टाढाबाट

मोदीको खेललाई म कसरी समयको खेल भनुँ?





जनकपुरमा प्रम ओली र भारतीय समकक्षी मोदी
जनकपुरमा प्रम ओली र भारतीय समकक्षी मोदी
पिटिआइ

ठूलो जालमा परेको माछालाई, जमिनमा लगेर नबजारेसम्म समुन्द्रमा नै रहेको भान हुन्छ। यही भान आज ओली सरकारलाई भइरहेछ।

NIC ASIA

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दुई महिना अघि गरेको एउटा ट्विटबाट कुरा शुरु गरौं। एउटा कार्यक्रममा इन्डोनेसियाको बाली पुगेको बेला त्यहाँको विमानस्थल देखेपछि आफूमा उत्पन–भाव उल्लेख गर्दै भट्टराईले लेखेका थिए, ‘फुच्चे बालीको एयरपोर्ट पनि हाम्रो भन्दा कयौँ गुणा ठूलो र आधुनिक गाँठे। जता गए पनि राष्ट्रिय हिनताबोधको अनुभूति हुने। लौन केही गरौं।’

संयोग भनौं कि के भनौं, भट्टराईले ‘राष्ट्रिय हिनताबोध’ गरेको केही सातापछि वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि ‘हेपेको बोध’ गर्नुभयो। सन्दर्भ थियो– निर्वाचन पर्यवेक्षण र युरोपियन युनियनको प्रतिवेदन। अरु कसैले यसो भनेको भए त्यति वास्ता हुँदैनथ्यो शायद। तर पूर्व र वर्तमान प्रधानमन्त्रीले नै ‘राष्ट्रिय हिनताबोध’ र ‘हेपेको’ अनुभूत गरेपछि यो सामान्य र स्वभाविक कुरा थिएन।

मलाई लागेको अलिकति असामान्य र अस्वभाविक कुरा के मात्रै थियो भने यस्तो बोध हुन किन यति धेरै समय लाग्यो? बाली पुगेपछि मात्रै भट्टराईलाई किन त्यस्तो बोध भयो? र युरोपेली युनियनको प्रतिवेदन आएपछि मात्र प्रधानमन्त्री ओली किन झसङ्ग हुनु भयो? हुनत, बाली यस्तो भूमी हो, जहाँ बुद्ध र महादेव दुवैको प्रभाव थियो र छ। त्यस्तो ठाउँमा पुगेपछि डा साबको तत्वबोध भएको हुनुपर्छ। कहिले कहीँ ठाउँले पनि मान्छेको चेतना बदलिदिन्छ। चेतनामा धक्का दिन्छ। यस्तै भएको हुनसक्छ भट्टराईको हकमा। प्रधानमन्त्री ओलीले गर्नुभएको तत्वबोधको भने म अझै पनि कारण खोजिरहेको थिएँ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्खरै सम्पन्न नेपाल भ्रमणपछि भने प्रधानमन्त्री ओलीको तत्वबोध, किन किन मलाई नक्कली लागिरहेछ।

पृष्ठभूमिमा मोदीको जनकपुर भ्रमण, त्यहाँ उनले पाएको स्वागत सत्कार, त्यहाँका मुख्यमुन्त्रीले चढाएको ‘बिन्तीपत्र’ र भारतीय भ्रमण टोलीको हाउभाउ अझै सम्झिरहेको छु। पृष्ठभुमिमा म, अरुण तेस्रोको शिलान्यास र द्वारिकाज होटलमा भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीको भेट सम्झिरहेको छु। पृष्ठभूमिमा म, काठमाडौं महानगरले मोदीलाई चढाएको अभिनन्दन, मुक्तिनाथको भ्रमण र भारतीय पक्षका गतिविधि सम्झिरहेको छु।

२०५२ सालमा हुनुपर्छ, मेरो पत्रकारिता जीवनको पहिलो ‘एंकर न्युज’ थियो हिमालय टाइम्सको ‘डमी’ अंकमा– अरुण तेस्रोको अवसान, जतिबेता एनरोन नामक एउटा अमेरिकी कम्पनी अरुण तेस्रोबाट लखेटिएको थियो। सरकार थियो–एमालेको। र, लखेटिएको थियो अमेरिकी कम्पनी एनरोन। आज त्यही अरुण तेस्रो, भारतको हातमा पुगेको छ। र, त्यसको संयुक्त शिलान्यासमा एमालेका अध्यक्ष ओली आफैं प्रधानमन्त्रीका रुपमा सहभागिता जनाउँदैछन्।

मान्छेहरु भन्छन्– समयको खेल। मलाई खासमा समयमा विश्वास छैन। यो शीर्फ मान्छेहरुको खेल हो। बनाउँछ मान्छेले र बिगार्छ पनि मान्छेले। समय त आउँछ–जान्छ। मोदीको खेललाई, म कसरी समयको खेल भनुँ?

