्खाल्याण्ड माग्दै दार्जिलिङका प्रदर्शनकारी

    गोर्खाल्याण्ड चाहिने चार कारण

    तीनतर्फ अन्तर्राष्ट्रिय सीमा (पूर्वमा भुटान, पश्चिममा नेपाल, दक्षिणमा बंगलादेश र उत्तरमा केही पर चीन) रहेको यो संवेदनशील भूगोललाई नाजुक अवस्थामा...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...