मान्छेको खेल वा अझ भनौं भारतीयको खेलमा ‘नेपाली समय’ चलिरहेको भान पो भैरहेछ मलाई त टाढाबाट।

भारतका कीर्ति आजादहरुले जनकपुरलार्इ भारतमा गाभ्नुपर्छ भनिरहेकै दिन, जनकपुरमा त्यहाँका मुख्यमन्त्री भारतीय प्रधानमन्त्रीलाई आफ्ना दुखेसो पोखिरहेका छन्। यसलार्इ म कसरी समयको खेल भनौं? यो सबै मान्छेको खेल हो।

यस अघिको टाढाबाट स्तम्भमा मैले लेखेको थिएँ– माछाले जालको साइजको कुरा गर्ने होइन, माझीदेखि नै सचेत हुने हो। मोदीको भर्खरै सम्मन्न नेपाल भ्रमणपछि मलाई टाढाबाट यस्तो लाग्दैछ– फेरि पनि नेपाल जालमा पर्यो। र, फेरि पनि वर्तमान नेपाल सरकार जालको आकारमा रमाइरहेको छ। जालमा परेकोमा, उसलाइ कुनै चिन्ता छैन। ठूलो जालमा परेको माछालाई, जमिनमा लगेर नबजारेसम्म समुन्द्रमा नै रहेको भान हुन्छ। हो, यही भान आज ओली सरकारलाई भइरहेको हुनुपर्छ।

जमिनमा बजारिएको दिन हेर्न र देख्न त बाँकी नै छ। त्यो दिनको ‘राष्ट्रिय हिनताबोध’ झन चर्को हुनेछ। राष्ट्रिय हिनताबोध, नेपालीका लागि नौलो भने होइन।

सामान्य नागरिकले त उहिलेदेखि नै राष्ट्रिय हिनताबोध गरिरहेकै हुन्। आज पनि गरिरहेकै छन्।

मोदीको यसपटकको अभिनन्दनमा पनि अपवाद बाहेक नेपालीले राष्ट्रिय हिनताबोध गरेकै छन्। कतै नसुहाएको अभिनन्दन थियो त्यो। जुन देशका महानगर र नगरहरु, आफना देशका प्रधानमन्त्रीलाई होइन, अर्काका देशका प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्न तम्सन्छन् त्यो देशमा राष्ट्रिय हिनताबोधको के खोजी गर्नु? जुन देशमा एउटी किशोरीलाइ बोक्सीको नाममा खुलेआम तमाशाका साथ लात मारिन्छ। र, जुन देशमा प्रधानन्यायाधिशलाई सचिवले बर्खास्त गरिदिन्छ। त्यो देशमा हिनताबोधका विषयका के कुरा गर्नु?

स्थिति कस्तो हुँदै गएको छ भने सुनको जलप लगाएको एउटा फलामले सुनकै जलप लगाएको अर्को फलामलाई खुइल्याउँछ। र, अर्को कसैलाई खुइल्याउन, जोड–बल गर्ने सुनको जलपवाला फलामलाई, काठमाडौंका कथित बुद्धिजीवी र पत्रकारले सुन नै ठहर्याउँछ। खुइलिनेवाला खुइलिएको खुइलियै हुन्छ। नखुइलिएको लेपवालाको धाक चौबीस क्यारेटको जस्तो छ।

टाढाबाट हेर्दा भने प्रष्ट देखिन्छ– नेपाल जलपवालाहरुको देश हो। निश्चित छ– समयक्रममा ती खुइलिंदै जानेछन्। यस्ता कयौं विषय, सन्दर्भ र घटनाहरु छन्, जसलाई लिएर हिनताबोध बाहेक अरु केही हुनै सक्दैन।

कहिले राष्ट्रियताको जलप लाग्छ, र नेताहरु चम्किन्छन्। कहिले सिद्धान्तको जलप लाग्छ र पार्टीहरु चम्किन्छन्। कहिले आदर्श र नैतिकताको जलप लाग्छ र व्यक्तिहरु चम्किन्छन्। कहिले ‘प्रोफेसनालिज्म’को जलप लाग्छ र संस्थाहरु चम्किन्छन्। कहिले व्यवसायिकताको जलप लाग्छ र व्यापारीहरु चम्किन्छन्। कहिले धर्मको जलप लाग्छ र पुजारी चम्किन्छन्।

जति चम्किए पनि, भनिन्छ नि हरेक चम्किने वस्तुहरु हिरा हुँदैनन्। हिरा त ती, हिजो पनि थिएनन्, आज पनि होइनन्। पर्खाइ त खुइलिने दिनको मात्रै हो।

प्रकाशित १ जेठ २०७५, मंगलबार | 2018-05-15 14:20:30
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।